मलेसियाविरुद्ध पहिले बलिङ गर्दै नेपाल « Khabarhub

मलेसियाविरुद्ध पहिले बलिङ गर्दै नेपाल


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले मलेसियाविरुद्ध टस हारेर पहिले बलिङ गर्नेभएको छ । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आजको खेल नेपाल लगातार दोस्रो जितको खोजीमा छ । 

सोमबार भएको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई आठ विकेटले पराजित गरेको थियो । मलेसिया पनि नेपाललाई हराउँदै पहिलो जित निकाल्ने दाउमा छ । मलेसिया हिजो भएको पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो ।

नेपालले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन । नेपालका दिपेन्द्रसिंह ऐरी खुट्टामा चोट लागेका कारण टोलीमा सहभागी छैनन् । दीपेन्द्रको स्थानमा विवेक यादवलाई निरन्तरता दिइएको छ ।     

आजको खेलदमा नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेल, आसिफ शेख (विकेटकिपर) कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  १ : २९ बजे

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि

दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो

दोलखा- पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको