आजका समाचार : सुदूरपश्चिममा नाउपाबाट मुख्यमन्त्री बन्ने चर्चादेखि इदसम्म | Khabarhub Khabarhub

आजका समाचार : सुदूरपश्चिममा नाउपाबाट मुख्यमन्त्री बन्ने चर्चादेखि इदसम्म


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

आगामी बजेटमा पूर्वले प्राथमिकता पाउँछ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा पूर्वलाई प्राथमिकतामा राखिने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले देशको आर्थिक समृद्धि र समाजवादको आधार तयार गर्नेगरी बजेट ल्याउने बताए ।

सरकारले जनताका पक्षमा महत्त्वपूर्ण पहल लिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले आगामी नीति तथा कार्यक्रम एवं बजेट उत्पादनमुखी एवं रोजगारी सिर्जना गर्नेगरी ल्याइने स्पष्ट पारे ।

सरकारले गरेका सकारात्मक कार्यबाट जनतामा आशा जागेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सुशासन र सामाजिक न्यायका सन्दर्भमा सरकारले गरेका सकारात्मक काम जनतासमक्ष पुर्‍याउनुपर्नेमा जोड दिए ।

छानबिन समितिको माग समीकरण भत्काउने प्रयास मात्र हो : प्रधानमन्त्री

इदले धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको छ : देउवा

इदले सामाजिक सद्भाव सुदृढ गर्न मद्दत गर्छ : सभामुख

प्रधानमन्त्रीबाट इद पर्वको शुभकामना

इद पर्वले वृहत राष्ट्रिय एकताको सोच अभिवृद्धि गरो : राष्ट्रपति

अध्यक्ष ओलीले भने- देश ओरालो लाग्ने क्रम रोकियो, अब देश अघि बढ्छ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता समीकरणले देशलाई ओरालो लाग्नबाट रोक्ने बताएका छन ।

बिहीबार नेकपा एमाले ताप्लेजुङको पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सत्ता समीकरणमा नेकपा एमाले पनि भएकोले देशलाई ओरालो लाग्न नदिने बताएका हुन ।


एमालेको प्रधानमन्त्री र एमालेको एकल सरकार हुँदा जस्तो काम गर्न नसकिए पनि अहिलेको सरकारले देशलाई बरबादीमा जानबाट भने जोगाएको ओलीले दाबी गरे । ‘अब ओरालो लाग्ने क्रम रोकियो देशको, त्यो ओरालो लाग्ने क्रम रोकिएको छ, अब देश ओरालो लाग्दैन’, ओलीले भने ।

हिजो गठबन्धन सरकार हुँदा विकास निर्माणका काम ठप्प भएका बताउँदै ओलीले ती काम अब अगाडि बढ्ने आश्वासन दिए । सरकारले रोकिएका विकास निर्माणका काम फेरि अगाडि बढाउने ओलीले बताए ।

शिक्षा मन्त्री सुमनालाइ सहयोग गर्ने गगन थापाको घोषणा

विकासको कामलाई अवरोध गर्नुहुँदैन : योगेश भट्टराई

चिकित्सा शिक्षा जाँचबुझ आयोगले सिफारिस गरेका सबैलाई कारवाही होस् : महामन्त्री थापा

अध्यक्ष लिङदेनको टिप्पणी-राजनीतिलाई छोराछोरी पाल्ने पेशा बनाइयो

माथिल्लो अरुण र दूधकोशी अघि बढाउनेबारे अर्थ मन्त्रालयमा छलफल

गण्डकीमा भागबन्डा मिलाउन मन्त्रालय फुटाएर १२ पुर्‍याइँदै
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालय फुटाएर १२ पुर्याउने तयारी गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अहिले गण्डकीमा सात मन्त्रालय रहेकोमा दलहरूबीच भागबन्डा पुर्याउन १२ मन्त्रालय बनाउने तयारी गरिएको हो ।


सरकारका प्रवक्ता हरिबहादुर चुमानका अनुसार मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालय थप्ने निर्णय गरेको र सो निर्णय संघमा सिफारिस गरिएको छ ।

मुख्यमन्त्री अधिकारी माओवादी केन्द्र र स्वतन्त्र सांसदको समर्थनमा चैत २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले सरकार दाबी गर्दा सभामुखलाई समेत समावेश गरेपछि उनको नियुक्ति विवादमा रहेको छ ।

सुदूरपश्चिममा नाउपाबाट मुख्यमन्त्री बन्दै !

एमालेमा हार्ने छुट छैन : मुख्यमन्त्री अधिकारी

राष्ट्रिय वाणिज्य बैंकबाट सिइओ श्रेष्ठ सेवा निवृत्त, खनाललाई कामुको जिम्मेवारी

सफा हिमाल अभियान सुरु

चैतेदसैँमा कालिका मन्दिरमा धार्मिक पर्यटकको घुइँचो
चैतेदसैँ सुरु भएसँगै कालिका मन्दिरमा भक्तजनको घुइँचो बढ्न थालेको छ । चैतेदसैँमा कालिका मन्दिर दर्शन गर्न आउने धार्मिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो ।

मङ्गलबारदेखि नवरात्र सुरु भएको छ । चैतेदैसैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको पूजाउपासना गरिन्छ । चैतेदसैँमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने भएकाले टाढाटाढाबाट भक्तजनहरु आउने गर्दछन् ।


चैतको नवरात्रमा पनि बागलुङ कालिकाको पूजाआराधना र बलि दिइँदा आँटेको पुग्ने जनविश्वास रहेको छ । गण्डकी प्रदेशको मुख्य शक्तिपीठका रुपमा रहेको यहाँस्थित कालिका मन्दिरमा चैतेदसैँ सुरु भएपछि भक्तजनको घुइँचो लाग्न थालेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए।

उनका अनुसार मन्दिरलाई सजाइएको छ भने सत्तल, मठ र अन्य स–साना मन्दिरसमेत चिटिक्क पारिएको छ । मेला हेर्न र मन्दिरको दर्शन गर्न आउने गरी करिब पाँच लाख धार्मिक पर्यटक बागलुङ भित्र्याउने गुठीको लक्ष्य रहेको उनले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु

महानगरको न्यायिक समितिले सात वर्ष किनारा लगायो दुई सय ८१ उजुरी

ठमेल र दरबारमार्गमा २४ सैं घण्टा व्यवसाय सञ्चालन हुने

प्रेस काउन्सिल अध्यक्ष बस्नेत सम्मानित

नेपालगञ्जमा ईदको रौनक
एक महिनाको उपवास (रोजा)पछि मुस्लिम धर्मावलम्बीहरूले आज नेपालगञ्जमा हर्षोल्लासका साथ ईदपर्व मनाइरहेका छन् ।

बुधबार राति चन्द्रमा देखिएपछि आज नेपालगञ्जको वीपीचोकस्थित ईदगाहमा बिहान मुस्लिम समुदायले सामूहिक नमाज पढेका छन् । नमाजमा सयौँ मुस्लिम समुदायको सहभागिता थियो ।

मुस्लिम धर्मावलम्बीले देशमा दिगो शान्ति, समृद्धि र सद्भावको कामना गर्दै प्रार्थना गरेका धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले बताए।

ईदको शुभकामना आदानप्रदान गर्न ईदगाहमा ठूलो सङ्ख्यामा अन्य समुदायका राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, सङ्घसंस्था सम्बन्धित व्यक्तिहरूको उपस्थिति थियो ।

पर्सामा सामाजिक सद्भाव कायम राख्दै ईद मनाइयो

उपत्यकामा हावाहुरी र चट्याङसहितको वर्षा
काठमाडौँ उपत्यकामा हावाहुरी तथा चट्याङसहितको वर्षा भएको छ । हावाहुरी, रुखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण जनको क्षति हुनसक्ने भन्दै सतर्क रहन विज्ञले सुझाव दिएका छन् ।

विपत व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले आज दिउँसोबाट उपत्यकामा पानी पर्न सुरु भएसँगै केही दिनयता बढिरहेको प्रदुषण न्यूनीकरणमा सहयोग पुग्ने बताए।

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

अमेरिकी डलर ठगी मुद्दामा अर्बपति ट्रुओङलाई मृत्युदण्ड
रियल स्टेट व्यवसायी ट्रुओङ माई ल्यानलाई बिहीबार भियतनामको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । अदालतले १२ अर्ब ५० करोड अमेरिकी डलरको वित्तीय धोकाधडीको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको अल जजिराले बताएको छ ।

सन् २०१२ र २०२२ को बीचमा ६७ वर्षीया ल्यानले गैरकानूनीरूपमा साइगोन ज्वाइन्ट स्टक कमर्सियल बैंकको व्यवस्थापन गर्दा हजारौँ फर्जी फर्महरूमार्फत रकम लुट्नर सरकारी अधिकारीहरूलाई घुस खुवाइन् ।


अभियोजकहरूले उनको एक हजारभन्दा धेरै सम्पत्ति जफत गरेको दाबी गर्दै संदिग्ध सम्पत्तिको विनियोजन राशि सन् २०२२ मा भियतनामको कूल गार्हस्थ्य उत्पादन ९जिडिपी० को करिब तीन प्रतिशत बराबर रहेको बताएका छन् ।

इरान र इजराइललाई ‘संयमता’ अपनाउन क्रेमलिनको आग्रह

मंगोलियाको जीडीपी सन् २०२४ मा ४.१ प्रतिशत बढ्ने अनुमान

इजरायली आक्रमणमा हमास नेताका तीन छोरा मारिए

भारतमा बस दुर्घटना हुँदा छ जना बालबालिकाको मृत्यु

पाकिस्तानमा ट्रक दुर्घटना, १७ जनाको मृत्यु, ३५ घाइते

रुसले युक्रेनमा रातभर ४० क्षेप्यास्त्र र ४० ड्रोन प्रहार गर्‍यो : जेलेन्स्की

म्यान्मारद्वारा झण्डै नौ अर्ब डलरका सामान निर्यात

स्विट्जरल्यान्डले युक्रेन शान्ति सम्मेलन गर्ने

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  ८ : ०० बजे

विश्व बैंक समूहको आइडीए बैठक काठमाडौंमा हुने, अध्यक्ष बंगा आउने

काठमाडौं– विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ (आइडीए) को २१औं बैठक

बाँकेमा आगलागीबाट २५ लाख बराबरको क्षति

नेपालगञ्ज– बाँकेको राप्तीसोनारी गाउँपालिका-८ स्थित बालापुरमा आज भीषण आगलागी भएको

संसद्‌को बजेट अधिवेशन वैशाख २५ देखि, ऐन संशोधन र विधेयक प्राथमिकतामा

काठमाडौं – सरकारले संघीय संसद्‌को बर्खे अधिवेशन वैशाख २५ गते

टी-२० विश्वकप खेल्ने नेपाली टोली घोषणा, को को समेटिए ?

काठमाडौं– नेपालले रोहित पौडेलको कप्तानीमा टी-२० विश्वकप खेल्ने टोली घोषणा

क्रिप्टो एक्सचेन्ज बिनान्सका संस्थापक झाओलाई चार महिनाको जेल सजाय

काठमाडौं– क्रिप्टोकरेन्सी एक्सचेन्ज बिनान्सका संस्थापक तथा पूर्व सीईओ चाङपेङ झाओलाई