मुख्यमन्त्री शर्माद्वारा मुगुका आगलागी पीडितलाई राहत वितरण « Khabarhub

मुख्यमन्त्री शर्माद्वारा मुगुका आगलागी पीडितलाई राहत वितरण


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मुगु– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मुगुका आगलागी पीडितलाई राहत उपलब्ध गराएका छन् ।

मुख्यमन्त्री शर्मासहित भौतिक पूर्वाधार, यातायात तथा सहरी विकासमन्त्री मङ्गलबहादुर शाही, कानुनमन्त्री कृष्ण जिसीको टोली आगलागी क्षेत्रको स्थलगत निरीक्षण गरी  पीडित परिवारलाई प्रदेश सरकारका तर्फबाट राहत उपलब्ध गराएका हुन् ।

सो अवसरमा मुख्यमन्त्री शर्माले पीडित परिवारसँग कुराकानी गरी समस्याबारे जानकारी पनि लिएका थिए । मुख्यमन्त्रीसँग पीडित परिवारले जलेका घरको पुनःनिर्माण, विस्थापितलाई उचित राहतको व्यवस्था गर्दै पुनःस्थापना र तत्काल बस्न र खानाको व्यवस्था मिलाइदिन माग गरेका थिए ।

आगलागी पीडित पद्मराज मल्लले मुख्यमन्त्री समक्ष घटना र क्षतिबारे विस्तृत जानकारी गराएका थिए । आगलागी पीडित लक्ष्मी मल्लले आफ्नो होटेल जलेर पूरै खरानी भएको र लगाउने लुगासम्म पनि केही बचाउन नपाएको बताए । उनले उचित व्यवस्थापन तथा व्यवसाय सुरु गर्नका लागि राहतको अपेक्षा गरेको मुख्यमन्त्री शर्मा समक्ष गुनासो गरे ।

आगलागी क्षेत्रको स्थलगत निरीक्षणपछि मुख्यमन्त्री शर्माले जिल्ला प्रशासन कार्यालय मुगुमा पीडित परिवारलाई खाद्यान्नलगायतका राहत सामग्री वितरण गरेका थिए । राहत वितरण गर्दै उनले थप राहत सामग्रीदेखि जलेका घर र व्यवसाय पुनःनिर्माण, पुनःस्थापनाका लागि प्रदेश सरकारबाट उचित निर्णय लिने आश्वासन दिएका थिए ।

आगलागी पीडित २३ घरपरिवारलाई मुख्यमन्त्री शर्माले चामल, दाल, म्याट, पाल, सिलिन्डर, चुलो, कुकर, थालीलागायतका सामान वितरण गरेका थिए । प्रदेश सरकारले प्रतिघर रु तीन लाख दिने निर्णय गरिसकेकाले जिल्ला प्रशासन कार्यालयमार्फत उक्त रकम पुनःनिर्माणका पठाइने उनको भनाइ छ । 

बजे मुगु जिल्ला सदरमुकाम गमगढीमा आगलागी हुँदा कालिका मालिका मन्दिरको उत्तर दिशातिर रहेका आठ घर पूर्णरुपमा, तीन घर आंशिक र नौ व्यावसायिक पसल जलेर नष्ट भएका थिए । आगलागीबाट २८ परिवारका ९५ सदस्य प्रभावित भएका छन् । 

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  २ : ४३ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज