बाढीपीडितको गुनासो- पाँच दिनदेखि एक छाक भुजा खाएर बसेका छौँ « Khabarhub

बाढीपीडितको गुनासो- पाँच दिनदेखि एक छाक भुजा खाएर बसेका छौँ


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

इनरुवा– जिल्लाको सदरमुकाम इनरुवा–९ बबियाका कुमारी खत्वेको घरका सबै चिज बाढीले बगायो । यही असोज १२ र १३ गते सुनसरी खोलाको बाढी खत्वेको घरमा पसेपछि सबै थोक बगाएको हो ।

बाढीले खाना पकाउने भाँडा वर्तन बगायो भने घर अझै ओभाएको छैन । विस्थापित भएकी कुमारीको घरमा शिशुलाई स्तनपान गराउने ठाउँसमेत छैन । आँगनमा हिलो हुँदा खाना पकाउन समस्या छ । अहिलेसम्ममा यहाँका पीडित परिवारलाई कतैबाट सहयोग प्राप्त नभएको पीडित सत्रुघन खत्वेले बताए । बाढीका कारण बबियामा खत्वे टोलका मात्र करिब ४० घरपरिवार प्रभावित छन् ।

सुनसरी खोलामा आएको बाढीले इनरुवा– ४ र ९ मा असर पुर्‍याएको छ । घरमा हिलो र बाहिर पानी भएकाले दिसापिसाब गर्नसमेत समस्या भएको स्थानीय कुमारी खत्वेको भनाइ छ । बाढीपीडित पाँच दिनदेखि एक छाक भुजा खाएर बसेको विस्थापित अनुशा मरिकले बताइन् । वडा कार्यालयले पीडितका लागि भुजा च्युरा सहयोग गरेको इनरुवा– ९ का अध्यक्ष वसिरमुद्धिन मन्सुरीले जानकारी दिए ।

गत साताको अविरल वर्षासँगैको बाढीले घर डुबानमा परेका खत्वे, मरिक र सदा सुकुम्बासीको आठ परिवार सबैभन्दा बढी समस्यामा छन् । मजदुरी गरेर खाने उनीहरू बाढीपछि काम नपाउँदा भोक भोकै बस्न बाध्य भएको कुमारीदेवी खत्वेले बताइन्  ।

पीडितको गुनासो सुन्न कोही नआएको र विद्यालयमा बस्दै आएको पीडित बताउँछन् । तीनै तहको सरकारले पीडितलाई गाँस, बास, कपासका लागि सहयोग नगरेको उनीहरूको गुनासो छ । पीडित परिवारलाई दुई दिनअघि मात्र राहत सामग्री वितरण गरेको र कोही भोक भोकै बस्नु नपरेको इनरुवा–४ का वडाध्यक्ष बौवालाल मेहताले दाबी गरे । पीडितलाई थप सहयोगका लागि जिल्ला प्रशासन कार्यालयमार्फत पहल भइरहेको  उनले बताए ।

इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले नगर क्षेत्रका बाढीपीडितलाई  वडाबाट राहत सामग्री वितरण भएको बताए  ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  १ : ३९ बजे

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता, लामिछानेले गराए भारत भ्रमणबारे जानकारी

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति

रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ

त्रिवेणी – जिल्ला प्रहरी कार्यालय रुकुम–पश्चिमले जिल्लाको मुसिकोट नगरपालिका–५ शेरिगाउँबाट

फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा

कास्की – प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको पोखराको फेवातालमा डुङ्गा

हर्क साम्पाङले मागे अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा.

सदस्यता व्यवस्थापन डिजिटल बनाउँदै कांग्रेस, ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्यहरूको ‘डिजिटल्ली अद्यावधिक’ गर्न