मलेसियाविरुद्ध पहिले बलिङ गर्दै नेपाल « Khabarhub

मलेसियाविरुद्ध पहिले बलिङ गर्दै नेपाल


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले मलेसियाविरुद्ध टस हारेर पहिले बलिङ गर्नेभएको छ । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आजको खेल नेपाल लगातार दोस्रो जितको खोजीमा छ । 

सोमबार भएको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई आठ विकेटले पराजित गरेको थियो । मलेसिया पनि नेपाललाई हराउँदै पहिलो जित निकाल्ने दाउमा छ । मलेसिया हिजो भएको पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो ।

नेपालले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन । नेपालका दिपेन्द्रसिंह ऐरी खुट्टामा चोट लागेका कारण टोलीमा सहभागी छैनन् । दीपेन्द्रको स्थानमा विवेक यादवलाई निरन्तरता दिइएको छ ।     

आजको खेलदमा नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेल, आसिफ शेख (विकेटकिपर) कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  १ : २९ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको