नवाजुदिनले भने- ‘आई एम प्राउड अफ यू मीन’ « Khabarhub

नवाजुदिनले भने- ‘आई एम प्राउड अफ यू मीन’


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्देशक मीनबहादुर भामको फिल्म ‘साम्बाला’को प्रिमियर आइतबार साँझ सम्पन्न भएको छ ।

ठमेलस्थित एक हलमा आयोजना गरिएको यस प्रिमियर शोमा आकर्षण भारतीय कलाकार नवाजुदिन सिद्दिकी र अनुराग कश्यप बने ।

नवाजुदिन र अनुराग मीनको निम्तो स्वीकार गरेर सम्बालको प्रिमियरकै लागि आएका हुन् । नवाजले यस फिल्मबारे साथीहरूबाट थाहा पाएको किस्सा सुनाए ।

छोटो मन्तव्य दिने क्रममा उनले भने, ‘कलाकार साथीहरुले नै मलाई नेपाली फिल्म सम्बाल उत्कृष्ट छ । हेरेका छौ ? भनेर सोधेका थिए । मैले छैन भनेको थिएँ । आज म यो फिल्म हेर्न उपस्थित भएको छु । आई एम प्राउड अफ यू मीन ।’

कश्यपले नेपाली फिल्मको विकासक्रमबारे आफू जानकार रहेको मन्तव्य दिएका थिए । उनले भने, ‘नेपाली फिल्मको विकासक्रम राम्रो हुँदै गएको छ ।’

प्रिमियरमा राजनीतिज्ञ, कलाकार र फिल्म मेकरहरुको उपस्थिति थियो । एमाले नेता प्रदीप ज्ञवाली, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, पूर्वशिक्षामन्त्री सुमाना श्रेष्ठ, वरिष्ठ कलाकार नीर शाह, नायक दयाहाङ राईलगायत उपस्थिति थिए ।

फिल्मले बहुपतिप्रथा रहेको हिमाली भेगकी गर्भवती महिलाले व्यापारका लागि ल्हासा जाँदा हराएका श्रीमान् खोज्ने क्रममा उत्पन्न परिस्थितिको कथा उठान गरेको छ ।

चौहत्तरौँ बर्लिन इन्टरनेसनल फिल्म फेस्टिभलको प्रतिस्पर्धामा सहभागी फिल्ममा थिन्ले ल्हामो, सोनम तोपदेन, कर्मा गुरुङ, कर्मा शाक्य लगायतको अभिनय छ । यो फिल्म भदौ २८ बाट देशभर प्रदर्शनमा आउँदै छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ३ : २२ बजे

निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्नेछ : हर्क साम्पाङ

खोटाङ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले अबको निर्वाचनपछि

म्याग्दीबाट कांग्रेसकातर्फबाट गर्बुजा र भण्डारी सिफारिस

म्याग्दी – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

एनपीएल विजेता टोलीलाई राष्ट्रपतिले दिए बधाई

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल) को

युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राजदूत बर्लिनमा भेट्दै

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकोफले