आजका समाचार : रविको मुद्दामा राय बाझियो, प्रधानमन्त्रीले राजीनामा नदिने, नेपाल फेरि अध्यक्ष | Khabarhub Khabarhub

आजका समाचार : रविको मुद्दामा राय बाझियो, प्रधानमन्त्रीले राजीनामा नदिने, नेपाल फेरि अध्यक्ष


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


7.1k
Shares
  • change font
  • change font
  • change font

एमालेले छाडेका आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार राजीनामा दिएका नेकपा एमालेका आठ जना मन्त्रीहरूको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तोकेका छन् ।

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वधार मन्त्री रघुवीर महासेठसहित राजीनामा दिएका आठ मन्त्रीको जिम्मा राष्ट्रपति पौडेलले अर्को व्यवस्थता नहुन्जेललाई प्रधानमन्त्री दाहालले तोक्ने गरी बिहीबार तोकेका हुन् ।

रास्वपाका मन्त्रीहरूलाई प्रधानमन्त्री प्रचण्डको जवाफ, ‘राजीनामा दिन्न, संसद् फेस गर्छु’

बालुवाटार पुगेका रास्वपाका मन्त्री राजीनामा नदिई फर्किए

प्रधानमन्त्री दाहाललाई राजीनामा दिन गगन थापाको सुझाव

एमालेले प्रधानमन्त्रीलाई भन्यो : ‘अल्पमतमा पर्नुभयो, दीर्घकालीन निर्णय नगर्नू’ 

घनश्याम भुसालको तर्क- कांग्रेस-एमाले सहमति विश्वासयोग्य छैन, प्रचण्डलाई साथ दिन्छौँ

नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताएको छ ।

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस-एमालेको सहमतिप्रति अझै विश्वस्त हुने ठाउँ नभएकाले सरकारलाई दिएको समर्थन कायमै रहेको र आवश्यक परे विश्वासको मत पनि दिने बताएका हुन् ।

रास्वपा महामन्त्री ढकाल निलम्बित, कार्यवाहक जिम्मेवारी बुर्लाकोटीलाई

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गरेको छ। बुधबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले ढकाललाई निलम्बन गर्दै कार्यवाहक महामन्त्रीको जिम्मेवारी कवीन्द्र बुर्लाकोटीलाई दिएको छ।

बैठकले प्रवक्ताको जिम्मेवारी भने नेता मनिष झालाई दिएको छ। रास्वपाले पार्टीको अनुशासन र विधिको पालना नगरेको महामन्त्री ढकाललाई सात दिनका लागि निलम्बन गरेको बैठकपछि सार्वजनिक निर्णयमा उल्लेख गरिएको छ।

एमालेबाट विद्रोहको औचित्य पुष्टि गर्न अध्यक्षमा दोहोरिएँ : माधव नेपाल

 

 

नेकपा एकीकृत समाजवादीको दशौँ महाधिवेशनबाट माधवकुमार नेपाल र घनश्याम भुसाल सर्वसम्मत अध्यक्ष र महासचिव बनेका छन् ।

व्यवहारत: पहिलो भए पनि समाजवादीले नेकपा एमालेको लिगेसी आफूसँगै रहेको बताउँदै यो महाधिवेशनलाई दशौँ भनेको छ । समाजवादीले दशौँ भनेको महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष भएपछि नेपाललले एमालेबाट गरिएको विद्रोहको औचित्य पुष्टि गर्न आफू दोहोरिएको दाबी गरेका छन्।

शेखरको तर्क- कांग्रेस र एमालेले एक्ला एक्लै चुनाव लडे अरु बिलाएर जान्छन्

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बल्ल आफ्नो एजेन्डाअनुसार देशको राजनीति आइपुगेको बताएका छन् ।

नेपाली कांग्रेस पर्साले बिहीबार वीरगञ्जमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

बीआरआई परियोजना अघि बढाउने सरकारको नीति छ : परराष्ट्रमन्त्री श्रेष्ठ

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बेल्ट एन्ड रोड इनिसिएटीभ (बीआरआई) परियोजनालाई अघि बढाउने सरकारको नीति रहेको बताएका छन् ।

बिहीबार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयकका सन्दर्भमा उठेका प्रश्नको जवाफ दिँदै श्रेष्ठले सरकारले सन् २०१७ मा बीआरआइमा हस्ताक्षर गरेको र त्यसपछि मस्यौदा तयार भएको भन्दै यसलाई अघि बढाउने नीति सरकारको रहेको बताएका हुन् ।

दुई महिनामै संकटमा मुख्यमन्त्री सोडारी, एमालेले फिर्ता लियो समर्थन

नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारी नेतृत्वको सरकार दुई महिनामै संकटमा परेको छ ।

सोडारी नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमालेले बाहिरिने निर्णय लिएपछि सोडारी संकटमा परेका हुन् ।

जहाजको इन्जिन मर्मत प्रकरणमा छानबिन समिति बन्यो, कागजात उपलब्ध गराउन माग

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको ए३२० जहाजको मर्मतको लागि इजरायल पठाएको र ए३३० जहाजको थ्रीसी चेकको इटाली पठाएको विषयमा छानबिन गर्न समिति बनाएको छ ।

मन्त्रालयले असार १८ गते मन्त्रीस्तरीय निर्णय गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको हो ।

कटहरिया नगरपालिकाका मेयर-उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

रौतहटको कटहरिया नगरपालिकाका मेयर,उपमेयर सहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियरसहित ११ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कटहरिया नगरपालिकाका प्रमुख अजय प्रकाश र उपप्रमुख रिता देवी, प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साहसहित थप ८ जनाविरुद्ध गैर कानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा बिहीबार विशेष अदालतमा दायर गरेको हो ।

निर्वाचन आयुक्तमा सिफारिस प्रधानको संसदीय सुनुवाइ स्थगित

बाँकेमा फरार प्रतिवादी समाउन प्रहरीले चलायो गोली

अर्थसंक्षेप : ठेकेदारलाई ४० अर्ब भुक्तानीको चिन्ता, शेयर बजारमा सुधारको संकेत 

मोदीले आफ्नै कार्यालयमा स्वागत गरे भारतीय क्रिकेट टोलीलाई

टी– २० विश्वकपको उपाधि जितेको भारतीय क्रिकेट टोलीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेको छ ।

वेस्ट इन्डिजको बारबाडोसबाट बिहीबार बिहान दिल्ली आइपुगेको भारतीय क्रिकेट टिमलाई प्रधानमन्त्री मोदीले आफ्नै निवासमा लन्च भेट गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

राष्ट्रपति सीद्वारा बाह्य हस्तक्षेपको प्रतिरोध गर्न विश्वका नेतालाई सुझाव

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ८ : ०८ बजे

एमालेको दाबी : धारा ७६ (२) बाटै ओली नेतृत्वमा सरकार बन्छ

काठमाडौं-नेकपा एमालेले संविधानको धारा ७२ (२) बमोजिम नै बन्ने केपी

बाढीपहिरो र डुबानमा परी देशभर १४ जनाको मृत्यु

काठमाडौँ– शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परी

मीना ढकाल पक्राउ, मनोज गजुरेलको घरमा ताला लगाउन दलबलसहित पुगेकी थिइन्

भक्तपुर – पछिल्लो समय विभिन्न विवादित अभिव्यक्ति दिँदै आएकी मीना

‘नीलकण्ठ’ को मैथिली अनुवादलाई भारतीय साहित्य अकादमी पुरस्कार

सुनसरी– दार्जिलिङको सेरोफेरोमा लेखिएको ‘नीलकण्ठ’ उपन्यास सन् २०२३ को भारतीय

प्रतिनिधिसभा बैठकमा एमाले प्रतिपक्षको बेञ्चमा

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बसिरहेको छ । बैठकमा