आजका समाचार : प्रचण्डको बहिर्गमन, नयाँ प्रधानमन्त्रीमा ओली निश्चित, त्रिशूलीमा खसेका दुई बस भेटिएनन् | Khabarhub Khabarhub

आजका समाचार : प्रचण्डको बहिर्गमन, नयाँ प्रधानमन्त्रीमा ओली निश्चित, त्रिशूलीमा खसेका दुई बस भेटिएनन्


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

प्रचण्डले पाएनन् संसद्को विश्वास : पक्षमा ६३, विपक्षमा १९४

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद्‍बाट विश्वासको मत पाउन असफल भएका छन् । नेपाली कांग्रेस र एमालेबीच नयाँ समीकरणमा सहमति बनेसँगै उनले संविधानको धारा १०० को उपधारा-२ अनुसार विश्वासको मत लिने निर्णय गरेका थिए ।

प्रधानमन्त्री बनेको १८ महिनामा पाँचौँ पटक विश्वासको मत लिँदा प्रचण्ड संसद्मा आफ्नो पक्षमा बहुमत जुटाउन असफल भएका हुन् ।

राष्ट्रपति कार्यालयले भन्यो- प्रचण्ड नेतृत्वको सरकार कामचलाउ बन्यो

निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि राष्ट्रपतिको कार्यालयले सरकार कामचलाउ भएको जानकारी दिएको छ ।

शुक्रबार साँझ शीतल निवासले विज्ञप्ति जारी गर्दै अर्को सरकार गठन नभएसम्म यही सरकार कामचलाउ सरकारका रूपमा रहने उल्लेख गरेको छ ।

नयाँ सरकार गठनबारे सहमति पत्रमा देउवा र ओलीले गरे हस्ताक्षर

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनको लागि आवश्यक कागजातमा हस्ताक्षर गरेका छन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएर स्वतः पदमुक्त भएका कारण राष्ट्रपति कार्यालयले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्ने भएको हो ।

राष्ट्रपतिबाट आह्वानलगत्तै प्रधानमन्त्रीमा ओलीको दाबी पेस गर्ने

त्रिशूलीमा डुबेका दुवै बस र यात्रुको पत्तो लागेन, झ्यालको पर्दा मात्रै भेटियो

पहिरोले सोहोरेर शुक्रबार बिहान त्रिशूली नदीमा खसेका दुईवटा बस र त्यसमा सवार करिब ६५ जना यात्रुको अवस्था अझै अज्ञात छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको गोताखोरसहितको टोलीले दिनभर खोजी गरे पनि त्रिशूलीको पानीको तीब्र बेगका कारण समस्या भएको हो ।

सिमलताल बस दुर्घटना : तीन जना पौडिएर बाँचे

पहिरोले त्रिशूलीमा झारेको बसमा थिए सात भारतीय नागरिक

मौसमको ‘रेड एडभाइजरी’ जारी भएका स्थानमा रात्रिबस चलाउन नदिइने

मनसुनका कारण उच्च जोखिमका सूचना जारी भएका सडकखण्डमा रात्रिकालीन सवारीसाधन चलाउन रोक लगाइने भएको छ ।

शुक्रबार गृहमन्त्रालयमा गृहसचिवको नेतृत्वमा बसेको सुरक्षा निकाय र सरोकारवाला निकायको छलफलले जल तथा मौसम पूर्वानुमान महाशाखाले ‘रेड एडभाइजरी’ जारी गरेका जिल्ला र क्षेत्रमा रात्रीकालिन सवारी चलाउन रोक लगाउने निर्णय गरेको हो ।

पहिरोमा पुरिएर कास्कीमा एकै परिवारका सातसहित १० जनाको मृत्यु

पोखरा महानगरपालिकामा गएराति पहिराले घर पुरिँदा एकै परिवारका ७ जनाको ज्यान गएको छ ।

पोखरा महानगरपालिका वडा नं. १९ पुरुन्चौर ठाँटीका कुलबहादुर परियारको घर गएराति सवा १० बजे झरेको पहिरोले पुरिँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

कास्की पहिरो अपटेड : मृतक पाँच जनाको सामूहिक दाहसंस्कार

कास्कीको पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटमा गए रातिको पहिरोमा परेर मृत्यु भएका सातमध्ये पाँच जनाको सामूहिक दाहसंस्कार गरिएको छ ।

पुरुनचौरका कुलबहादुर परियारको घर गए रातिको पहिरोमा पुरिँदा उनको परिवारका छसहित सात जनाको मृत्यु भएको थियो । मृतकमध्ये पाँच जनाको आज साँझ माछापुच्छ्रे गाउँपालिका–२ स्थित सेती नदीको चिन्तेबगर घाटमा सामूहिक दाहसंस्कार गरिएको स्थानीयवासी किशोरप्रसाद गौतमले जानकारी दिए ।

म्याग्दीमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

दक्षिणकालीमा पर्खाल भत्किएर पुरिएका ६ मध्ये एक बालिकाको मृत्यु

काठमाडौँको दक्षिणकालीस्थित थाई गुम्बा नजिकैको पर्खाल भत्किएर एक बालिकाको मृत्यु भएको छ । सो घटनामा परेका पाँच जनाको सकुशल उद्धार गरिएको छ ।

काठमाडौँ उपत्यका प्रहरी प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार आज अपराह्न चार बजे उक्त पर्खाल भत्किएर ६ जना पुरिएका थिए । घटनामा परेका सबैको उद्धार गरिएकामा उपचारका क्रममा एक बालिकाको मृत्यु भएको उनले बताए ।

गण्डकीमा मनसुनजन्य विपद्मा परी ३८ जनाको मृत्यु

बाढीपहिरोबाट सम्पर्कविहीन भएकाको खोजी तीव्र बनाउन किसान महासङ्घको माग

अवतरणका क्रममा भैरहवा विमानस्थल रनवेबाट चिप्लियो बुद्धको जहाज

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अवतरण गर्ने क्रममा बुद्ध एयरको विमान रनवेबाट चिप्लिएको छ ।

बिहीबार राति काठमाडौंबाट गएको जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर करिब ५ मिटर बाहिर पुगेको हो । जहाजको एकातर्फको चक्का माटोमा गाडिएको छ ।

युक्रेनलाई आवश्यक रहेसम्म फ्रान्सको सहयोग रहने राष्ट्रपति म्याक्रोँको भनाइ

इतिहास रच्ने मोडमा कोलम्बिया : के रोकिएला अर्जेन्टिना ?

हसरंगाले छोडे श्रीलंका क्रिकेट टिमको कप्तानी

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ८ : ०७ बजे

सहकारी ठगी मुद्दामा आज रविसँग बयान

पोखरा– कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा जोडिएका

कोशी प्रदेश सरकार स्थापनापछि ७८४ वटा डिपिआर निर्माण: करोडौँ रकम स्वाहा

विराटनगर– कोशी प्रदेश सरकार स्थापना भएपछि भौतिक पूर्वाधार विकास मन्त्रालय

बागलुङको किबी बुटबलदेखि काठमाडौंसम्म

बागलुङ– बागलुङमा उत्पादित बहुगुणी फल किबी अन्य जिल्लामा खपत हुन

दृष्टिविहीनका लागि विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने

धनुषा– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले दृष्टिविहीनहरूका लागि आवाससहितको विद्यालय

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको छ । प्रमुख जिल्ला अधिकारी नारायण