एमाले अध्यक्ष ओली आज धनगढी जाँदै « Khabarhub

एमाले अध्यक्ष ओली आज धनगढी जाँदै


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कैलालीको धनगढी जाँदै छन् ।

बिहीबारबाट सुरु हुने एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग पदयात्राको उद्घाटनका लागि उनी आज अपराह्न ४ बजे बुद्ध एयरको विमान मार्फत धनगढी जान लागेका हुन् ।

ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू पनि त्यस तर्फ जाने कार्यक्रम रहेको छ ।

एमालेले १४ गते बिहान बैतडीको झुलाघाटबाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन गर्नेछ । झुलाघाट–चिवाभञ्ज्याङ (पाँचथर) यात्रा तीन सातामा टुङ्ग्याउने एमाले नेताहरूले तयारी गरिरहेका छन् ।

ओलीसहितका नेताहरु भोलि बिहान धनगढीबाट बैतडी प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।  बिहीबार बिहान अध्यक्ष ओलीले बैतडीको झुलाघाटबाट करिब ८ सय ८० किलोमिटर लामो पदयात्रा अभियान उद्घाटन गर्नेछन् । एमालेले सो यात्रालाई समृद्धिको यात्रा भनेको छ ।

 

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  १२ : ३० बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले