आजका समाचार : जसपाकाे फुटदेखि गण्डकीका मख्यमन्त्रीलाई विश्वासकाे मतसम्म | Khabarhub Khabarhub

आजका समाचार : जसपाकाे फुटदेखि गण्डकीका मख्यमन्त्रीलाई विश्वासकाे मतसम्म


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


7.7k
Shares
  • change font
  • change font
  • change font

एकदिने भ्रमणमा नेपाल आइपुगिन् जापानी विदेशमन्त्री योको

जापानकी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार नेपाल आइपुगेकी छन् । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा योको नेपाल आइपुगेकी हुन् ।

उनलाई त्रिभुवन विमानस्थलको अतिविशिष्ठ कक्षामा परराष्ट्र सचिव सेवा लम्सालसहितले स्वागत गरेका छन् ।

जसपा फुट्दै गर्दा अमेरिकाबाट कतार पुग्दैछन् उपेन्द्र यादव

आफू नेतृत्वको जनता समाजवादी पार्टी विभाजन हुँदै गर्दा अध्यक्ष उपेन्द्र यादव भने यतिबेला अमेरिकाबाट फर्किँदै छन् ।

जसपा नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव गत शनिबार अमेरिका गएका थिए ।

गण्डकीमा सभामुखकाे मत जाेडेर मुख्यमन्त्रीले पाए विश्वास

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत पाएको घोषणा गरिएको छ ।

गण्डकी प्रदेशमा आज भएको मत बिभाजनमा मुख्यमन्त्री अधिकारीले पेश गरेको विश्वासको मतको पक्षमा ३० मत परेको थियो भने विपक्षमा २७ मत परेको थियो । त्यस्तै २ मत तटस्थमा परेको थियो । मतदान प्रक्रियामा ५९ सदस्यले भाग लिएका छन् ।

डढेलो लगाउनेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी गरी तत्काल कारबाही गर्न निर्देशन दिए ।

गृह मन्त्रालयमा आज भएको ‘डढेलो र आगलागीसम्बन्धी आपत्कालीन बैठक’मा उनले आगालागीका ९० प्रतिशत घटना मानवीय कारणले हुने उल्लेख गर्दै आगो लगाउनेलाई कानुनअनुसार कारबाही गर्न निर्देशन दिएका हुन् ।

क्रोएसियामा मात्रै २५ हजार नेपाली, कन्सुलर कार्यालय नहुँदा अनेकन सास्ती

पछिल्लो समय पोर्चुगलपछि छिमेकी मुलुक क्रोएसियामा नेपालीहरूको संख्या बढ्दै गएको छ ।

सजिलै जान सकिने भएकाले त्यहाँ केही वर्षयता नेपालीहरूको संख्या बढेर २५ हजार आसपास पुगेका हुन्।

सरकार व्यवहारमै निजी क्षेत्रमैत्री रहेको पुष्टि भइसक्यो : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार निजी क्षेत्रमैत्री रहेको पुष्टि भइसकेको बताएका छन् ।

राजश्व परामर्श समिति र निजी क्षेत्रका छाता संगठनहरुबीच आगामी बजेटबारे मन्त्रालयमा भएको अन्तर्क्रियामा आइतबार मन्त्री पुनले पछिल्लो समय सरकारले निजी क्षेत्रमैत्री वातावरण निर्माण गरेको बताए ।

महेश बस्नेतविरुद्धको जाहेरी तामेलीमा राखेपछि उच्च अदालतले माग्यो जवाफ

पूर्व उद्योगमन्त्री एवम् नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंको निर्णयमा उच्च अदालत पाटनले लिखित जवाफ माग गरेको छ ।

उच्च अदालत पाटनका न्यायाधीश हेमन्त रावलले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंसँग १५ दिनभित्र लिखित जवाफ माग्ने आदेश गरेका हुन् ।

सिधाकुरा प्रकरण : सर्वोच्चले राजकुमार तिमल्सिनालाई प्रहरीको जिम्मा लगायो

सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’ अनलाइनलाई स्टिङ अपरेसनको विवादास्पद अडियो उपलब्ध गराएका राजकुमार तिमल्सिनालाई प्रहरीको जिम्मा लगाएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय हरि फुयाँल र महेश शर्मा पौडेलको इजलासले तिमल्सिनाको बयान नसकिएको जनाउँदै सोमबारसम्मका लागि प्रहरीको जिम्मा लगाएर पठाएको हो ।

कांग्रेसले भन्यो : विश्वासको मत लिने कि नलिने भन्ने निर्णयको जिम्मा मुख्यमन्त्रीलाई नै

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले विश्वासको मत लिने नलिने निर्णय गर्ने अधिकार मुख्यमन्त्री केदार कार्कीलाई छोडिदिएको बताएका छन् ।

आइतबार विराटनगर स्थित प्रदेश सभा भवनमा पत्रकार भेटघाट आयोजना गरी प्रमुख सचेतक तामाङले विश्वासको मत लिने नलिने अधिकार मुख्यमन्त्रीलाई भएकाले उनको निर्णयमा आफूहरूले सहमति जनाएको जानकारी दिए ।

प्रदेश प्रमुख मियाँसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस

सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँसमक्ष बझाङ निर्वाचन क्षेत्र १ (क) मा यही वैशाख १५ गते सम्पन्न उपनिर्वाचनको प्रतिवेदन पेस गरिएको छ ।

निर्वाचन आयोगका तर्फबाट प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले आज प्रदेश प्रमुखसमक्ष प्रतिवेदन पेश गरेका हुन् । प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को व्यवस्थाअनुसार प्रतिवेदन पेस गरिएको हो ।

पूर्वमन्त्री शेर्पा एमाले जिल्ला उपाध्यक्षमा पराजित, शेरधनले बनाए पकड

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बनेका कृपाशुर शेर्पा एमाले भोजपुर जिल्ला कमिटीको उपाध्यक्षमा पराजित भएका छन् ।

आठौं अधिवेशनबाट अध्यक्ष बनेका शरणकुमार राईको प्यानलबाट उपाध्यक्षमा भिडेका शेर्पलाई पौवादुङ्‍मा गाउँपालिकाका अध्यक्ष किरणकुमार राईले पराजित गरेका हु्न् ।

भोलि बागमती प्रदेशमा सार्वजनिक बिदा दिइने

बागमती मन्त्रिपरिषद्को बैठकले प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा ल्याउने क्रममा भोलि वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेशभित्र सरकारी काम काजको भाषाको रुपमा नेवारी र तामाङ भाषालाई भोलि वैशाख २४ गते काठमाडौँको वसन्तपुरमा एक समारोहको आयोजना गरी शुभारम्भ गर्ने प्रदेशका संस्कृति पर्यटन र सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले बताए ।

महानगरको सीप मेलामा दश हजार बढीले दिए आवेदन

काठमाडौँ महानगरपालिकाले यही वैशाख १९ गतेदेखि सुरु गरेको ‘सीप मेला २०८१’ का लागि १० हजार बढीले आवेदन दिएका छन् । कामपाले दुई हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित मेला सुरु गरेकामा १० हजार बढीले आवेदन दिएका हुन् ।

कामपा सामाजिक विकास विभागका निमित्त प्रमुख विमला कोइरालाका अनुसार आवेदन (फाराम) भर्ने सबै जनालाई तालिम दिने तयारी गरिएको छ । यही वैशाख १९ गतेभित्र फाराम भर्ने आवेदकलाई सीप मेलामा सहभागी गराइने उनले जानकारी दिइन् । उनीहरूलाई वैशाख २८ गते शुक्रबारभित्र तालिमको तालिका उपलब्ध गराइने योजना रहेको उनको भनाइ छ ।

साइबर अपराधसम्बन्धी उजुरी बढे

सूचना प्रविधिको विकाससँगै साइबर अपराधका घटना बढेको छ । सामाजिक सञ्जालको प्रयोगले हुने घटनामा वृद्धि भएको हो ।

सामान्य रुपमा फेसबुकमा भएको कुराकानी, दुर्व्यवहार, अनावश्यक फोटो राखी चरित्र हत्या गर्ने जस्ता क्रियाकलाप सम्बन्धीका ठाडो उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता हुने गरेको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए ।

अन्तर्राष्ट्रिय…

दक्षिणी ब्राजिलमा भीषण वर्षा, ५८ जनाको मृत्यु

ब्राजिलको दक्षिणी भागमा भारी वर्षा, बाढी र पहिरोका कारण अहिलेसम्म ५८ जनाको मृत्यु भएको छ । राज्य रक्षा एजेन्सीका अनुसार बाढीका कारण हालसम्म ५८ जनाको मृत्यु भएको र ७४ जनाभन्दा बढी घाइते भएका छन् ।

यसबाहेक ७० हजारभन्दा बढी मानिसले आफ्नो घर छाड्नुपरेको छ । साथै ६७ जना बेपत्ता रहेको बताइएको छ । ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यको पोर्टो एलेग्रे सहर बाढीका कारण सबैभन्दा बढी प्रभावित भएको छ । रियो ग्रान्डे डो सुलमा आएको हावाहुरीका कारण तीन सय नगरपालिका प्रभावित भएका छन् ।

अस्ट्रेलियामा चक्कु प्रहार गर्दै हिँडेका नाबालिग प्रहरीबाट मारिए

अष्ट्रेलियाको पर्थमा चक्कु प्रहार गर्दै हिँडेका नाबालिगको प्रहरीको गोलीबाट मृत्यु भएको छ ।

गोली लाग्नुअघि नाबालिगले एक व्यक्तिलाई छुरा प्रहार गरी घाइते बनाएका थिए । पीडितको अवस्था गम्भीर तर स्थिर रहेको जनाइएको छ ।

खेलकुद…

पञ्जावमाथि चेन्नई २८ रनले विजयी

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले पञ्जाव किंग्सलाई पराजित गरेको छ ।

आइतबार सम्पन्न खेलमा चेन्नईले पञ्जावलाई २८ रनले पराजित गरेको हो ।

नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुने भएको छ । नेपालले पहिलो पटक हुन लागेको प्रतियोगिता यही वैशाख ३१ देखि जेठ २ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा आयोजक नेपालसहित, बङ्गलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका २० जना खेलाडीको सहभागिता रहने टेबल टेनिस खेलका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले जानकारी दिए ।

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल वेहडालाई ६–० गोलले हराएको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । त्यस्तै ओटाभियो, सडियो माने र मोहमद अल फाटिलले एक–एक गोल गरेका थिए ।

 

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ८ : ०० बजे

कार्यदलमा आइतबारसम्म सहमति जुट्छ : मन्त्री गिरी

पर्वत– कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीको रकम

माओवादीले दमकमा एक लाख बिरुवा रोप्ने

दमक– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले दमक नगरमा लिची

धनगढीमा ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ प्रभावकारी बन्दै

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न निर्देशन

काठमाडौं– काठमाडौँ महानगरपालिकाले यही जेठ १४ गतेभित्र काठमाडौँ उपत्यकामा सञ्चालित

थाम्बुचेत–काठमाडौँ प्रसारण लाइनमा ९६ प्रतिशत काम पूरा

रसुवा– रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण