हिमपात हिमाली जिल्लामा यातायात, सञ्चार सेवा प्रभावित  « Khabarhub

हिमपात हिमाली जिल्लामा यातायात, सञ्चार सेवा प्रभावित 


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – दुई दिनदेखिको भारी हिमपातका कारण हुम्ला, मुगु र डोल्पामा सञ्चार सेवा अवरुद्ध भएको छ। सौर्य ऊर्जाबाट सञ्चालित फोन सेवा लगातार तीन दिनदेखि घाम नलाग्दा अवरुद्ध भएको हो।

यसैगरी भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडक खण्डमा यातायात सेवा प्रभावित भएको छ। हुम्लाको यारी, हिल्सा नाका पनि अवरुद्ध भएको छ। त्यस्तै लिमी जाने बाटो हिमपातले अवरुद्ध भएको छ। उपल्लो डोल्पा र मध्य डोल्पाको सम्पर्कविच्छेद भएको छ। कर्णाली राजमार्गअन्तर्गत जुम्लादेखि मुगुसम्म सञ्चालन हुने यातायात सेवा समेत प्रभावित भएको छ।

कर्णालीका डोल्पा, मुगु, हुम्ला र जुम्लामा अत्यधिक हिमपात भएको छ। जाजरकोटको उत्तरी क्षेत्र, रुकुम पश्चिमको उत्तरी क्षेत्रमा समेत हिमपात भएको छ। डोल्पाको जुफाल, हुम्ला सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हिउँ जमेका कारण हवाई सेवा समेत दुई दिनदेखि ठप्प भएको छ। हिमाली क्षेत्रमा भारी हिमपात हुँदा पशुचौपायदेखि स्थानीयवासीलाई आवतजावत गर्न, घाँसपात जुटाउनसमेत समस्या परेको छ।

जनप्रतिनिधिलाई हिमपात पनि बरदान
हुम्ला, मुगु र डोल्पाका जनप्रतिनिधिहरु नेपालगन्ज, सुर्खेत र काठमाडौँमा बसेर चिसो महिना बिताएर दुर्गमको तलब भत्ता बुझ्ने गरेका छन्।

हिमाली जिल्लाहरूमा चिसो मौसममा विकास निर्माणका काम ठप्प हुने गर्दछन्। वैशाखदेखि मात्र विकास निर्माणका कामहरू सुचारु हुने त्यहाँका कर्मचारीहरुले बताएका छन्।

यहाँका विद्यालय समेत बन्द रहेका छन्। अन्य ठाउँमा वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्र हिमाली जिल्लामा भने फागुनदेखि सुरु भएर पुस महिनामा बिदा हुने गर्दछ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  १२ : ५४ बजे

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा