सबै उच्च तहका नेताहरुको सम्पत्ति छानबिन हुन्छ : कानुनमन्त्री गुरुङ « Khabarhub

सबै उच्च तहका नेताहरुको सम्पत्ति छानबिन हुन्छ : कानुनमन्त्री गुरुङ


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सबै उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गर्ने बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित बीपी स्मृति सप्ताह कार्यक्रममा उनले सबै उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गर्न छानबिन समिति आयोग गठन गर्नुपर्ने बताए ।

सबै नेताको सम्पत्ति छानबिन गर्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल भएको भन्दै मन्त्री गुरुङले भने, ‘प्रधानमन्त्रीसँग मन्त्रीको हैसियतले बसेर भनेको छु, अघि बढ्नुस् एउटापछि अर्को फाइल खोल्दै जाने, जोजो पर्छन् पर्छन् कांग्रेस, एमाले, माओवादी कोको पर्छन् मलाई थाहा छैन । तर, एकपछि अर्को गरी फाइल खोल्दै ठोक्दै जाने हो । भ्रष्टाचारीलाई कानुनको कठघरामा उभ्याउने नै हो भनेर कुरा भएको छ ।’

उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गरी रुपान्तरणको अभियान सुरु गर्नुपर्ने बताएका उनले सुशासन स्थापना गराउने हो भने उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ४ : ०१ बजे

जसपा नेपालको केन्द्रीय कार्यकारिणी बैठक भोलिदेखि, पार्टी समायोजन र अग्रगामी मोर्चा मुख्य एजेण्डा

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) को केन्द्रीय कार्यकारिणी

भोटेकोशी बाढी : शव पहिचानका लागि डीएनए परीक्षण प्रक्रिया सुरु

काठमाडौं– भोटेकोशी बाढीमा परी हराइरहेका नेपाली तथा विदेशी नागरिकका आफन्तजनले

बाढीपछि बागेश्वरी माविको सरसफाइमा नेपाली सेना

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षतिग्रस्त बागेश्वरी माध्यमिक

भोटेकोसी पहिरो : सडकको अवरोध हटाउँदै केरूङबाट १ किलोमिटर नजिक आइपुग्यो चिनियाँ टोली

तिब्बत- चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित ग्यिरोङ बन्दरगाहमा गत बुधबार आएको

भोटेकोशी बाढीपीडितका लागि आईएमई ग्रुपको १० करोड सहयोग

काठमाडौं– आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित