आजका समाचार : संसदको हिउँदे अधिवेशनको तयारीदेखी विमानस्थल सुरक्षा प्रमुखको राजीनामासम्म | Khabarhub Khabarhub

आजका समाचार : संसदको हिउँदे अधिवेशनको तयारीदेखी विमानस्थल सुरक्षा प्रमुखको राजीनामासम्म


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

सुशासन अभियानमा कर्मचारीको सहयोग आवश्यक

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले थालेको सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीतन्त्रको सहयोग आवश्यक रहेको बताएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको १६औँ स्थापना दिवसका अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले सुशासन कायम गर्ने सन्दर्भमा कर्मचारी वर्गको योगदान धेरै नै महत्वपूर्ण रहेको बताए ।


सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई दृढताका साथ अघि बढाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगामी दिनमा सरकारलाई कर्मचारी क्षेत्रको अझ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

उनले सुशासन कायम गर्न तथा कर्मचारीतन्त्रभित्र देखापरेका समस्या समाधान गर्न कर्मचारी सङ्गठनबाट सहयोगको अपेक्षा गरिएको बताए ।

जनताले सहज रूपमा सेवा पाउनुपर्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री दाहालद्वारा उदयपुर सिमेन्ट उद्योगको अवलोकन

प्रधानमन्त्रीबाट दुधौली नगर अस्पतालको समुद्घाटन

पालिका भवन उद्घाटन गर्न छोरी र ज्वाइँसहित प्रचण्ड उदयपुरमा, सिंहदरबारजस्तै सेवा दिन आग्रह

राष्ट्रपति पौडेलसँग रिसाए ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडेलसँग आक्रोशित भएका छन् । पार्टी संसदीय दलको बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले राष्ट्रपति पौडेलको पछिल्लो भूमिकालाइ लिएर आक्रोशित भएका हुन् ।

सो क्रममा ओलीले राष्ट्रपति पौडेल आफ्नो पदीय मर्यादामा नबसेको बताए । राष्ट्रपतिलाई संविधान अनुसार काम गर्नु पर्नेमा त्यसो नगरी पार्टीभन्दा माथि उठन नसकेको पनि आरोप लगाए ।

लोकतन्त्र समाप्त पार्ने चलखेल भइरहेको छ : ओली

गठबन्धनको ध्यान सत्ता टिकाउनेमा मात्रै केन्द्रित : ओली

टुँडिखेलमा युवा महोत्सव सुरु

संसदको हिउँदे अधिवेशनको तयारी पूरा

सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठक आगामी सोमबार अपराह्न ४ बजेका लागि आह्वान गरेका छन् ।

यस हिउँदे अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको पूर्ण तयारी भएको सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

देश धेरै अप्ठ्यारोमा छ, लयमा फर्काउन निकै गाह्रो छ : विष्णु पौडेल

मुलुकको आर्थिक विकासमा नेता ठाकुरको जोड

लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र नै हो :महामन्त्री थापा

रास्वपाको दबाब यात्रामा कहाँ को नेता खटिन्छन् : सूचीसहित

अनुशासन र विधिमा टेकेर पार्टी नेतृत्व छान्नुपर्छ : नेता वाग्ले

माघ २२ देखि सांसदहरूको विद्युतीय हाजिरी
यही माघ २२ गतेदेखि सांसदहरूको विद्युतीय हाजिरी हुने भएको छ ।

संघीय संसदमा सांसदहरूको विद्युतीय हाजिरी हुने भएको संसद् सचिवालयले जनाएको छ। माघ २२ गते देखि सुरु हुने हिउँदे अधिवेशनदेखि विद्युतीय हाजिरी अनिवार्य गर्न लागिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।


यसमा लागि चार वटा मेसिन राखिएको छ बताइएको छ । विद्युतीय हाजिरीका लागि बानेश्वरस्थित संसद् भवनमा बैठक कक्ष बाहिर व्यवस्था गरिएको छ ।

तर प्रधानमन्त्री, प्रमुख विपक्षी दलको नेता र पूर्वप्रधानमन्त्रीको हकमा हाजिरीका लागि छुट्टै मेसिनको व्यवस्था भएको सचिवालयको भनाइ छ ।

भ्रष्टाचारविरुद्ध आजपाको खबरदारी ऱ्याली

नियमविपरीत भए जग्गा फिर्ता गर्छु: अरुण चौधरी

आन्तरिक राजस्व विभागको महानिर्देशकमा भुपाल बराल

विमानस्थल सुरक्षा प्रमुख चन्दद्वारा राजीनामा

खेलकुद…

प्रधानमन्त्री कप क्रिकेटको उपाधि पुलिसलाई
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबले जित हासिल गरेको छ।

आज सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब च्याम्पियन बनेको हो ।


कीर्तिपुरको मैदानमा सम्पन्न खेलमा पुलिस क्लब ६ विकेटले विजयी बनेको हो । आर्मीले जितका लागि प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पुलिस क्लबले मात्र ३७.५ ओभरमा मात्र ४ विकेटको क्षतिमा पुरा गरेर विजय भएको हो ।

त्रिभुवन आर्मीले जित्यो आहा रारा गोल्डकपको उपाधि

प्रत्यक्ष प्रसारणमै भारतीय कप्तान रोहित शर्माले मुख छाडेर गाली गरेको अडियो सुनिएपछि‘

अन्तर्राष्ट्रिय…

सिरिया र इराकमा अमेरिकी आक्रमण, ४० जनाको मृत्यु
अमेरिकाले सिरिया र इराकमा गरेको आक्रमणमा ४० जनाको मृत्यु भएको छ । अमेरिकाले इराक र सिरियामा रहेका इरानको रिभल्युसनरी गार्ड कोर(आईआरजीसी) का निशानामा आक्रमण गरेको हो । अमेरिकाले आईआरजीसीका ८५ निशानालाई लक्षित गरी आक्रमण गरेको रोयटर्सले जनाएको छ ।

केही समयअघि अमेरिकी निशानामा इरान समर्थित लडाकुले गरेको आक्रमणको बदलामा पछिल्लो आक्रमण गरिएको हो ।

फ्रान्समा छुरा प्रहारबाट तीन जना घाइते

विश्व अर्थतन्त्र सकारात्मक दिशातर्फ फर्किएपनि जोखिम कायमै:आईएमएफ

सन् २०२३ मा सुनको विश्वव्यापी माग उच्च विन्दुमा

अमेरिकाद्वारा इराक र सिरियामा हवाइ हमला

मुख्यमन्त्री केजरीवालको निवासमा दिल्ली अपराध शाखाको टोली

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ७ : ५९ बजे

आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

रुकुमपश्चिम – रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष

खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा

झापा – झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको

एनपीएल अक्सन : कुन फ्रेन्चाइजीले कुन–कुन खेलाडी किने ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ

खुर्कोटमा बेलिबृज जडान सुरु

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते