टी–२० विश्वकप छनोट : सिंगापुरविरुद्ध नेपाल फिल्डिङमा « Khabarhub

टी–२० विश्वकप छनोट : सिंगापुरविरुद्ध नेपाल फिल्डिङमा


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् २०२४ को टी–२० विश्वकप एसिया छनोटअन्तर्गतको खेलमा अहिले नेपाल र सिंगापुर खेलिरहेका छन् । काठमाडौँको कीर्तिपुरस्थित टीयू मैदानमा जारी खेलमा टस जितेर सिंगापुरले ब्याटिङ रोजेपछि नेपाल फिल्डिङमा उत्रिएको छ ।

आजको खेलमा नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा रहँदा सिंगापुर पनि जित निकाल्ने योजनाका साथ मैदानमा उत्रिएको छ ।

नेपालले आयोजना गरेको टी–२० विश्वकपको एसिया छनोटका खेलहरू त्रिवि मैदानका साथै मूलपानी क्रिकेट मैदानमा हुनेछन् । समूह चरणमा नेपालले सबै खेल कीर्तिपुर मैदानमा खेल्नेछ ।

कात्तिक १९ गतेसम्म चल्ने प्रतियोगितामा ८ देश सहभागी छन् । जसअन्तर्गत समूह ‘ए’ मा नेपालसहित सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । नेपालले दोस्रो खेल भोलि मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।

यस छनोटमा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् भने फाइनल पुग्ने दुई टोली सोझै विश्वकपलाई छानिन्छन् । फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकप खेल्न पाउने छन् ।

आज अन्य तीन खेल पनि हुँदैछन् । आज बिहान ९ बजे मूलपानी मैदानमा बहराइन र यूएई, दिउँसो साढे १ बजे टीयू मैदानमा ओमान र मलेसिया तथा सोही समयमा मूलपानी मैदानमा हङकङ र कुवेत खेल्नेछन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ९ : ०७ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको