आजका समाचार : प्रतिनिधिसभा बैठकदेखि मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मतसम्म | Khabarhub Khabarhub

आजका समाचार : प्रतिनिधिसभा बैठकदेखि मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मतसम्म


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

प्रतिनिधिसभा बैठक
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले दूरदराजमा रहेको चेपाङ बस्तीका धेरैलाई नागरिकता बनाउन समस्या भइरहेको प्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले ती चेपाङबस्तीबाट नागरिकता बनाउन ४० किलोमिटर टाढा जानुपर्ने समस्या रहेको भन्दै सो समाधानका लागि पूर्वी चितवनमा इलाका प्रशासन स्थापनाको माग गरे ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद रामकुमार राईले देशभर ३२ हजारको सङ्ख्यामा कैदीबन्दीहरु उल्लेख गर्दै खुल्ला कारागारको नीति ल्याएर सुधार गर्नुपर्ने धारणा राखे।

रुस जान श्रम स्वीकृति खुल्ला गर्ने सरकारको निर्णयप्रति कांग्रेसको आपत्ती

गृहमन्त्रीले उजुरीलाई चिर्कटोको संज्ञा दिएपछि कांग्रेसले भन्यो (‘ताम्रपत्र कि स्वर्णपत्रमा लेख्ने’

नागरिकमा आशा जगाउने सरकारको उद्देश्य : मन्त्री भण्डारी

शिक्षा, स्वास्थ्य र रोजगार जनताका अधिकार : अध्यक्ष लिङ्देन

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । उनलाई बागमती प्रदेशका ५६ सांसदले मत दिए । यो सङ्ख्या प्रदेशसभामा कायम सदस्यहरुको बहुमत रहेको भन्दै बागमती प्रदेशका सभामुखले मुख्यमनत्रीले विश्वासको मत प्राप्त गरेको जानकारी दिए ।

मुख्यमन्त्री जम्कट्टेललाई एमालेको २७, माओवादी केन्द्रको २१, हाम्रो नेपाली पार्टीको २, नेकपा एकीकृत समाजवादीका ७ सांसदले विश्वासको मत दिए ।

उनको विपक्षमा कांग्रेसका ३७ सांसदले मतदान गरे । प्रदेशसभामा रहेका दुई दल राप्रपा र नेमकिपाका सांसदहरुले तटथतामा मत दिए ।

बागमती प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन एमालेको निर्देशन

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाउने पक्का

४ बजेलाई सर्‍यो बागमती प्रदेश सभा बैठक

मुख्यमन्त्री जम्मकट्टेललाई एकीकृत समाजवादीले विश्वासको मत दिने

गृहमन्त्री लामिछाने र धरानका मेयर साम्पाङबीच भेट
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबीच भेटवार्ता भएको छ।

आइतबार सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर प्रमुख सम्पाङले उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई भेटेका हुन्। भेटका क्रममा उनीहरूबीच लागूऔषध दुर्व्यसनी नियन्त्रणबारे छलफल भएको छ।


देशभरि नै लागू औषध दुर्व्यसनी बढिरहेको भन्दै त्यसलाई नियन्त्रणमा ल्याउनका लागि आफूले पहल गरिरहेको गृहमन्त्री लामिछानेको भनाइ थियो।

उपप्रधानमन्त्री लामिछाने र विश्व बैंकका देशीय निर्देशकबीच भेट

जहाज खरिद प्रकरणबारे १५ दिनभित्र जवाफ पेस गर्न निगमलाई समितिको निर्देशन

शिक्षामा दलीय राजनीतिको अन्त्य गरिनेछ : मन्त्री श्रेष्ठ

बजेट बनाउन अर्थ मन्त्रालयले माग्यो सुझाव

मुख्यमन्त्री कार्कीले गरे वैद्यनाथ खोलाको पुल उद्घाटन

उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता
चीनको ९ दिने औपचारिक भ्रमण पूरा गरी उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज बिहान स्वदेश फर्किएका छन् ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन ९सीपीपीसीसी० का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ यीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए ।


त्यस्तै उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री सुन हाइयानसँग पनि भेट गरेका थिए ।

बेइजिङमा रहँदा उनले नेपाली दूतावासमा आयोजित सम्मेलनलाई सम्बोधन गरेका थिए ।

चीनबाट फर्केका परराष्ट्रमन्त्रीले भने-बीआरआई कार्यान्वयनमा कुनै समस्या छैन

विस्केट जात्राको तीव्र तयारी

कांग्रेसभित्रै साझा धारणा आवश्यक : महर

पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको काम ७० प्रतिशत सम्पन्न

नाउपाका केन्द्रीय सदस्यलाई रेशम चौधरीबाट आयो ज्यान मार्ने धम्की!
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्माले आफूहरुमाथि ज्यान मार्ने धम्की आएको दाबी गरेका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले सोमबार काठमाडौंमा पार्टीको संस्थापक केन्द्रीय सदस्यहरुको बैठक सुरु हुनुअघि आफुहरुमाथि कुटपिट भएको र हत्या गर्ने धम्की दिएको जनाएका छन् ।


विश्वकर्माले पार्टीका संरक्षक रेशम चौधरीले बालुवाटारमा प्रधानमन्त्री भेट्न जान्छु भन्दा पार्टी कार्यालयमा भौतिक आक्रमण गरेको बताए । पार्टी कार्यालयभित्रै आफुमाथि कुटपीट हुनु र ज्यान मार्ने समेत धम्की आउनुले असुरक्षा बढेको उनले बताए ।

रेशम चौधरीको टिप्पणी-पार्टी कसैको पेवा होइन

प्रस्तावित महालेखापरीक्षकको सुनुवाइ प्रक्रिया सुरु

देश र जनताको हितमा काम गर्न मन्त्री बस्नेतको आग्रह

कार्यवाहक अध्यक्षको विवादले तीन सातादेखि वडाको कामकाज ठप्प

खेलकुद…

आयरल्यान्ड ए माथि नेपाल ए को रोमाञ्चक जित
तेस्रो तथा अन्तिम टी–२० अभ्यास खेलमा नेपाल ए ले आयरल्यान्ड ए माथि ३ रनको रोमाञ्चक जित निकालेको छ ।

नेपालले दिएको २ सय १४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा आयरल्यान्ड ए ले पूरा ओभर खेल्दै ७ विकेट गुमाएर २ सय १० रन मात्र बनाउन सक्यो ।


नेपालको जितमा विपिन खत्रिले ३ विकेट लिए । कमल ऐरी, नारायण जोशी र रासिद खानले समान एकरएक विकट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १३ रन बनाएको थियो । नेपालका लागि आरिफ सेखले नटआउट ९३ रनको शानदार पारी खेले । उनले ४७ बलमा ७ चौका र ६ छक्का प्रहार गरे ।‍ रासिद खानले २४ र कमलसिंह ऐरीले १९ रन जोडे ।

नेपाल ए ले आयरल्याण्ड वोल्भ्सलाई दियो २१४ रनको लक्ष्य

आयरल्यान्ड ए विरुद्ध नेपाल ए ब्याटिङमा

फ्रेन्च लिग वान : मार्सेलीमाथि पिएसजीको सहज जित

अन्तर्राष्ट्रिय..

पाकिस्तानी पूर्वप्रधानमन्त्री खानको भ्रष्टाचारविरूद्धको मुद्दा रोक्का
पाकिस्तानको उच्च अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध भ्रष्टाचारको आरोपमा भएको जेल सजायलाई सोमबार रोकिदिएको छ ।

अदालतले यसै सम्बन्धमा पूर्वप्रधानमन्त्री खानकी पत्नीको मुद्दालाई पनि रोकिदिएको छ । पूर्व क्रिकेटर ७१ वर्षीय खानले यो बाहेक राजद्रोह र अवैध विवाहसम्बन्धी अन्य दुई मुद्दामा सुनाइएको एक दशक लामो जेल सजाय कायम रहेकोले उनी जेलमुक्त भने हुने छैन ।

केजरीवालको अन्तःशुल्क सम्बन्धी मुद्दामा अप्रिल १५ सम्म म्याद थप

चीनमा पनि ६० किलो सुनकाण्ड !

अफगानिस्तानमा विस्फोट हुँदा नौ बालबालिकाको मृत्यु

म्यानमार-चीन सीमाबाट आठ सय बढी ठगीकर्ता पक्राऊ

रुसद्वारा युक्रेनको ऊर्जा पूर्वाधारमा व्यापक आक्रमण

ब्राजिलमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

इजरायली सेना अल-शिफा अस्पतालबाट फिर्ता

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ७ : ५९ बजे

महिला एसिया कप क्रिकेट : प्रतियोगिता अगाडि श्रीलंकासँग अभ्यास खेल खेल्दै नेपाल

काठमाडौं – एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्नै नेपाली

 अर्थ र प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गतका दुईवटा समितिका बैठक आज बस्दैछन् ।

प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन पेस गरिने

 काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

आजदेखि वर्षाको मात्रामा कमी आउने, सम्भावित जोखिमप्रति सचेत रहन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले नेपाल