प्रमुख सूचनाआयुक्त आयार्चले लिए पद तथा गोपनीयताको शपथ « Khabarhub

प्रमुख सूचनाआयुक्त आयार्चले लिए पद तथा गोपनीयताको शपथ


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको समारोहमा प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त आचार्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आयुक्त आचार्यले नवनियुक्त आयुक्त गगन विष्ट र दुर्गा भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

शपथ समारोहमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था भएको मौलिक हकका रूपमा सूचनाको हकको कार्यान्वयन र उपयोगका लागि आयोगको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए ।

असम्बन्धित व्यक्तिले अनेक सूचना मागेर सरकारका कामलाई अलमल्याउने प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने भन्दै उनले सूचनाको हक उपयोग गर्दा त्यो न्यायोचित भए–नभएको निर्क्योल गरी अराजकताले प्रश्रय पाउन नहुने बताए ।

समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ, उक्त मन्त्रालयका सचिव राधिका अर्याललगायत उपस्थिति थिए । मन्त्रिपरिषद्को यही मङ्सिर ६ गतेको बैठकले आचार्यसहित विष्ट र भण्डारीलाई आयोगमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  १२ : २७ बजे

‘प्रधानमन्त्रीको भारत भ्रमणमा दोहोरो करबारे छलफल हुनुपर्छ’

नेपाल र भारतको विषयमा विमर्श गर्दा भारत नेपालको सबैभन्दा ठूलो

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ,

पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ– भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको परिवारलाई

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी

सचिन तिमल्सेना कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय सदस्यमा सचिन तिमल्सेना निर्वाचित भएका