ओपनर नचल्दा पनि पोखराविरुद्ध कर्णाली ७ विकेटले विजयी « Khabarhub

ओपनर नचल्दा पनि पोखराविरुद्ध कर्णाली ७ विकेटले विजयी


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग अन्तर्गतको पोखरा एभेन्जर्सविरुद्धको खेलमा कर्णाली याक्सले ७ विकेटको सहज जित निकालेको छ ।

टस हारेर १०३ रनको लक्ष्यसहित जावाफि ब्याटिङमा उत्रिएको कर्णाली १५ ओभरमा लक्ष्य पूरा गरेको हो । कर्णालीले ३ विकेटको क्षतिमा १०६ रन बनायो ।

कर्णालीका ओपनर देव खनाल र बाबर हायत भने आजको खेलमा सस्तैमा पवेलियन फर्किएका थिए । उनीहरु दुवैले दोहोरो रन बनाउन सकेका थिएनन् ।

३० बल बाँकी रहेकै अवस्थामा कर्णालीले यसअघि पोखराबाट प्राप्त १०३ रनको चुनौतीलाई सजिलै आफ्नो पक्षमा पार्न सफल भएको हो ।

दुवै ओपनर सस्तैमा आउट भएपछि क्रिजमा गुलशन झा र चाडविक वाल्टनले कर्णालीलाई उकासे । उनीहरुले ६० रनको साझेदारी गरे ।

२४ बल ६ चौका र १ छक्काको सहयोमा४२ रन जोडेका वाल्टनलाई कुशल भुर्तेलले बोल्ड गरे । त्यस्तै गुलशन झा अर्धशतक प्रहार गर्न १ रनले चुके । उनले अविजित ४९ रन बनाए । ३४ बल खेलेका उनले ६ चौका र १ छक्का प्रहार गरे ।

विलियम बोसिस्टोको जविजित २ नै कर्णाली जितको लागि पर्‍याप्त बन्यो । बलिङतर्फ विपिन खत्री, सागर ढकाल कुशल भुर्तेलले समान १–१ विकेट लिए ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ३ : ४० बजे

एनसेल र सामसङबीच सहकार्य, ग्राहकलाई घरायसी विद्युतीय उपकरणमा ३१ प्रतिशतको छुट

काठमाडौं– एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै ग्राहकलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा

रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

एजेन्सी– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी

मुस्ताङ– हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त