आजका समाचार : सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक पासदेखी अरुण चौधरीको रिहारसम्म | Khabarhub Khabarhub

आजका समाचार : सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक पासदेखी अरुण चौधरीको रिहारसम्म


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा सङ्घीयता कार्यान्वयनमा प्रधानमन्त्रीको सक्रियता, सङ्घीय संसदका नवनियुक्त महासचिव पाण्डेयले लिए शपथ, सुरक्षण सम्बन्धमा त्रिपक्षीय सम्झौता संसद् बैठक : कानुन निर्माणमा तीव्रता दिन माग, ओली सरकारले गरेको गिरीबन्धु चिया बगान सार्ने निर्णय खारेज, संसद् विकास कोषलाई निरन्तरता दिने भ्याकेट निवेदनको सुनुवाइ सकियो, व्यवसायी अरुण चौधरीसहित तीनैजना रिहा, पाकिस्तान आम निर्वाचनका लागिमौन अवधि शुरुलगायत रहनेछन् ।

सङ्घीयता कार्यान्वयनमा प्रधानमन्त्रीको सक्रियता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयनका सम्बन्धमा संघीय सरकारले गर्न बाँकी कार्ययोजना र हालसम्म भएका तथा कार्यान्वयनमा देखिएका समस्याबारे आज छलफल गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डको अध्यक्षमा आज सिंहदरबारमा बसेको राष्ट्रिय समन्वय परिषद् बैठकमा अन्तरप्रदेश परिषद्बाट स्वीकृत सङ्घीयता कार्यान्वयन सहजीकरण कार्ययोजना कार्यान्वयनको अवस्थाको समीक्षा गरी सम्पन्न हुन नसकेका कामको कारण पहिचान गरी उपयुक्त निकास दिने विषयमा छलफल भएको हो ।

मप्रति मुख्यमन्त्रीहरूको भरोसा छ, यही शक्तिकासाथ सङ्घीयता कार्यान्वयनमा लाग्छु : प्रधानमन्त्री

सङ्घीय संसदका नवनियुक्त महासचिव पाण्डेयले लिए शपथ

मुलुकको अर्थतन्त्र लयमा फर्किँदै छ : अर्थमन्त्री

सुरक्षण सम्बन्धमा त्रिपक्षीय सम्झौता

उद्योगी व्यवसायीको समस्या समाधानमा पहल गर्छु  : राष्ट्रपति पौडेल

सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक पास
सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०८० प्रतिनिधिसभाबाट पारित भएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकले सम्पत्ति शुद्धीकरणसम्बन्धी निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०८० बहुमतले पारित गरेको हो ।


कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे ।

त्यसअघि सो विधेयकमाथि सांसदहरूले आफ्नो धारणा राखेका थिए । सांसदहरूले राखेको धारणामाथि कानुन मन्त्री गुरुङले जवाफ दिएसँगै सो विधेयक पारितका लागि पेस गरिएको थियो ।

संसद् बैठक : कानुन निर्माणमा तीव्रता दिन माग

प्रतिनिधिसभा बैठक :विकास खर्च बढाएर पूर्वाधार निर्माणमा गति दिन माग

बैङ्कहरूले मिटरब्याजीको काम गरे : एमाले प्रमुख सचेतक गिरी

जनताले यो व्यवस्थालाई लुटतन्त्र भने-राजेन्द्र लिङ्देन

 सार्वजनिक महत्वको प्रस्ताव दर्ता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक निशा डाँगीले सवारी दुर्घटना न्यूनीकरणका उपायसहित प्रतिनिधिसभामा आज जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।

बढ्दो सवारी दुर्घटनाबाट प्रत्येक वर्ष दुई हजारभन्दा बढीले ज्यान गुमाइरहेको र यसबाट राज्यलाई ठूलो क्षति पुर्‍याइरहेको उक्त प्रस्तावमा उल्लेख छ । प्रस्तावमा सवारी दुर्घटनाको अवस्था, दुर्घटनाले पुर्‍याउने तत्कालीन र दीर्घकालीन असर र दुर्घटनाका कारणसमेत उल्लेख गर्दै चालक अनुमति पत्र किनबेच गर्ने विचौलिया प्रवृत्तिको अन्त्य, ट्राफिक सचेतना प्रवर्द्धन, सडक प्रयोगकर्तामैत्री पूर्वाधार र व्यवस्थित तथा सुरक्षित सार्वजनिक यातायातको माग गरिएको छ ।

संसद्लाई प्रभावकारीरूपमा सञ्चालन गर्न एमालेको माग

कानुन निर्माणमा सत्तापक्ष र प्रतिपक्ष हुनुहुँदैन : जनार्दन शर्मा

प्रदेश देशलाई घाँडो भयो, खारेज गरौँ:चित्रबहादुर के.सी

सीमित नेताको मुठ्ठीमा देश कैद भयो : राजेन्द्र लिङ्देन

ओली सरकारले गरेको गिरीबन्धु चिया बगान सार्ने निर्णय खारेज
झापाको गिरीबन्धु चिया बगान सार्न दिने केपी ओली सरकारले गरेको निर्णय सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार उक्त निर्णय खारेज गरेको हो ।

गिरीबन्धु चिया बगानको जग्गा सम्बन्धी मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा पुगेको थियो । केपी ओली सरकारका पालामा झापास्थित गिरीबन्धु चिया बगान सार्न दिने गरी सरकारले निर्णय गरेको थियो । सरकारी निर्णयसँगै झापाबाट स्थानीयबासीसँग काठमाडौंका व्यापारी दीपक मलहोत्रा लगायतले करोडौं रुपैयाँ उठाएका थिए ।


चिया बगान सार्न दिने निर्णय गैरकानूनी र बदनियपूर्ण भएको भन्दै ओली सरकारले गरेको निर्णय खारेजीका मागसहित अदालतमा परेको रिटमा आज संवैधानिक इजलासले फैसला गरेको हो ।

सर्वोच्चले भन्यो- हदबन्दी भन्दा बढी जग्गा जफतै गर्नुपर्छ

संसद् विकास कोषलाई निरन्तरता दिने भ्याकेट निवेदनको सुनुवाइ सकियो
संसद् विकास कोषका सम्बन्धमा सर्वोच्च अदालतमा दर्ता भ्याकेट निवेदनमाथिको सुनुवाइ सकिएको छ।

संघीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा बजेट विनियोजन नगर्न यसअघि सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै संघीय संसद् सचिवालयले गत माघ १५ गते भ्याकेट निवेदन दर्ता गराएको थियो ।

यूटीएलको रिट खारेजसँगै सूचना महामार्गको बाटो खुल्यो

व्यवसायी अरुण चौधरीसहित तीनैजना रिहा

राष्ट्रियसभा बैठ : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले भूकम्पपीडितलाई राहत, सडक, पुललगायत पूर्वाधार विकास, विदेशमा हराएका नागरिकको खोजी तथा विभिन्न निकायमा अपुग कर्मचारीको व्यवस्थापनलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

बैठकको शून्य समयमा बोल्दै सांसद कुमार दसौदीले नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रभावकारी बनाउन योग्य र क्षमतावान् व्यक्ति नियुक्ति गर्न सरकारसमक्ष माग गरे । सांसद खिमलाल देवकोटाले संसद्को डोमिन ‘पार्लेयमेन्ट डट जिओभी डट एनपी’ मा सुधार गर्न सुझाव दिए । उनले सङ्घीय संसद् सचिवालयमा कर्मचारी अपुग रहेको भन्दै सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रियसभा बैठक : मस्यौदा समितिको प्रतिवेदन स्वीकृत

काठमाडौंमा ब्रिटिस गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन

मातातीर्थ २२० केभी सबस्टेसन निर्माण सम्पन्न

अन्तर्राष्ट्रिय…

पाकिस्तान आम निर्वाचन : मौन अवधि शुरु

पाकिस्तानको निर्वाचन आयोगले बिहीबार हुने पाकिस्तानको आम चुनाव २०२४ को सबै तयारी मंगलबार मध्यरातमा राजनीतिक दल तथा उम्मेदवारहरूले आधिकारिक नियमहरू अनुरूप आफ्नो अभियान सम्पन्न गरेका छन् ।

आम चुनावमा सहभागी हुने कुनै पनि उम्मेदवार र राजनीतिक पार्टीले मौन अवधिमा बैठक, जुलुस, प्रचार लगायतका कार्यक्रममा भाग लिएमा कानून अनुसार कारवाही गरिने सूचना पाकिस्तानको निर्वाचन आयोगले जानकारी गराएको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा पाकिस्तानमा विस्फोट, १२ जनाको मृत्यु

बेलायतको शाही जिम्मेवारी राजकुमार विलियमलाई

दुई करोड अफगानी स्वच्छ पानीको पहुँचबाट वञ्चित

फिलिपिन्समा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु

युद्धविराम सम्झौताका लागि ब्लिन्केन इजरायलमा

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ७ : ५९ बजे

भारतीय सेवा क्षेत्रको निर्यात बढ्दै

काठमाडौं – भारतीय सेवा क्षेत्रको निर्यात बढ्दै गएको पाइएको छ

क्यानाडामा ‘नेपाल फेस्टिभल २०२४’ हुँदै

काठमाडौं – क्यानडाको ब्राम्पटन सहरको केन विलिएम्स स्क्वाएरमा ‘नेपाल फेस्टिभल

राजनीति गर्ने शिक्षकलाई कारबाही गर्न खोज्दा सरकार नै फेर्न खोजियो : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं – शिक्षामन्त्री सुमना श्रेष्ठले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्न

यसै वर्ष भारतीय अर्थतन्त्र ४ खर्ब डलर पुग्ने

काठमाडौं – भारतीय प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषदका सदस्य सञ्जिव सन्यालले

वर्षाले पुष्पलाल लोकमार्गमा क्षति

बागलुङ – वर्षाका कारण मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पर्ने बागलुङ खण्डको