ट्रम्प फेरि पुगे पेनेसेल्भिनिया : अर्को विवादास्पद अभिव्यक्ति « Khabarhub

ट्रम्प फेरि पुगे पेनेसेल्भिनिया : अर्को विवादास्पद अभिव्यक्ति

कार्यक्रममा एलन मस्कको उपस्थिति


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

पेनेसेल्भिनिया – विवादास्पद अभिव्यक्तिका लागि परिचित डोनाल्ड ट्रम्प फेरि एक पटक विवादमा आएका छन्। गत जुलाइमा उनीमाथि गोली प्रहार भएको पेनेसेल्भिनियामा उनले शनिबार फेरि कार्यक्रमको आयोजना गरे। सोही कार्यक्रमको क्रममा उनले आफूहरूलाई मार्न बारम्बार प्रयास गरे पनि आफू अमेरिकीका लागि जीवितै रहेको जिकिर गरे।

उनले अप्रत्यक्ष रूपमा वर्तमान राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसमाथि आरोप लगाए। ‘उनीहरूको घृणाले ममाथि प्रहार गर्न प्रेरित गरेको हो,’ ट्रम्पले भने। ती दुवै आक्रमणका बारे छानबिन भइरहेको छ। यसमा उनका प्रतिस्पर्धी राजनीतिज्ञको कुनै संलग्नता पाइएको छैन।

ट्रम्पको कार्यक्रममा टेस्ला तथा ट्विटरका प्रमुख एलन मस्क पनि उपस्थित भएका थिए। ट्रम्पको पक्षमा बोल्दै उनले निर्वाचन कुनै पनि हालतमा जित्नैपर्ने बताए। गत जुलाईमा ट्रम्प माथि आक्रमण भए लगत्तै मस्कले ट्रम्पको पक्षमा बोल्न सुरु गरेका थिए। मस्क उपस्थित हुने भएपछि कार्यक्रममा भीड नै थियो। सोही कार्यक्रममा उनले हेलेन आधीको ल्याएको क्षति र यसलाई गम्भीरतापूर्वक लिने कुरामा बाइडेन प्रशासन चुकेको कुरामा ट्रम्पले बारम्बार जोड दिएका छन्।

तस्बिर: एपी

ट्रम्पले अन्य केही विवादास्पद अभिव्यक्ति पनि दिएका छन्। उनले पछिल्लो केही समयको अन्तरालमा १३ हजार ९९ जनाको हत्या भएको बताए। डिपार्टमेन्ट अफ होम ल्यान्ड सेक्भुरिटी (डिएचएस)ले लामो समय तथा बाइडेन प्रशासन भन्दा धेरै अघिको तथ्यांक भए पनि ट्रम्पले यसलाई छोटो समयको भनेर व्याख्या गरेको बताए।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ६ : २८ बजे

बुर्किना फासोमा पहिलो सुन प्रशोधन केन्द्र सञ्चालन, कच्चा सुन निर्यातमा रोक लगाउने राष्ट्रपतिको घोषणा

काठमाडौं– बुर्किना फासोले आफ्नो आर्थिक सार्वभौमसत्ता सुदृढ गर्ने लक्ष्यका साथ

स्वदेश फर्कियो कास्य विजेता नेपाली महिला कबड्डी टोली

काठमाडौं– २० औं एसियाली खेलकुदमा कांस्य पदक विजेता नेपाली महिला

युद्धको असरले इरानी रियाल ऐतिहासिक न्यून विन्दुमा

तेहरान-  मध्यपूर्वमा जारी युद्ध र बढ्दो आर्थिक प्रतिबन्धका कारण इरानको मुद्रा

बाढी प्रभावित बेनीमा खानेपानी अभाव

म्याग्दी– केही दिनअघिको निरन्तरको वर्षापछिको बाढी पहिरोका कारण पाइपलाइनमा क्षति

भोटेकोशी बाढीबाट दूरसञ्चार क्षेत्रमा ९ करोड बढीको क्षति

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीका कारण