आजका समाचार : उद्योगको बिजुली जोडिँदै, दिनदिनै दुर्घटना, राष्ट्रपतिले जहाजमै भेटे राष्ट्रसंघ महासचिवलाई | Khabarhub Khabarhub

आजका समाचार : उद्योगको बिजुली जोडिँदै, दिनदिनै दुर्घटना, राष्ट्रपतिले जहाजमै भेटे राष्ट्रसंघ महासचिवलाई


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्री भन्छन्- संविधान संशोधनका लागि छलफल हुँदैछ

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि छलफल चलिरहेको बताएका छन् । सोमबार विराटनगर विमानस्थलमा मोरङका सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले अहिले संविधान संशोधनका लागि छलफल अघि बढेको बताएका हुन् ।

उनले आर्थिक सुधारका एजेण्डाका लागि सरकारले काम गरिरहेकोसमेत उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओली धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा सहभागी हुन विराटनगर हुँदै त्यसतर्फ निस्किएका हुन् ।

उपनिर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र अधिकृत नियुक्त

आर्थिक सुधारका काम हुँदैछ : प्रधानमन्त्री

एमालेलाई जग्गा दानविरुद्ध परेको रिट ‘हेर्न नमिल्ने’ मा

परराष्ट्रमन्त्री र चिनियाँ राजदूतबीच संवाद, प्रधानमन्त्रीको भ्रमणबारे छलफल

अधिकारी पक्राउको सूचना संसद्‍मा, प्रदेशसभा सदस्यबाट निलम्बित

उपनिर्वाचनमा एकतावद्ध हुन कार्यकर्तालाई माओवादीको निर्देशन

फ्लाइ ओभर निर्माणमा ढिलासुस्ती नगर्न मन्त्री दाहालको निर्देशन

राष्ट्रपति पौडेलले जहाजमै भेटे राष्ट्रसंघका महासचिव गुटेरसलाई
अजरबैजानको यात्रामा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टेरियो गुटेरससँग हवाईजहाजमै संवाद गरेका छन् ।

अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिन कतारको दोहाबाट अजरबैजानको बाकु जानेक्रममा जहाजमै दुईजनाबीच कुरा भएको हो ।


त्यस भेटमा जलवायु परिवर्तनबाट उत्पन्न समस्याबारेमा संक्षिप्त कुरा भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

‘जलवायु परिवर्तन हामी सबैको साझा समस्या हो । हिमाल, पृथ्वी र मानव समुदायको रक्षाका लागि यो समस्या समाधान गर्न हामी सबै जुट्नुपर्छ’, उनीहरूको भेटबारे राष्ट्रपतिको सचिवालयले भनेको छ ।

राष्ट्रपति पौडेल अजरबैजानको बाकुमा

सिकलसेलको औषधि ल्याएर वितरण गर्ने प्रधानमन्त्रीको घोषणा

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६५७ विद्यार्थी दीक्षित

‘दार्चुला–टिङ्कर सडक आयोजना अघि बढाइने छ’

नेपाली महिलाले तीन दशकमा धेरै उपलब्धि गरेका छन् : परराष्ट्रमन्त्री

भाषिक र सांस्कृतिक अतिक्रमणप्रति सचेत हौँ :  मन्त्री गुरुङ

ऊर्जामन्त्रीको जिकिर- प्राधिकरण बोर्डभन्दा ठूलो मन्त्रिपरिषद् हो

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विधुत महसुल विवाद समाधान गर्न बनाइएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ ।

मन्त्रालयले सोमबार साँझ पत्रकार सम्मेलन गर्दै डेडिकेटेड तथा ट्रंकलाइनको महसुल विवाद समाधान गर्न बनाइएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा ऊर्जा मन्त्री दीपक खड्काले लाल आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसअनुसार व्यवसायीहरूले महशुस बुझाउने विश्वास व्यक्त गरेका छन् ।

उहाले २४ घण्टाभित्र उद्योगहरूको लाइन जडान गर्न र १५ दिनभित्र टिओडी मिटर अनुसार महशुल उठाउनका लागि प्राधिकरणमा पत्राचार गरिसकेको बताए ।

बक्यौता महसुल उठाउन प्राधिकरणलाई थप सजिलो, मन्त्रालयले पठायो पत्र

आज १२ बजेभित्र उद्योगहरूमा लाइन जोड्न असम्भव : प्राधिकरण

‘प्राधिकरणले बिजुली जोड्नुपर्छ, उद्योग बन्द हुन दिँदैनौँ’

प्राधिकरणलाई सरकारको चेतावनी-मन्त्रिपरिषद्को निर्णय मान्दिनँ भन्न पाइँदैन

प्राधिकरणको महसुल विवादबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

युवा संकल्प यात्रा जनकपुरधाममा नेता निधिले गरे स्वागत
झापाको मेचीनगरबाट सुरु भएको युवा संकल्प यात्रा आज जनकपुरधाम पुगेको छ ।

नेपाली कांग्रेस महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्वकेन्द्रीय महामन्त्री भूपेन्द्रजङ्ग शाहीलगायतको समन्वयमा सुरु भएको यात्रालाई सोमबार नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले स्वागत गरे।


त्यस अवसरमा नेता निधिले युवा संकल्प यात्राको सम्पूर्ण टोलीलाई सफलताको शुभकामना दिए। भ्रष्टाचार उन्मूलन र सुशासन, युवालाई रोजगारीको सुनिश्चितता, महँगी र मूल्यवृद्धि नियन्त्रणलगायत विभिन्न ‘एजेन्डा’हरूमा केन्द्रित रहेर पूर्व–पश्चिम संकल्प यात्रा सुरु गरिएको शाहीले जानकारी बताए।

बागलुङ दुर्घटना अपडेट: मृतक पाँचैजनाको पहिचान

यात्रुसँग दोब्बर भाडा असुल्दै वीरगञ्जका सार्वजनिक यातायात

युवा वैज्ञानिक शिखर सम्मेलन २०२५ काठमाडौँमा हुने

वायुसेवा कम्पनी ‘विस्तारा’ ले सोमबार अन्तिम उडान गर्दै

मर्स्याङ्दीमा पूर्ण क्षमतामा विद्युत् उत्पादन

‘ट्रम्प र पुटिनबीच फोनमा कुराकानी भएको भन्ने हल्ला अफबाह’
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन द्वन्द्वबारे गत साता फोनमा कुराकानी भएको भन्ने अमेरिकी सञ्चारमाध्यममा आएको समाचारको क्रेमलिनले सोमबार खण्डन गरेको छ ।

ट्रम्पले बिहीबार पुटिनसँग फोनमा कुरा गरेर द्वन्द्व नभड्काउन आग्रह गरेको ‘द वासिङ्टन पोस्ट’मा उल्लेख गरिएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले वासिङ्टन पोस्टमा प्रकाशित समाचार ‘गलत सूचना मात्र भएको’ बताए ।

जापानको प्रधानमन्त्रीमा इशिबाकै निरन्तरता

रुसी आक्रमणपछि युक्रेनद्वारा हवाई सतर्कता जारी

आप्रवासन अधिकारी टम होमनले ‘बोर्डर जार’ को रुपमा काम गर्ने

कोप–२९ सम्मेलन अजरबैजानमा सुरु

सोमबार अन्तिम उडान गरेर एयर इन्डियामा विलय हुँदै ‘भिस्तारा’

अमेरिकाको टस्केगी विश्वविद्यालयमा गोली चल्दा एक जनाको मृत्यु, १६ घाइते

युक्रेनको सैन्य हेलिकप्टर अपहरण प्रयास रोकेको रूसको दावी

ट्रम्पले गरे पुटिनसँग कुराकानी, युक्रेनमा तनाव नबढाउन चेतावनी

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ८ : ०३ बजे

गुरुङ सम्पदा पदमार्ग प्रवर्द्धन कार्यक्रम सम्पन्न

गण्डकी – गुरुङ पर्यटन व्यवसायी सङ्घले गुरुङ सम्पदा पदमार्ग अन्तर्गत

सम्पदालाई न्यायोचित रुपमा प्रयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

चितवन – उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले हाम्रा सम्पदालाई

बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता, विजेतालाई ५० हजार

भक्तपुर – नगरकोट महोत्सवलाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय

एनसेलमाथि प्रभावकारी नियमन गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले एनसेल आजियाटा लिमिटेडमाथि प्रभावकारी नियमन गर्न नेपाल

स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत