आन्तरिक आय छ अर्ब पुर्‍याउने लुम्बिनी सरकारको लक्ष्य | Khabarhub Khabarhub

आन्तरिक आय छ अर्ब पुर्‍याउने लुम्बिनी सरकारको लक्ष्य


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर- लुम्बिनी प्रदेश सरकारले आन्तरिक आम्दानीलाई बढाउने तयारी थालेको छ । अघिल्ला आर्थिक वर्षभन्दा यसवर्ष आन्तरिक आम्दानी बढाउने लक्ष्य राखिएको प्रदेश सरकारका अर्थ विज्ञ सुशान्त वैदिकले बताए ।

“हामीले यस वर्ष आन्तरिक आम्दानीलाई बढाउने गरी लक्ष्य राखेका छौँ”, उनले भने, “सोही अनुसारका योजना बनाइरहेका छौँ ।” उनका अनुसार लुम्बिनीमा गत आर्थिक वर्ष २०७९/८० मा रू दुई अर्ब ६० करोड ९५ हजार आम्दानी भएको थियो । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार यो आम्दानी लक्ष्यको ५० दशमलव १७ प्रतिशत हो ।  चालु आव २०८०/०८१ मा आन्तरिक आम्दानी वृद्धि गरेर छ अर्ब ७३ करोड ५१ लाख पुर्‍याउने लक्ष्य राखिएको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए । लामो समय नवीकरण नगरेका सवारी साधनलाई कर छुट गरेर भए पनि करको दायरामा ल्याउने तयारी भइरहेको उनले बताए ।

यसबाट सवा एक अर्बले राजस्व वुद्धि हुने अपेक्षा गरिएको मन्त्री मास्कीले बताए । वन क्षेत्रको खोलाखोल्सी व्यवस्थापनबाट ७५ लाख क्युविकफिट वन पैदवार र नदीजन्य पदार्थ सङ्कलन गरी रू साढे एक अर्बले आम्दानी वृद्धी हुने लक्ष्य लिइएको उनको भनाइ थियो ।

उनका अनुसार गत आवमा वनबाट रू चौध करोड ६० लाख र सवारीसाधनबाट रू एक अर्ब ५५ करोड मात्रै आम्दानी भएको थियो । अर्थमन्त्री मास्कीका अनुसार घरजग्गालगायतको रजिष्ट्रेशन शुल्क, विज्ञापन, मनोरञ्जन तथा कृषि आयमा कर, पर्यटन शुल्क, प्राकृतिक स्रोतको सङ्कलन तथा बिक्री शुल्क, वातावरण तथा औद्योगिकरण व्यवस्थापन दस्तुर, राजस्वको बाँडफाँट र दाखिला, प्राइभेट तथा साझेदारी फर्म र पर्यटन व्यवसायसम्बन्धी विशेष व्यवस्थापनलगायत क्षेत्रबाट प्रदेश सरकारले आम्दानी लिँदै आएको छ ।

करको दर नभइ दायरालाई फराकिलो बनाइ राजस्वका स्रोत विस्तार, राजस्व प्रणालीमा सुधार र चुहावट नियन्त्रण गर्नेलगायत काम गरी विगतको तुलनामा आन्तरिक आम्दानीमा वृद्धि गर्ने लक्ष्य लिइएको मन्त्री मास्कीको भनाइ छ ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ४ : ३१ बजे

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

मानवीय सहायता अभावले करोडौँ शरणार्थी संकटमा : संयुक्त राष्ट्रसंघ

जिनेभा – मानवीय सहायता बजेटमा भएको भारी कटौतीका कारण विश्वभरका