साप्ताहिक ब्रिफिङ : ‘जोगी’को गिरफ्तारी, ‘भोगी’लाई जेल ! | Khabarhub Khabarhub

साप्ताहिक ब्रिफिङ : ‘जोगी’को गिरफ्तारी, ‘भोगी’लाई जेल !

बहसमा भारतको २० करोड, मलेसिया काण्डको पर्दाफास


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आदरणीय पाठकवृन्द ! यो साता नेपाली मिडियामा केही सनसनीपूर्ण समाचारहरु छाए । राजनीति, धर्म र खेल क्षेत्रमा तरंग ल्याउने घटना भए । गतसाता भारतसँग भएको एउटा सम्झौतालाई लिएर यो साता पनि नेपाली राजनीति तरंगित बन्यो । घरेलु राजनीति पनि पुसको ठण्डीलाई तताउने बहस भए ।

खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । एक सातामा मुख्य घटनामा ‘रि–भिजिट’ गरिएको यो सामग्री पाठकहरुका लागि उपयोगी हुन सक्छ ।

यो साता अन्तरराष्ट्रिय राजनीतिमा पनि केही उथलपुथल सुरु भएको छ । विहीबारदेखि अमेरिकी र बेलायती सेनाले यमनको लाल सागर क्षेत्रमा हुतु विद्रोहीमाथि कारवाही थालेका छन् । तर, यो ब्रिफिङमा हामी विदेशको घटनातर्फ नभएर घरेलु गतिविधिमाथि केन्द्रित हुनेछौं ।

यो साताका मुख्य घटनाहरुमा राष्ट्रियसभाको चुनावका लागि ५२ जनाको मनोनयन, बलात्कारको कसूर ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ बर्ष जेल सजायँ, कथित तपस्वी रामबहादुर बमजनको गिरफ्तारी, भारतसँग गरिएको २० करोड सहयोगसम्बन्धी सम्झौताबारे बहस र मलेसियन कम्पनीसँग श्रम मन्त्रालयले गरेको सम्झौतामाथि प्रधानमन्त्रीले गरेको हस्तक्षेप मुख्य घटनाका रुपमा रहेका छन् ।

हेरौं साताका मुख्य घटना

रुसमा मृत्यु हुने नेपालीको संख्या १२ पुग्यो

युक्रेनविरुद्ध लड्न रुसी सेनामा भर्ना भएका नेपालीमध्ये मृत्यु हुनेको संख्या १२ पुगेको छ । कतारको रोजगारी छाडेर रुस गएका प्युठानका सोनु सुनारको मृत्यु पुष्टि भएको छ । दुई साताअघि नै सुनारको मृत्यु भए पनि परिवारका सदस्यले बुधबार मात्र जानकारी पाएका हुन् । उनी दुई महिनादेखि परिवारको सम्पर्कमा थिएनन् ।

यसै साता सरकारले रुस र युक्रेनका लागि दिँदै आएको श्रम स्वीकृतिमा रोक लगाएको छ । जोखिम मोलेर रुस जाने क्रम नरोकिएपछि सरकारले श्रम स्वीकृतिमा रोक लगाएको हो ।

यद्यपि सरकारले रुसमा रहेका नेपालीहरुलाई न जीवित रुपमा उद्धार गर्न सकेको छ, न त मृतक १२ नेपालीको शव नै स्वदेशमा झिकाउन सकेको छ । यो मामिलामा सरकारको कूटनीतिक असक्षमता देखिँदै आएको छ ।

मलेसिया प्रकरणको पर्दाफास

श्रम तथा रोजगार मन्त्रालय अन्तरगत वैदेशिक रोजगार बोर्डले यो साता मलेसियन कम्पनीसँग एउटा विवादास्पद सम्झौता गर्‍यो। मलेसियामा काम गरिरहेका नेपालीबाट डाटा संकलन र सहायता गर्ने नाममा प्रतिव्यक्ति ४५ डलर उठाउने गरी गरिएको उक्त सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहालले हस्तक्षेप गरेर खारेज गरिदिएका छन् ।

साथै, प्रधानमन्त्री दाहालले नेपाली श्रमिकहरुलाई भारत पर्ने गरी कुनै पनि आर्थिक भार नलगाउन र तालिमका रुपमा लिन थालिएको २८ रुपैयाँको शुल्क घटाएर ७ सय बनाउन निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशनसँगै श्रम मन्त्रालयले विदेशी कम्पनीसँग कमिसनको लोभमा सम्झौता गरेको पर्दाफास भएको छ ।

प्रधानमन्त्रीले यो घटनामा सम्झौतामाथि रोक लगाएको घोषणा गरे पनि दोषीमाथि छानविन र कारवाहीको प्रक्रिया भने अगाडि बढाएका छैनन् ।

सन्दीपलाई ८ वर्ष जेल !

गत मंसिर दोस्रो साता नै बलात्कार अभियोग प्रमाणित भएका क्रिकेटर सन्दीप लामिछानेलाई पुस २५ गते काठमाडौं जिल्ला अदालतले ८ वर्ष कैद, ३ लाख जरिवाना र २ लाख रुपैयाँ क्षतिपूर्ति तोकेको छ । तर, अदालतले ८ वर्ष जेल सजायँ तोके पनि सन्दीप पक्राउ परेका छैनन् । उनले अब फैसलाको पूर्ण पाठ आइसकेपछि जेलमै बसेर पुनरावेदन गर्नुपर्छ कि जेलबाहिर बसेर पुनरावदेन गर्न पाउँछन् भन्नेबारेमा उच्च अदालत पाटनले निर्णय गर्न बाँकी छ ।

क्रिकेटको राम्रो खेलाडी ‘भोग विलास’ तिर लागेको अदालतले प्रमाणित गरेसँगै सन्दीपको खेलकूदको करिअरमा ‘ब्रेक’ लागेको छ । उनी नैतिकताका आधारमा राष्ट्रिय टिमबाट राजीनामा दिन बाध्य भएका छन् भने क्यानले पनि उनलाई निलम्बनको औपचारिक निर्णय नै गरिसकेको छ ।

यसैवीच सन्दीपलाई जिल्ला अदालतले सजाय तोक्नै लागेका बेला पीडित युवती गौशाला २६ को तस्बिर र वास्तविक नाम यही हो भन्दै फेसबुकमा पहिचान खुलाउने आपराधिक क्रियाकलाप देखिएको छ । यो घटनामा गौशाला २६ ले दोषीलाई कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दिएकी छन् । फेसबुकमा गौशाला २६ को पहिचान खुलाएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना एकजना कार्यकर्तालाई निस्कासनको कारवाही गरेको छ ।

बमजनका साथमा तीन करोड, सर्लाही चलान

यो साताको अर्को एउटा महत्वपूर्ण घटना हो आफूलाई लिटिल बुद्ध वा तपस्वी बताउने रामबहादुर बमजनको गिरफ्तारी । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले बमजनलाई काठमाडौंको बूढानीलकण्ठबाट गिरफ्तार गर्ने क्रममा उनका साथबाट तीनकरोडभन्दा बढी नगद फेला परेको छ ।

सर्लाहीमा आश्रममा रहँदा भक्तका रुपमा आएकी वालिकामाथि यौन दूराचार गरेको बमजनमाथि आरोप छ । उनलाई प्रहरीले सर्लाही चलान गरिसकेको छ भने अदालतले थुनामा राखेर अनुसन्धान गर्न अनुमतिसमेत दिइसकेको छ ।

कतिपय पीडितले बमजनमाथि व्यक्तिलाई अपहरण गरी बेपत्ता बनाएको आरोपसमेत लगाएका छन् ।

राप्रपालाई सभामुख निल्नु न ओकल्नु

गणतन्त्र, संघीयता र प्रदेश संरचनाको औचित्यमाथि नै प्रश्न उठाउँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई यो साता कोशी प्रदेशको सभामुख पद आइलाग्यो । कांग्रेस, एमाले र माओवादीका नेताहरुले राप्रपालाई सभामुख पद बम्पर उपहार दिएका हुन् । योसँगै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनका परम मित्र, झापाली नेता अमरबहादुर विष्ट कोशी प्रदेशको सभामुख बनेका छन् । तर, यो विषयलाई लिएर राप्रपाभित्रै दुई लाइन संघर्ष चर्किएको छ । अध्यक्ष लिङदेनले पार्टीको बैठक बसेर यसलाई टुंग्याउने बताएका छन् ।

राष्ट्रियसभाको चीरहरण

आगामी मंसिर ११ गते हुने राष्ट्रिसभाको निर्वाचनका लागि यो साता मनोनयन दर्ता भएको छ । १९ सिटका लागि ५२ जनाको उम्मदेवारी परेकोमा राप्रपाका निरञ्जन थापाले उम्मेदवारी फिर्ता लिएका छन् । एमालेले एक्लै १९ सिटमा उम्मेदवारी दिएको छ भने सत्ता गठबन्धनले साझा उम्मेदवार उठाएका छन् ।

राष्ट्रियसभामा दलहरुले विज्ञ एवं राष्ट्रिय जीवनमा ख्याती कमाएकाहरुलाई पठाउनुपर्नेमा चुनाव हारेका, दलका कार्यकर्ता र नाता गोतालाई महत्व दिएका छन् ।

राष्ट्रियसभाको विषयलाई लिएर दलका शीर्ष नेतामाथि अर्को आलोचना भइरहेको छ भने पार्टीभित्र यो विषयमा असन्तुष्टि र फरक मत देखा परेको अवस्था छ । दलका नेताहरुले राष्ट्रियसभाको गरिमालाई घटाएको दुःखद भाष्य स्थापित भएको छ यो साता ।

भारतको २० करोड अनुदान विवादमा
अघिल्लो साता भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आएका बेला भएका सम्झौताहरु मध्ये २० करोडसम्मको अनुदान भारतले सोझै दिन पाउने सम्झौता विवादमा तानिएको छ । यसबारे प्रभामन्त्री दाहालले संसदीय समितिमा जवाफ दिएका छन् । तथापि यसको आलोचना यो साता पनि सेलाएको छैन ।

यो पनि-

 

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ८ : २२ बजे

गोरखाका किसानलाई अनुदानमा ट्रयाक्टर

गोरखा– जिल्लाको गण्डकी गाउँपालिका–५ का १९ जना किसानलाई ५० प्रतिशत

ट्राफिक कारबाहीबाट चार करोड राजस्व संकलन  

अत्तरिया– सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा

अर्जेन्टिनाविरुद्ध फोकल्याण्डमा लडेका लाहुरेको नवौं कृति

सुनसरी- जीवनको उर्जाशील युवा समय काँधमा राइल बोकेर परेड खेल्दै

विश्वासको मत प्राप्त हुनेमा कुनै दुबिधा छैन : प्रधानमन्त्री 

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक गत्यावरोध निकासको दिशातर्फ

व्यक्ति केन्द्रित समिति गठन हुँदैन : एमाले उपाध्यक्ष पोखरेल 

मोरङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी