आजका समाचार : बजेटप्रति ओलीको असन्तुष्टिदेखि तीनजना यार्सा संकलकको मृत्युसम्म | Khabarhub Khabarhub

आजका समाचार : बजेटप्रति ओलीको असन्तुष्टिदेखि तीनजना यार्सा संकलकको मृत्युसम्म


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

बजेटप्रति ओलीको असन्तुष्टि, ‘परामर्श नगरी ल्याइयो’
नेकपा एमाले का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाएका छन् ।

सत्तारुढ प्रमुख घटक दल एमाले अध्यक्ष ओलीले सत्तारूढ दलहरूसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै असन्तुष्टि जनाए ।


शनिबार संसद् भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो थाहा नभएको बताए ।

बजेट इमानदारीपूर्वक कार्यान्वयन गर्ने मन्त्री भण्डारीको प्रतिबद्धता

सहकारी पीडितले न्याय नपाएसम्म कांग्रेसको संघर्ष जारी रहन्छ : नेता महर

रक्षामन्त्रीद्वारा काजी कालु पाँडेको शालिकमा पुष्पहार अर्पण

दुध उत्पादक किसानलाई शीघ्र भुक्तानीको व्यवस्था गरिनेछ : मन्त्री साह

छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ : मन्त्री चौधरी

तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ : स्वर्णिम वाग्ले

संगठन कमजोर बनाएर पार्टी मजबुत हुन सक्दैन :एनपी साउद
नेपाली कांग्रेसका नेता एनपी साउदले संगठनलाई कमजोर बनाएर पार्टी मजबुत हुन नसक्ने बताएका छन् ।

कांग्रेस सुर्खेतले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले संगठनलाई एकढिक्का बनाएर मात्रै पार्टी मजबुत हुने बताएका हुन्।


‘अर्कालाई गाली गरेर, अर्का माथि आक्रमण गरेर, आफ्नो संगठन कमजोर बनाएर, संगठनमा विभाजन ल्याएर पार्टी मजबुत हुन सक्दैन,’ साउदले भने । पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता साउदले अन्य पार्टीहरूलाई समेट्दै आफ्नो जनाधार बलियो बनाएर मात्रै ठूलो पार्टी बन्न सकिने बताए ।

जसपा महाधिवेशन : पदाधिकारी र सदस्यहरूको दस्तुर निर्धारण

श्रम समस्या समाधान गर्न ‘श्रमाधान रोजगार मेला’ : मन्त्री अर्याल

जमुनी सिँचाइ आयोजना अनुगमनमा मुख्यमन्त्री यादव

तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ : पूर्वराष्ट्रपति

कांग्रेस जनसवाल र जनताको केन्द्रबिन्दु बन्नुपर्छ : डिला संग्रौला

प्रदेश सरकारले सहकारी क्षेत्रलाई प्राथमिकता दिन्छ : मुख्यमन्त्री कार्की

स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन

गोर्खा भर्ती स्थगन गर्न माग
ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति युके(नेपालले ब्रिटिस गोर्खा भर्ती स्थगन गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्न बाध्य भएको जनाएको छ ।

बेलायतीसरह समान पेन्सनलगायत माग राख्दै आन्दोलनरत ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति युके(नेपालले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूहरूको मागका बारेमा नेपाल सरकारले बेलायतसँग कूटनीतिक पहल नगरेको भन्दै ब्रिटिस गोर्खा भर्ती स्थगन गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्न बाध्य भएको जनाएको हो ।

कोशी प्रदेशस्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता हुने

यार्सा टिप्न गएका युवकको लडेर मृत्यु

सगरमाथा दिवस : बङ्गलादेशमा तस्बिर प्रदर्शनी

काठमाडौँ महानगरले करारमा २४१ जना नगर प्रहरी भर्ना गर्दै

यार्सा संकलनमा गएका दुईजनाको मृत्यु

हमासको विनाश नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार गाजा युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रस्तुतीपछि द्वन्द्वको एक हिस्साको रूपमा हमासको विनास नभएसम्म युद्धको अन्त्य नहुने दावी गरेका छन् ।

युद्धको अन्त्यका लागि इजरायलको अवस्था परिवर्तन नभएको जनाउँदै इजरायली नेताले हमासको बिनासले सबै बन्धकलाई मुक्त गर्ने र इजरायललाई खतरा नभएको सुनिश्चित गर्ने विज्ञप्तिमार्फत जनाएका छन् ।


प्रस्ताव अन्तर्गत, इजरायलले स्थायी युद्धबिराम लागू गर्नु अघि यी सर्तहरू पूरा गर्नुपर्नेमा जोड दिएको छ । यी सर्त पूरा हुनुअघि इजरायल स्थायी युद्धबिराममा सहमत नहुने धारणा नेतान्याहुले उल्लेख गरे ।

चीनमा खाद्य सुरक्षा कानुन लागू

सबैभन्दा टाढाको आकाशगंगा फेला परेको नासाको दावी

यमनमा घातक आक्रमणपछि हुथी समुहद्वारा अमेरिकी जहाजमा आक्रमण

अफगानिस्तानमा डुंगा दुर्घटना हुँदा २० जनाको मृत्यु

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  ८ : ०२ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि