हृदयघातपछि मैदानमै ढले लुटन टाउनका कप्तान « Khabarhub

हृदयघातपछि मैदानमै ढले लुटन टाउनका कप्तान


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिमियर लिग अन्तर्गत खेल खेलिरहेका बेला लुटन टाउनका कप्तान टम लकयरलाई हृदयघात भएको छ । गएराती लुटन टाउन र बोर्नमाउथबीचको खेल जारी रहेको बेला खेलको ६०औँ मिनेटमा टम मैदानमै ढलेका थिए । मैदानमै अचानक ढलेपछि उनलाई खेलाडीले तुरुन्त खेल रोकेर सहयोग गरेका थिए ।

उनलाई मैदानमै  प्राथमिक उपचार गराएपछि अस्पताल लागिएको थियो । प्रिमियर लिगले कप्तान टमलाई हृदयघात भएको र उनको अवस्था ठिक रहेको बताइएको छ । सो घटनापछि रोकिएको खेल पछि स्थगित गरिएको थियो ।

क्लब लुटन टाउनले टमको अवस्था ठिक रहेको जानकारी दिँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ । टम यसअघि च्याम्पियनसिप प्लेअफको फाइनलमा समेत यसरी नै मैदानमा ढलेका थिए । त्यसपछि पनि उनलाई अस्पताल लागिएको थियो ।

गत जुनको सो घटनापछि उनलाई चिकित्सकले अप्रेसन पछि फेरी खेल्न अनुमति दिएका थिए ।  

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  १० : ३५ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले