सुर्खेत विमानस्थल विस्तारबारे सर्वपक्षीय छलफल « Khabarhub

सुर्खेत विमानस्थल विस्तारबारे सर्वपक्षीय छलफल


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

कर्णाली – वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा सुर्खेत विमानस्थल विस्तारबारे आज सर्वपक्षीय छलफल भएको छ । बैठकले विमानस्थलको धावनमार्ग र अन्य पूर्वाधार निर्माणका सन्दर्भमा छ बुँदे निर्णय गरिएको छ ।

बैठकले हाल सञ्चालन भइरहेको हवाई सेवालाई सुरक्षित तथा भरपर्दो बनाउन अत्यावश्यक भौतिक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारमार्फत सङ्घीय सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

विमानस्थल विस्तार गर्दा अधिग्रहण गरिने जग्गा र भौतिक संरचनाको चलनचल्तीको मूल्यमा प्रभावितलाई मुआब्जा उपलब्ध गराउने गरी नीति बनाउन प्रदेश सरकारमार्फत सङ्घीय सरकारसँग पहल गर्ने र यससँग सिमाना जोडिएको अमरज्योति नमूना माध्यमिक विद्यालयलाई उपयुक्त स्थानमा तत्काल स्थानान्तरण गर्न योजना र कार्यक्रमसहित पहलकदमी लिन प्रदेश सरकारसँग सम्झौता गर्ने पनि निर्णय गरिएको छ ।

बैठकले कर्णाली प्रदेशका सबै जिल्लामा सुर्खेत विमानस्थलबाट नियमित हवाई सेवा सञ्चालन गर्न सरकारसँग मागका साथै प्रदेश सरकारको ध्यानाकर्षण गराउने र यात्रु विश्रामदेखि अन्य भौतिक संरचनाको व्यवस्था नभएका विमानस्थलमा तत्काल टर्मिनल भवन, यात्रु बस्ने स्थान, व्यवस्थित शौचालयलगायतका भौतिक संरचना निर्माण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसँग माग गर्ने निर्णय भएको छ ।

सर्वदलीय एवं सर्वपक्षीय बैठकबाट गरिएका निर्णयलाई वीरेन्द्रनगर नगरपालिकाको कार्यपालिकाको बैठकमार्फत कार्यान्वयनका लागि अगाडि बढाउन सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णयसमेत गरिएको नगरप्रमुख मोहनमाया ढकालले जानकारी दिए ।

बैठकमा सांसद हृदयराम थानी, प्रदेशसभा सदस्यद्वय यामलाल कँडेल र जानकी सिंह, जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गङ्गाराम सुनार, उद्योग वाणिज्य सङ्घ, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, नागरिक समाजलगायत सरोकारवालाको सहभागिता थियो ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  १० : ३५ बजे

इरानी युरेनियमको भण्डार विदेशमा स्थानान्तरण गर्न सकिँदैन : खामेनी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले एक निर्देशन जारी

गण्डकीमा वर्षा, नेपालगञ्ज र दिपायलको तापक्रम ४१ डिग्री

काठमाडौं – पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी

मधेसमा एमालेका मोहम्मद समिर बने विना विभागीय मन्त्री, जसपाका तीन जना बर्खास्त

काठमाडौं – मधेस प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।

मधेस प्रदेशमा जसपा नेपालको संसदीय दलका नेतामा यादव चयन

जनकपुर – मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेपालका संसदीय दलको

काभा महिला भलिबल च्याम्पियनसिप : शुक्रबार नेपालले भारतसँग खेल्ने

काठमाडौं – शुक्रबारदेखि राजधानीमा काभा महिला भलिबल च्याम्पियनसिप सुरु हुँदैछ