‘वर्तमान सरकार परिवर्तन हुने सम्भावना छैन’ « Khabarhub

‘वर्तमान सरकार परिवर्तन हुने सम्भावना छैन’


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दलका नेताहरूले वर्तमान सरकार परिवर्तन हुने सम्भावना नरहेको बताएका छन् ।

रिपोटर्स क्लब नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनीहरूले सरकार परिवर्तन हुने कुरा हल्लामात्रै भएको समेत बताएका छन् । साक्षात्कारमा नेकपा (माओवादी केन्द्र) का सचिव डिलाराम आचार्यले तत्काल आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकार नढल्ने दाबी गरे ।

 उनले सरकार परिवर्तन हुने कुरा हल्लामात्रै भएको टिप्पणी गर्दै सरकार परिवर्तन हुने सम्भावना एक प्रतिशत पनि नभएको दाबी गरे । उनले बजेटबारे अर्थमन्त्री र प्रधानमन्त्रीलाई उठेका विषयमा सम्बोधन गर्ने ठाउँमा जानुपर्ने सुझाव दिए भने देशमा विद्यमान सबैखाले समस्याको हल गर्न प्रमुख दलहरू गम्भीर हुनुपर्नेमा जोड दिए ।

त्यस्तै कांग्रेसका नेता रामकृष्ण यादवले वर्तमान सरकार परिवर्तन गर्ने आफूहरूको कुनै तयारी र योजना नरहेको स्पष्ट पारे । उनले कांग्रेस एमालेसँग मिलेर सरकार बनाउन लागिपरेको भन्ने कुरामा कुनै सत्यता नभएको भन्दै त्यसलाई हल्लाको संज्ञा दिए । उनले अहिलेको संसद्को बनोटले पनि कुनै एक दलले सरकार चलाउने अवस्था नभएकोले आफूहरू गठबन्धनको कल्चरमा गएको बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य सोमप्रसाद पाण्डेले नेपालको इतिहासमा एउटै पार्टीले बहुमत ल्याएको भएपनि बहुमतको पार्टीेले देश निर्माण र अवधि पुरा गर्न नसकेपछि गठबन्धन र मोर्चाको आवश्यकता अनुभूत भएको बताए । पाण्डेले मुलुकको समृद्धिका निम्ति यो गठबन्धन बनाएको र अहिलेको गठबन्धनमा तलमाथि गरेको खण्डमा जनताले छुट नदिने उल्लेख गरे ।

यता नेकपा (एमाले) का युवा नेता माधव ढुंगेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको आयु कांग्रेस सभापति शेरबहादुर देउवाभित्र सत्ताको आकांक्षा नपलाउँदासम्म मात्रै भएको टिप्पणी गरे । प्रचण्डलाई प्रधानमन्त्री बनाउनका लागि एमालेले खेलेको भूमिका प्रतिउत्पादक बनेको उनको टिप्पणी छ ।

उनले नेपालको भूमिलाई भारतको नक्सामा कैद गर्दा पनि भारतसँग कुरा गर्न नसक्ने प्रधानमन्त्रीले देशको रक्षा गर्न नसक्ने बताए । सत्ता गठबन्धनको रूपान्तरण र परिवर्तनको आवश्यकता भएको उनको दावी छ । 

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ६ : २४ बजे

इरानलाई सहयोग गरे चीनविरूद्ध ५० प्रतिशत करवृद्धि गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व युद्धको क्रममा इरानलाई

मन्त्री मेहताको सम्पत्तिः १७ लाख बैंक मौज्दात, ३० तोला सुन र ५० तोला चाँदी

काठमाडौं – स्वास्थ्य, जनसंख्या तथा खानेपानीमन्त्री निशा मेहताको सम्पत्ति विवरण

मन्त्री रावलको सम्पत्तिः बूढानीलकण्ठ र बारामा जग्गा, ४४ लाखको गाडी (विवरणसहित)

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था,

हर्मुजमा ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न ट्रम्पको निर्देशन

वासिङ्टन – इस्लामावादमा भएको शान्ति वार्ताका क्रममा इरानले आफ्नो आणविक

अरुणखोलामा बारुद प्रयोग गरेर माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१४ राइकोटेस्थित अरुणखोलामा बारुदजन्य पदार्थ