आजका समाचार : प्रक्रियागत ढिलासुस्तीविरूद्ध प्रधानमन्त्रीको एक्सनदेखी अरुण चौधरी पक्राउसम्म | Khabarhub Khabarhub

आजका समाचार : प्रक्रियागत ढिलासुस्तीविरूद्ध प्रधानमन्त्रीको एक्सनदेखी अरुण चौधरी पक्राउसम्म


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने सकारको निर्णय, प्रक्रियागत ढिलासुस्तीविरूद्ध प्रधानमन्त्रीको ‘एक्सन’, वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राई नियुक्त, योजना आयोगको सदस्यमा उमाशंकर, सरकारका दुई तयारी : नर्सिङको प्रतिबन्ध खोल्ने, चिकित्सा ऐन फेर्ने, अरुण चौधरीलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति, देशका विभिन्न स्थानमा हिमपात, इराक्ली कोबाखिदजे जर्जियाको प्रधानमन्त्री लगायतका समाचार रहनेछन् ।

राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने सकारको निर्णय
सरकारले राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको अध्यक्षतामा निजी क्षेत्रको प्रतिनिधित्व हुने गरी राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।


बैठकले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा उमाशंकर प्रसादलाई नियुक्त गर्ने निर्णय गरेको छ भने नेपाल वायुसेवा निगमको रिक्त उपाध्यक्ष पदमा सञ्चालक समिति सदस्य विक्रम राईलाई नियुक्त गर्ने निर्णय भएको उनले बताइन् ।

प्रक्रियागत ढिलासुस्तीविरूद्ध प्रधानमन्त्रीको ‘एक्सन’

बौद्धिक पलायनको भयावह स्थिति रोक्नुपर्छ : प्रधानमन्त्री

वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राई नियुक्त, योजना आयोगको सदस्यमा उमाशंकर

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी अध्ययन समिति गठन

विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल
राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन समितिले ‘विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८० माथि दफावार छलफल गरेको छ ।

समितिको आजको बैठकमा विधायन तर्जुमा, प्रकाशन तथा प्रत्यायोजित विधायनमा एकरुपता कायम गर्ने सम्बन्धमा ल्याएको उक्त विधेयकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाको उपस्थितिमा छलफल भएको हो ।

नेपालमै नोटसम्बन्धी छपाई गर्न सुरक्षित मुद्रण विधेयक ल्याइएको हो : मन्त्री शर्मा

सरकारका दुई तयारी : नर्सिङको प्रतिबन्ध खोल्ने, चिकित्सा ऐन फेर्ने

अध्यक्ष तिमिल्सिना र नेपालका लागि इजरायलका राजदूत गोल्डबर्गरबीच भेट

खेलकुद क्षेत्रको विकासमा तीनै तहका सरकार लाग्नुपर्छ 

अरुण चौधरीलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं अदालतले अनुमति दिएको छ ।

बिहीबार पक्राउ परेका चौधरीलाई केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले सरकारी वकिलको कार्यालय हुँदै अदालत पेश गरेको थियो । अदालतले सिजी होल्डिङ्सका अध्यक्ष चौधरीका साथै छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापालाई पनि ४ दिन नै हिरासतमा राखेर अनुमति दिएको छ ।

सरकारी जग्गा हिनामिना प्रकरणमा अरुण चौधरी पक्राउ

सीआइबीले किन समात्यो अरुण चौधरीलाई ?

सीआईबीबाट समातिएका अरुण चौधरी को हुन ?

अरुण चौधरीलाई पक्राउ गर्नु गलत : उद्योग परिसंघ

सरकारको व्यवहारले स्वदेशी लगानीकर्ता बाहिरिन्छन् : अध्यक्ष अग्रवाल

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध
आज बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङको निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो ।

बिहानदेखि निरन्तर हिमपात हुँदा पूर्वी रुकुमदेखि काठमाडौँ, पोखरा जाने यातायातका साधन ठप्प भएको निसीखोला गाउँपालिका–६ का नीरज घर्ती मगरले जानकारी दिए । बागलुङको बुर्तिबाङदेखि रुकुम, जाजरकोटलगायतका स्थानमा पुग्ने यातायातका साधन निसीखोलामा अलपत्र परेको उनको भनाइ छ । हिउँ नपन्छ्याएसम्म यात्रा गर्न नसकिने घर्ती मगरले बताए ।

देशका विभिन्न स्थानमा हिमपात

जुम्लामा हिमपात, किसान खुसी

ढोरपाटनमा हिमपात

गोरखा दरबार क्षेत्रमा पर्यटक बढ्दै
विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको गोरखा दरबार र सँगै रहेको गोरखकाली मन्दिर पुनर्निर्माणपछि पूर्ववत् स्वरुपमा फर्किएको छ ।

पुनःनिर्माणकै क्रममा पनि पर्यटक तथा दर्शनार्थीको आगमन नरोकिएको दरबार क्षेत्रमा अहिले भने दैनिक आउने पर्यटकको सङ्ख्या बाक्लै देखिन्छ ।

थप…

गोरखा दरबार क्षेत्रमा पर्यटक बढ्दै

७९ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

आर्मी क्लब आहा रारा गोल्डकपको फाइनलमा
त्रिभुवन आर्मी क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

बिहीबार पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा चर्चव्वाइज युनाइटेडलाई २-१ गोलले पराजित गर्दै आर्मी प्रतियोगिताको फाइनलमा पुगेको हो । खेलको ६१औं मिनेटमा दिनेश हेन्जनले गोल गरेपछि आर्मीले अग्रता कायम गरेको थियो ।

खेलको ८५औँ मिनेटमा चर्चब्वाइजका समीर तामाङ्गले गोल गरेपछि खेल बराबरीमा आयो र निर्धारित समयको खेल १-१ बराबरीमा सकियो । 

इराक्ली कोबाखिदजे जर्जियाको प्रधानमन्त्री 
सत्तारुढ जर्जियन ड्रीम पार्टीका अध्यक्ष इराक्ली कोबाखिद्जेलाई बिहीबार पार्टीको महाधिवेशनले देशको नयाँ प्रधानमन्त्री मनोनयन गरेको छ।

सोमबार राजिनामा दिएका पूर्वप्रधानमन्त्री इराक्ली गरिबासभिलीलाई महाधिवेशनमा पार्टीको राजनीतिक परिषद्ले पार्टीको अध्यक्षमा अनुमोदन गरेको थियो ।

पार्टीले सो निर्णय महाधिवेशनबाटै प्रत्यक्ष प्रसारण गरेको थियो । जर्जियाको कानुन अनुसार कोबाखिदजेको मनोनयनलाई १५० सिटको संसद्ले साधारण बहुमतले अनुमोदन गर्नुपर्नेछ।

इयु शिखर सम्मेलन स्थल वरपर ब्रसेल्समा सडक अवरुद्ध

श्रीलंकाको मुद्रास्फीति दर बढेर ६.४ प्रतिशत पुग्यो

शाही मानहानि कानून संशोधन अभियान अन्त्य गर्न थाइ अदालतको आदेश

रोहिङ्ग्या शरणार्थीको अर्को डुंगा इन्डोनेसियामा

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ८ : ०० बजे

बाढीपहिरोमा तीन विदेशीको मृत्यु भएको पुष्टि, पाँचजना घाइते

काठमाडौं- गत असोज ११ र १२ गते देशका विभिन्न भागमा

‘व्यवस्थित आवासमा नागरिकको पहुँच सुनिश्चित गर्न सरकार अग्रसर’

ललितपुर– उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्थित आवासमा

खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत

चैनपुर– तारा थापालाई एकैपटक टाउको दुख्ने, रिङ्गाटा लाग्ने, ज्वरो आउनेलगायत

प्रथम अन्नपूर्ण हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान

गण्डकी – पहिलोपटक आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम

जयसूर्या श्रीलंकाको पूर्णकालीन मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं– सनथ जयसूर्या श्रीलंकाको पूर्णकालीन मुख्य प्रशिक्षक नियुक्त भएका छन्