दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा सन्दीप लामिछानेलाई ८ वर्ष कैद, प्रहरीले सार्वजनिक गर्‍यो रामबहादुर बमजनलाई, भारतले एकपक्षीय रूपमा निर्णय गर्न पाउँदैन : प्रधानमन्त्री दाहाल, कोशी प्रदेशसभाको चौथो अधिवेशन अन्त्य, राष्ट्रपति पौडेल र सार्कका महासचिव सरवरबीच शिष्टाचार भेट, उपकुलपति गयल भएपछि धरानका चिकित्सक फेरि आन्दोलितलगायतका समाचारले प्रमुख स्थान पाए । 

सन्दीप लामिछानेलाई ८ वर्ष कैद
सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई आज ८ वर्ष कैद सजाय तोकेको हो ।

जाहेरवालापक्षले अधिकतम र सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै आज इजलासमा बहस गरेका थिए ।

प्रहरीले सार्वजनिक गर्‍यो रामबहादुर बमजनलाई
प्रहरीले काठमाडौंको बुढानिलकण्ठको हात्तिगौँडाबाट पक्राउ परेका रामबहादुर बमजनलाई सार्वजनिक गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज बमजनलाई सार्वजनिक गरेको हो ।

हिजो साँझ पक्राउ परेका बमजनलाई आज नै सर्लाही लैजाने प्रहरीको तयारी छ । उनीविरूद्ध अनुयायी बेपत्ता पारेको आरोपमा सर्लाहीमा उजुरी परेको छ ।

भारतले एकपक्षीय रूपमा निर्णय गर्न पाउँदैन : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय पक्षलाई एकपक्षीय रूपमा आयोजना छनौट गर्न र कार्यान्वयन गर्न सुविधा नदिएको स्पष्ट पारेका छन् ।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले भारतीय दूतावासले सिधै २० करोड रुपियाँ नेपालमा खर्च गर्न पाउने सम्झौतामा भारतीय पक्षलेमात्रै निर्णय गर्न सक्ने गरि सुविधा नदिएको स्पष्ट पारेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड माघको पहिलो साता युगाण्डा जाने
असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड माघको पहिलो साता युगाण्डा जाने भएका छन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री माघको पहिलो साता युगाण्डा जाने जानकारी दिएकी हुन् ।

कोशी प्रदेशसभाको चौथो अधिवेशन अन्त्य
कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको चौथो अधिवेशन अन्त्य गरेका छन् । कोशी प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेशसभाको चालू चौथो तथा हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख खापुङसमक्ष सिफारिस गरेको थियो ।

राष्ट्रियसभा निर्वाचनमा एमालेले समाजवादीलाई पाखा लगाउन खोज्यो : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी राष्ट्रियसभाको निर्वाचनमा एमालेले आफ्नो पार्टीलाई शून्यमा झार्ने प्रयास गरेको बताएका छन् ।

नेकपा एकीकृत समाजवादी विद्यार्थी विशेष जिल्ल कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले राष्ट्रियसभाको निर्वाचनमा नेकपा समाजवादीलाई पाखा लगाएर सिटको बाँडफाँड गर्ने प्रयास केपी ओलीले गरेको बताएका हुन् ।

सुदूरपश्चिम प्रदेश सभा विषयगत समितिका सभापति निर्विरोध निर्वाचित
सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिको सभापति निर्विरोध निर्वाचित भएका छन्।

चारवटै समितिको सभापतिमा एक-एक जनाको मात्र उम्मेदवारी परेसँगै बुधबार निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो।

राष्ट्रपति पौडेल र सार्कका महासचिव सरवरबीच शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नवनियुक्त महासचिव मोहम्मद गोलाम सरवरले शिष्टाचार भेट गरेका छन्।

राष्ट्रपतिभवनमा आज अपराह्न भएको भेटमा राष्ट्रपति पौडेलले सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षको हैसियतमा नेपाल सदस्य राष्ट्रहरूबीच एकता र ऐक्यबद्धताको भावनामा सार्क प्रक्रियालाई अगाडि बढाउन पूर्ण प्रतिबद्ध रहेको बताए ।

उपकुलपति गयल भएपछि धरानका चिकित्सक फेरि आन्दोलित
लामो समयदेखि रोकिएको पदोन्नतिको विषयमा पूर्वसहमति अनुसार प्रक्रिया अगाडि नबढेको भन्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाका चिकित्सकहरु बुधबारदेखि आन्दोलित भएका छन् । चिकित्सकको आन्दोलनले अस्पतालको सेवा प्रभावित बनेको छ ।

गौशाला–२६ को फोटो फेसबुकमा हाल्नेलाई के हुन्छ कारबाही?
केही दिनयता सामाजिक सञ्जाल फेसबुकमा सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दा दायर गर्ने ‘गौशाला–२६ यिनै हुन्’ भनेर एक किशोरीको नाम र फोटो भाइरल बनाइयो । मानिसहरुले उक्त फोटोमा विभिन्न टीकाटिप्पणी गरे ।

अदालतले गोप्य राखेको नाम र पहिचानलाई सामाजिक सञ्जालमा यसरी छरपष्ट पार्नेहरुलाई के कारवाही के हुन्छ रु

डा विशद दाहालको निलम्बन फिर्ता
डा विशद दाहालमाथि नियमविपरीत लगाइएको निलम्बन फिर्ता लिन केएमसी अस्पताल सहमत भएको छ।

बालकुमारीमा भएको २ घण्टा लामो छलफलपश्चात मेडिकल कलेज (केएमसी) र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको हो। अब केएमसीले डा विशद दाहाललाई निलम्बन फिर्ता गर्दै कलेज प्रवेश गर्न दिने भएको छ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ८ : ५८ बजे

गगन र रविको गठबन्धन भएकै हो त ? यस्तो छ काठमाडौंको चुनावी गणित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गत आम निर्वाचनमा

धामी हेर्न आएका समूहको कुटाइबाट १ जनाको मृत्यु   

काठमाडौं– पाँचथरमा धामी झाँक्री हेर्न आएका समूहको कुटपिटबाट १ जनाको

सडक विभागले मर्मतमा खर्चियो २ अर्ब ६७ करोड

काठमाडौं– सडक विभागले पछिल्लो १० महिनाको अवधिमा देशभरका रणनीतिक सडकहरूको

टेकुबाट भद्रकालीस्थित आधुनिक नयाँ भवनमा काठमाडौं प्रहरी

काठमाडौं- जिल्ला जिल्ला प्रहरी परिसर, काठमाडौं भद्रकालीस्थित आधुनिक सुविधासहितको आफ्नै नयाँ भवनमा

मधेशका मुख्यमन्त्री सिंहलाई एमालेले विश्वासको मत दिने

महेन्द्रनगर– मधेश प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंह नेतृत्वको सरकारलाई नेपाल