आजका समाचार : कांग्रेस बैठकदेखि प्रधानमन्त्रीको राजीनामा माग्दै अनशनसम्म | Khabarhub Khabarhub

आजका समाचार : कांग्रेस बैठकदेखि प्रधानमन्त्रीको राजीनामा माग्दै अनशनसम्म


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कांग्रेसको तयारी

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आगामी जेठ १ गते बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने तयारीमा जुटेको छ ।

यसका लागि विभिन्न तहमा छलफल भइरहेको कांग्रेस संसदहरुको भनाइ छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

संघीय संसद् सचिवालयका अनुसार जेठ १ गते मंगलबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने जानकारीसहित संसद्का सदस्यको उपस्थिति आह्वान गरिएको छ ।

कांग्रेसले संसदीय दलको बैठक बसेर संसद् अवरोधबारे थप निर्णय लिने

सरकारले रवैया प्रस्तुत गर्‍यो, कांग्रेस तलमाथि हुने कुरै छैन : गगन थापा

गृहमन्त्रीमाथि छानबिन गर्न समिति बन्नुपर्छ, राप्रपा सरकार ढाल्ने खेलमा छैन : अध्यक्ष लिङदेन

म मन्त्री हुने योजनामा छैन, सुशीलाजी पनि हुनुहुन्न : अशोक राई

प्रधानमन्त्रीको राजीनामा माग

राष्ट्रिय सहमति जुटाउन ढिला भइसक्यो : प्रवक्ता सापकोटा
नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्नि सापकोटाले देशको अस्तित्व जोगाउन तत्काल राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्ने बताएका छन् । अहिलेको संसद्ले जनतालाई आशावादी बनाउन नसकेको र अराजकताको अवस्थामा देश पुगेकाले साझा राष्ट्रिय दृष्टिकोण बनाउनुपर्ने उनले उल्लेख गरे ।

प्रेस सेन्टर नेपाल धादिङले आज धादिङबेँसीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता सापकोटाले संसद्लाई सहमतिपूर्वक सञ्चालन गरेर संसद्लाई जीवन्त, गतिशील र जनमुखी बनाउनुपर्नेमा जोड दिए।

महानगरले अवरोध गरेको भन्दै कवाड व्यवसायीले प्रधानमन्त्री गुहारे

संसद्को संयुक्त बैठकलाई जेठ १ गते राष्ट्रपतिले सम्बोधन गर्ने

सुशासनका लागि ध्यानयोग पनि आवश्यक : परराष्ट्रमन्त्री

राजनीतिक अस्थिरताले विकास निर्माणका काम हुन सकेनन् : ओली

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : ओली

एकीकृत समाजवादी बैठक 
नेकपा (एकीकृत समाजवादी)स्थायी कमिटी बैठकमा महाधिवेशनमा पेश हुने दस्तावेजहरू प्रस्तुत गरिएको छ ।

पार्टी कार्यालय आलोकनगरमा शनिबार बसेको समाजवादीको बैठकमा अध्यक्ष माधव कुमार नेपालले महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनको मस्यौदा पेश गरेका थिए । त्यस्तै बैठकमा संगठनात्मक प्रस्ताव र विधान मस्यौदा प्रस्तावका साथै सम्मानित नेता झलनाथ खनालले समाजवादी प्रारूप प्रस्ताव प्रस्तुत गरेको नेकपा (एकीकृत समाजवादी)का प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

खानेपानीको समस्या अन्त्य गर्छौँ : मन्त्री राई

पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्छ : सभामुख घिमिरे

कर्णालीका मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक

मलेखु-तिप्लिङ-स्याफ्रुबेंसी वैकल्पिक मार्ग बनाउन माग

भारतीय विस्तारवाद रोक्न युवा संघ नेपालको माग
सत्ता घटक दल नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले माइतीघर मण्डलामा राष्ट्रियताका लागि युवा दबाब कार्यक्रम सम्पन्न गरेको छ ।

एकीकृत समाजवादीका युवाले राष्ट्रियतालाई बलियो बनाउन, जनजीवनलाई सहज बनाउन साथै भ्रष्टाचार र बेथितिको विरुद्ध हाम्रो नोटमा हाम्रै देश, आन्तरिक मामिलामा नगर हस्तक्षेप नेपालको पश्चिमसम्मको भेग, लिम्पियाधुरा लिपुलेक उठौँ युवा एकै साथ रोकौँ भारतीय विस्तारवाद लगायतका नारा बोकेर बाइक र्‍याली गरेको हो ।

बाँकेको जमुनाहा नाका बन्द

रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै

मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक जनाको मृत्यु

लोकसभा चुनाव : दिल्लीमा मुस्लिम मतदाता ‘गेम चेन्जर’
भारतको दिल्लीमा लोकसभा चुनाव आगामी २५ मे मा हुनेछ। दिल्लीमा इन्डिया गठबन्धन र भारतीय जनता पार्टी ९बिजेपी० बिच प्रतिस्पर्धा हुनेछ।

इन्डिया गठबन्धन (इन्डिया एलाइन्स)को तर्फबाट आम आदमी पार्टीले चार सिट र कांग्रेसले तीन सिटमा आफ्नो उम्मेद्वार अगाडि सारेका छन्।

सन् २०१९ मा भारतीय जनता पार्टीले सबै सात सिट आफ्नो पक्षमा पारेको थियो। तर पहिलेको तुलनामा यो चुनावमा निकै रोमान्चक प्रतिस्पर्धा हुने देखिएको छ।

रुसी आक्रमणपछि युक्रेनको सीमा क्षेत्रबाट सयौँ मानिस विस्थापित

कम्बोडियाद्वारा ‘ई–चुरोट’ को सेवनबाट स्वास्थ्य खतराबारे चेतावनी

क्यानाडाको पश्चिमी प्रान्तको जंगलमा लागेको डढेलो नियन्त्रणबाहिर

संयुक्त राष्ट्रसङ्घद्वारा प्यालेस्टिनी सदस्यताको पक्षमा मतदान

अफगानिस्तानमा भीषण बाढी, ८० भन्दा बढीको मृत्यु

रफाहका बासिन्दालाई सो क्षेत्र छोड्न इजरायलको चेतावनी

 

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ७ : ५९ बजे

निःशुल्क स्वास्थ्य शिविरबाट ५५३ जना लाभान्वित

कालिकोट – कालिकोटको नरहरिनाथ गाउँपालिकामा दुई दिनसम्म चलेको स्वास्थ्य शिविरबाट

बारको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

काठमाडौं – नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

बुद्धजन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन गरिने

लुम्बिनी – बुद्धको जन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने

प्रविधिक समस्या देखिएको जहाज मर्मतपछि नियमित उडान सुचारु : वायुसेवा निगम

काठमाडौं – नेपाल वायुसेवा निगमले आफ्ना विमानहरूको उडानसम्बन्धी विभिन्न सञ्चारमाध्यममा

शहीद मार्गको बजेट काटेर सरकारले प्रतिशोध साँध्योः वर्षमान पुन

रोल्पा– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’