ट्रम्प फेरि पुगे पेनेसेल्भिनिया : अर्को विवादास्पद अभिव्यक्ति « Khabarhub

ट्रम्प फेरि पुगे पेनेसेल्भिनिया : अर्को विवादास्पद अभिव्यक्ति

कार्यक्रममा एलन मस्कको उपस्थिति


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

पेनेसेल्भिनिया – विवादास्पद अभिव्यक्तिका लागि परिचित डोनाल्ड ट्रम्प फेरि एक पटक विवादमा आएका छन्। गत जुलाइमा उनीमाथि गोली प्रहार भएको पेनेसेल्भिनियामा उनले शनिबार फेरि कार्यक्रमको आयोजना गरे। सोही कार्यक्रमको क्रममा उनले आफूहरूलाई मार्न बारम्बार प्रयास गरे पनि आफू अमेरिकीका लागि जीवितै रहेको जिकिर गरे।

उनले अप्रत्यक्ष रूपमा वर्तमान राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसमाथि आरोप लगाए। ‘उनीहरूको घृणाले ममाथि प्रहार गर्न प्रेरित गरेको हो,’ ट्रम्पले भने। ती दुवै आक्रमणका बारे छानबिन भइरहेको छ। यसमा उनका प्रतिस्पर्धी राजनीतिज्ञको कुनै संलग्नता पाइएको छैन।

ट्रम्पको कार्यक्रममा टेस्ला तथा ट्विटरका प्रमुख एलन मस्क पनि उपस्थित भएका थिए। ट्रम्पको पक्षमा बोल्दै उनले निर्वाचन कुनै पनि हालतमा जित्नैपर्ने बताए। गत जुलाईमा ट्रम्प माथि आक्रमण भए लगत्तै मस्कले ट्रम्पको पक्षमा बोल्न सुरु गरेका थिए। मस्क उपस्थित हुने भएपछि कार्यक्रममा भीड नै थियो। सोही कार्यक्रममा उनले हेलेन आधीको ल्याएको क्षति र यसलाई गम्भीरतापूर्वक लिने कुरामा बाइडेन प्रशासन चुकेको कुरामा ट्रम्पले बारम्बार जोड दिएका छन्।

तस्बिर: एपी

ट्रम्पले अन्य केही विवादास्पद अभिव्यक्ति पनि दिएका छन्। उनले पछिल्लो केही समयको अन्तरालमा १३ हजार ९९ जनाको हत्या भएको बताए। डिपार्टमेन्ट अफ होम ल्यान्ड सेक्भुरिटी (डिएचएस)ले लामो समय तथा बाइडेन प्रशासन भन्दा धेरै अघिको तथ्यांक भए पनि ट्रम्पले यसलाई छोटो समयको भनेर व्याख्या गरेको बताए।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ६ : २८ बजे

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम