विदेश जाने नेपाली युवालाई निःशुल्क योग सिकाइने « Khabarhub

विदेश जाने नेपाली युवालाई निःशुल्क योग सिकाइने


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज नेपालले विदेश जानुअघि नेपाली युवालाई निःशुल्क योग सिकाउने भएको छ ।

समाजले राजधानीमा आयोजना गरेको वृहत् युवा भेलामा संस्थापक आचार्य राजन शर्माले विदेश जानुअघि नेपालीलाई निःशुल्क रूपमा दुई सयदेखि चार सय घण्टासम्म योग सिकाउन लागिएको जानकारी दिएका हुन् ।

कार्यक्रममा योग गुरु डा हरिप्रसाद पोखरेलले योग भूमि एवं हिमालयको देश नेपालमा ऋषिमुनिले तपस्या गरेको उल्लेख गर्दै नेपालमा योग, ध्यान सिक्न विदेशबाट समेत वार्षिक हजारौँ मानिस आउने गरेको बताए  ।

सहप्राध्यापक श्रीराम सापकोटाले सुख र दुःख आफ्नै कारणले हुने विचार राख्नुभयो । पूर्व सचिव भीम उपाध्यायले यस्ता कार्यक्रमले युवालाई उत्प्रेरित गर्ने बताए ।

कार्यक्रममा आचार्य शर्माका सुख सूत्र, योग दर्शन र प्राकृतिक चिकित्सा, आयुर्वेद अमृत दर्शन र विज्ञान भैरवतन्त्र गरी चार पुस्तक पनि विमोचन गरिएको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ३ : २५ बजे

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको

बालेन नेतृत्वको सरकारको ३ महिनामा थप १.५४ प्रतिशतले बढ्यो जीडीपी

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो

मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

बैंकक– मध्यपूर्वमा जारी युद्धका कारण खाडी मुलुकहरूको अर्थतन्त्रमा नकारात्मक असर

बडादशैं सुरु भएसँगै काठमाडौंमा खसीबोकाको कारोबार बढ्यो

काठमाडौं– बडादशैं सुरु भएसंगै काठमाडौंका बिभिन्न स्थानमा खसीबोकाको खरिद बिक्रि