समाचार

आजका समाचार : प्रधानमन्त्री ओलीको राजीनामा माग, चितवनमा रविविरुद्ध सहकारी पीडितको प्रदर्शन

By खबरहब

October 05, 2024

झलनाथ खनालले मागे प्रधानमन्त्री ओलीको राजीनामा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

शनिबार काठमाडौंको बल्खुमा बाढीपीडितलाई खाद्यान्न बितरण कार्यक्रममा खनालले सरकारले प्राकृतिक विपत्‌को तयारी राम्रो हुन नसक्दा ठूलो धनजनको क्षति भएको र जनता समस्यामा परेको भन्दै वर्तमान सरकारले राजीनामा दिनुपर्ने बताए ।

उनले अहिले सरकार भएको आभाष नभएकाले जनताले आफ्नो सरकार बनाउने बाटो खुल्ला गर्नुपर्ने जिकिर गरे । अहिलेको सरकार पूर्णरुपमा फेला भएकाले विपक्षीमा रहेका दलहरू अघि बढेर काम गर्नुपर्ने उनको भनाइ छ ।

खनालले मौसमविद्हरूले ठूलो वर्षा हुनसक्ने जानकारी गराउँदा पनि त्यसको तयारी सरकारले बेलैमा राम्रो ढङ्गले गर्न नसक्दा ठूलो धनजनको क्षति भएको भएको जिकिर गरे ।

आगामी उपनिर्वाचन र ०८४ मा माओवादी एक्लै प्रतिष्पर्धामा जाने

कुनै पनि देशमाथिको हस्तक्षेप चाहँदैनौँ : नारायणकाजी श्रेष्ठ

बाढीपहिरो प्रभावित जिल्लारपालिकालाई गृहमन्त्रीको आग्रह- लाभग्राही पहिचान गरि पठाउनू

‘बाढीपहिरो पीडितप्रति सरकार संवेदनशील भएर काम गरिरहेको छ’

विपद्को सामना गर्न क्षमता विस्तारमा महामन्त्री थापाको जोड

रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडित प्रहरी नियन्त्रणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नम्बर २ का सांसद् रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

शनिबार चितवनमा आयोजित एक कार्यक्रममा सहभागी हुँदै गर्दा सहकारी पीडितहरूले प्रदर्शन गरेका थिए । उक्त कार्यक्रममा चितवन साहारा सहकारीका पीडितहरू ब्यानर सहित नारा लगाउदै कार्यक्रम स्थल आउने क्रममा नारायणगढको लायन्स चोकमा प्रहरीले तितरबितर पारेको थियो ।

त्यसपछि पनि कार्यक्रम स्थल पुगेका सहकारी पीडितहरू कार्यक्रम स्थलबाहिरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । सहकारी पीडितहरूले भने आफूहरूले शान्तिपूर्ण प्रदर्शन र ज्ञापन पत्र बुझाउन खोज्दा कार्यक्रमस्थलबाटै आफूहरूमाथि ढुङ्गा प्रहार भएको दावी गरेका छन् ।

‘विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन’

बागमतीका मुख्यमन्त्री र मन्त्रीले बाढी प्रभावितलाई १५ दिनको तलब दिने

‘सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ’

क्याबिन क्रुको आन्दोलन फिर्ता, आजैबाट काममा फर्कने

पर्यटनमन्त्री र आन्दोलनरत क्याबिन क्रुबीचको वार्ता सकारात्मक

बीपी राजमार्गको विकल्पमा महाभारत पर्यटन मार्ग बनाऔं : सांसद श्रेष्ठ

लगानी मैत्री वातावरण निर्माण गर्न जिम्मेवारी सरकारले लिन्छ : मुख्यमन्त्री आचार्य

बाढीपीडितलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन ध्यानाकर्षण

दशैंको आगमनसँगै न्युरोडमा सवारी चाप दशैंको आगमनसँगै राजधानीको प्रमुख व्यापारिक केन्द्र न्युरोड, इन्द्रचोक क्षेत्रमा सवारी चाप बढेको छ । 

सवारी चाप बढेसँगै सो क्षेत्रमा घण्टौँसम्म जाममा बस्नु पर्ने अवस्था सृजना भएको छ । 

दैनिक जीवनमा उपयोग हुने सामग्री देखि विभिन्न सामग्रीहरू सो क्षेत्रमा पाइने हुँदा मानिसहरू चाड पर्वको आगमनसँगै सो क्षेत्रमा किनमेल गर्ने आउने हुँदा सवारी जाम देखिएको हो ।

(तस्बिरहरु)

थापाथलीमा सरकारी खसीबोका (तस्बिरहरू)

हुम्लामा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

बाढीपहिरो : काभ्रेमा सरकारी राहत प्रदान गर्न टोली परिचालन

पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई राहत उपलब्ध

च्याङ्ग्रा व्यापारीको यात्रा : रारादेखि फेवा तालसम्म

कञ्चनजङ्घा आधार शिविरमा पर्यटकको चहलपहल, पर्यटन व्यवसायी उत्साहित

बाढीले बागमती सिँचाइ आयोजनामा १० करोडको क्षति

गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गर्भवती हात्ती मृत फेला

 मध्यपूर्व अपडेट : दुई हजारको ज्यान गएको लेबनानको दाबी लेबनानको स्वास्थ्य मन्त्रालयले गएको रातिसम्ममा इजरायलको आक्रमणमा परेर मर्नेको सङ्ख्या दुई हजार पुगिसकेको जनाएको छ।

यसरी मारिनेमा १२७ बालबालिका तथा २६१ महिला छन्। अमेरिकाले जनाए अनुसार इजरायलले यमनमा हाउथीको नियन्त्रणमा रहेको १५ स्थानमा आक्रमण गरेको छ।

इजरायलका विदेशमन्त्री अराबास आरागाचीले बेरुत भ्रमणको क्रममा इजरायलले इरानमा आक्रमण गरेमा इरानले जनाउने प्रतिक्रिया विगतको भन्दा धेरै गुणा डर लाग्दो हुने चेतावनी दिएका छन्।

चिनियाँ युद्धपोतद्वारा फिलिपिनी हवाईजहाजमाथि लेजर प्रहार

पाकिस्तानमा यसवर्ष लडाकुको आक्रमणमा सयबढी प्रहरीको मृत्यु

अमेरिकाद्वारा हुथी नियन्त्रित १५ वटा लक्ष्यमा आक्रमण

शान्तिपूर्ण अमेरिकी निर्वाचनबारे विश्वस्त छैन : राष्ट्रपति बाइडेन

युक्रेनको अर्को गाउँ कब्जा गरेको रूसको दाबी

लेबनानको त्रिपोलीमा हमासका प्रमुख नेता मारिए

नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु

लेबनानको सीमामा इजरायली सेनासँग झडप जारी : हिजबुल्लाह

इरानी तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी

भारतको मेघालयमा बाढीपहिरो, दश जनाको मृत्यु