स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाउन आग्रह | Khabarhub Khabarhub

स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाउन आग्रह


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगले कुनै पनि बहानामा स्वास्थ्यकर्मीमाथि आक्रमण, दुव्र्यवहार एवम् कुटपिट नगर्न, स्वास्थ्य संस्थाजस्तो संवेदनशील ठाउँमा तोडफोड र आक्रमण नगर्न आग्रह गरेको छ । स्वास्थ्य सेवा नै बन्द गरी आन्दोलन नगर्न र नागरिकको स्वास्थ्योपचारको हक सुनिश्चित गर्न आयोगले  नेपाल सरकार, स्वास्थ्यकर्मी र सबै सरोकारवाला पक्षको ध्यानाकर्षण समेत गराएको छ ।

पछिल्ला केही दिनयता कास्की, मकवानपुर, लमजुङ, चितवन जिल्लालगायत विभिन्न अस्पतालमा कार्यरत चिकित्सकमाथि भएका आक्रमण, दुव्र्यवहार तथा स्वास्थ्य संस्थामा भएको तोडफोड एवम् चिकित्सकले आकस्मिकबाहेक स्वास्थ्य सेवा बन्द गरी आन्दोलनमा उत्रिँदा नागरिकको उपचारमा असर पर्न गएको छ । चिकित्सकको सुरक्षा व्यवस्था, स्वास्थ्य सेवाको निरन्तरता तथा बिरामीले भोग्नु परिरहेको समस्याबारे विभिन्न माध्यमबाट निरन्तर अनुगमन भइरहेको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

गत भदौ २४ गते हेटौँडाको सञ्चो अस्पतालका चिकित्सकमाथि सेवाग्राहीबाट हातपात भएको, असोज ७ गते लमजुङ अस्पतालका चिकित्सकमाथि स्थानीय जनप्रतिनिधिबाट हातपात भएको, असोज ८ गते पोखराको मणिपाल अस्पतालमा चिकित्सकमाथि सेवाग्राहीले कुटपिट, दुर्व्यवहार र आक्रमण गरेको घटनाका सम्बन्धमा आयोगले अनुगमन गरेको हो । 

पछिल्लो पटक पोखराको मणिपाल अस्पतालमा एक बिरामीको उपचारका क्रममा मृत्यु भएको भन्दै मृतकका आफन्तले चिकित्सकमाथि हातपात र दुर्व्यवहार गरी अस्पतालको भौतिक संरचनामा तोडफोड गर्नाका साथै सुरक्षाकर्मीबाट समेत चिकित्सकमाथि दुर्व्यवहार गरिएको अनुगमनमा देखिएको आयोगले जनाएको छ ।

आयोगले शान्ति सुरक्षा र घटनामा संलग्नमाथि कानुनी कारबाहीको माग गर्दै चिकित्सकले असोज ९ र १० गते अस्पतालको आकस्मिकबाहेक सम्पूर्ण सेवा बन्द गरी आन्दोलनमा उत्रिएका कारण उपचारका लागि आएका बिरामी सेवा पाउनबाट वञ्चित भएको जनाएको छ । चिकित्सकमाथि आक्रमणका शृङ्खलाबद्ध घटना विगतमासमेत हुँदै आएका थिए । 

यसबाट स्वास्थ्यकर्मीको मनोबल र स्वास्थ्य संस्थाको प्रभावकारितामा असर परेको आयोगको ठम्याइ छ । स्वास्थ्यकर्मी स्वास्थ्य सेवा नै बन्द गरी आन्दोलनमा उत्रिँदा नागरिकले उपचार गर्न पाउनुपर्ने हकमा असर पर्नका साथै स्वास्थ्य संस्था धराशायी बन्न पुग्ने सम्भावना रहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  १ : १८ बजे

सूचनाको हकका लागि राष्ट्रिय महासंघ गण्डकीको अध्यक्षमा राजबहादुर गुरुङ

पोखरा– सूचनाको हकका लागि राष्ट्रिय महासंघ, गण्डकी प्रदेश समितिको अध्यक्षमा

ट्रम्पले हेगमा भने, ‘इरानमाथिको हमला हिरोशिमा र नागासाकीको जस्तै थियो

हेग- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अमेरिकी आक्रमणको तुलना दोस्रो

एमाले नेता थापा भन्छन् : पार्टीमा समस्या छैन, जनताको विश्वास बढ्दै गएको छ

धनगढी– नेकपा एमालेका केन्द्रीय सदस्य तथा संगठन विभाग सदस्य लालबहादुर थापाले

अर्थतन्त्र चलायमान बनाउन महिलाको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको अर्थतन्त्र चलायमान