आजका समाचार : सुनकोशी मरिन डाइभर्सनको सुरूङ ‘ब्रेक–थ्रु’देखि सुहाङको शपथसम्म | Khabarhub Khabarhub

आजका समाचार : सुनकोशी मरिन डाइभर्सनको सुरूङ ‘ब्रेक–थ्रु’देखि सुहाङको शपथसम्म


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सुनकोशी मरिन डाइभर्सनको सुरूङ ‘ब्रेक–थ्रु’

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताएका छन् ।

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन वृद्धि हुने विश्वास व्यक्त गरे ।

घरेलु तथा साना उद्योगलाई सरकारले प्राथमिकतामा राख्नुपर्‍यो : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको अर्थतन्त्रको जगका रूपमा रहेको लघु, घरेलु तथा साना उद्योगलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंको भृकुटिमण्डपमा १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव उद्घाटन गर्दै राष्ट्रपति पौडेलले गरिबी न्यूनीकरण, रोजगारी अभिवृद्धि गरी आत्मनिर्भर बनाउन योगदान दिने अर्थतन्त्रको जगका रूपमा रहेको लघु, घरेलु तथा साना उद्योगलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।

ओलीको टिप्पणी- जनताको सुविधाका लागि सडकसञ्जालको विकास अपरिहार्य

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तराईमधेशका जनतालाई स्वास्थ्यलगायतका सेवा दिन सडकसञ्जालको विकास अपरिहार्य रहेको बताएका छन् ।

कपिलवस्तुको विजयनगर गाउँपालिका निर्माण भएको १५ शय्याको अस्पतालको आज उद्घाटन गर्दै ओलीले सडक नभएमा अन्य संरचना निर्माण गर्नुको कुनै औचित्य नहुने भन्दै सबैभन्दा पहिला सडकसञ्जाल निर्माणमा जोड दिनुपर्ने बताए ।

एमाले सांसद सुहाङले लिए शपथ

इलाम- २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

बुधबार बिहान सिंहदरबारमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले शपथ लिएका हुन् ।

गृहमन्त्रीको तर्क- संवैधानिक परिषद्का निर्णय सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरू सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा भएको छलफलका क्रममा गृहमन्त्री लामिछानेले ऐनमा संवैधानिक परिषद्का सबै सदस्यहरूलाई बाध्यकारी रूपमा बैठकमा उपस्थित हुनै पर्ने व्यवस्था गर्नुपर्ने समेत धारणा राखेका हुन् ।

कांग्रेसको निष्कर्ष : सहकारी प्रकरणमा रविबारे संसदीय छानबिन समिति बन्नै पर्छ

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन हुनैपर्ने निष्कर्ष निकालेको छ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

वर्तमान सरकार अहिलेजस्तै निरन्तर अगाडी बढ्छ : अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकार निरन्तर अगाडी बढ्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले सरकार अहिलेजस्तै निरन्तर चलिरहने बताएका हुन् । उनले पार्टीले सरकारलाई आगामी नीति तथा कार्यक्रमका साथै बजेटका बारेमा सुझाव दिन लागेको बताए ।

उपेन्द्रको गुनासो : म विदेश हुँदा असंवैधानिक तरिकाले पार्टी फुटाइयो

जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित गरिएपछि अध्यक्ष उपेन्द्र यादवले आफू बाहिर गएको मौकामा असंवैधानिक तवरले पार्टी विभाजन भएको बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा आज पत्रकार सम्मेलन गर्दै उनले भने, ‘म बाहिर गएको मौकामा असंवैधानिक तरिकाले पार्टी विभाजन भयो । महत्वाकाङ्क्षी भएर मुद्दा धरापमा पारे ।’

६ सांसदसहित पार्टी फुटाउन खोजिएकोबारे झलनाथको जवाफ : अहिले दायाँबायाँ गर्ने सम्भावना छैन

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफू पार्टी फुटाउन लागेको भनेर सार्वजनिक भएका समाचारको खण्डन गरेका छन् ।

बुधबार विज्ञप्ति निकालेर खनालले ६ जना सांसदसहित आफूले पार्टी फुटाउन लागेको भनेर गरिएको चर्चाको खण्डन गरेका हुन् ।

कोशीमा नयाँ सरकार दाबीका लागि सांसदहरूको सनाखत गराइँदै

कोशी प्रदेशमा सरकारको दाबीका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सबै सबै सांसदहरूको सनाखत गराइने भएको छ ।

गत असोजमा एमाले र माओवादी दुवैको समर्थनमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका केदार कार्कीले अल्पमतमा परेर पनि विश्वासको मत नलिएपछि नयाँ सरकारमा दाबीका लागि सबै सांसदको सनाखत गराउन लागिएको हो ।

चल सम्पत्ति धितो राखेर पनि ऋण पाइने

सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले पारित गरेको छ ।

बुधबार छलफलपछि समितिको सिंहदरबारस्थित आफ्नै सभाहलमा बुधबार बसेको बैठकले प्रतिवेदनसहितको विधेयक पारित गरेको हो । विधेयक अब राष्ट्रियसभामा पेश हुनेछ ।

कानून दिवस मनाइयो

नेपालमा कानून दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।

प्रधानन्यायालय स्थापना भएको दिनलाई नेपालमा कानून दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ । कानून दिवसका अवसरमा सर्वोच्च अदालतले बुधबार अदालत परिसरमा विशेष समारोहको आयोजना गरेको थियो ।

मातातीर्थ औँसी देशभर मनाइयो

मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइएको छ ।

वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ ।

१६ देशका कर प्रशासक र विज्ञ नेपालमा

आन्तरिक राजश्वको प्रभावकारी कार्यान्वयनको क्षेत्रमा सहकार्य गर्दै आएको अन्तर्राष्ट्रिय संस्था एडिस टयाक्स इनिसिएटिभ (एटीआई) को क्षेत्रीय प्राविधिक बैठक नेपालमा जारी छ ।

काठमाडौंको दरबारमार्गस्थित याक एण्ड यति होटलमा जारी बैठकमा एटीआई सदस्य १६ मुलुकका कर प्रशासक, विज्ञ र विकास साझेदारका प्रतिनिधि गरी ६० जनाभन्दा बढी सहभागी छन् ।

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासी चढाइयोस्

क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै सम्बन्ध प्रमाणित गर्न चुनौती दिएका छन् ।

सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै सन्दीपले सम्बन्ध दोषी देखिए फासी नै चढाइयोस् भनेका हुन् ।

अन्तर्राष्ट्रिय…

धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्ध

भारतको एयर इन्डिया एक्सप्रेसका धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि कम्पनीले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार एयर इन्डिया एक्सप्रेसले मंगलबार रातीदेखि बुधबार बिहानसम्मका ८० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानहरू रद्द गरेको छ ।

डेढ वर्षपछि चीनद्वारा भारतमा राजदूत नियुक्त

करिब डेढ वर्षपछि चीनले भारतमा नयाँ राजदूत पठाउने तयारी गरेको छ ।

टाइम्स अफ इन्डियाका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले १८ महिनाको असाधारण ढिलाइपछि शुई फेइहोङलाई भारतका लागि नयाँ राजदूत नियुक्त गरेका छन् ।

खेलकुद… 

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई २० रनले हराएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा दिएको १२२ रनको चुनौती पूरा गर्न नसक्दा राजस्थान पराजित भएको हो । पूरै ओभर खेल्दै राजस्थान ८ विकेटको क्षतिमा २०१ रनमा समेटिएको हो ।

 

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ८ : ०१ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही