समाचार

आजका समाचार : उपसभामुख हटाउन मानेनन् साना दल, मन्त्रीसँग कार्यसम्पादन सम्झौता र भाकपा नेता यचुरीको निधन

By खबरहब

September 12, 2024

प्रधानमन्त्री ओली र मन्त्रीहरूबीच चालु वर्षका लागि कार्यसम्पादन सम्झौता चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिबारे उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार उक्त सम्झौतामा हस्ताक्षर भएको हो । यसैगरी प्रधानमन्त्री र मुख्यसचिवबीच पनि कार्यसम्पादन सम्झौता भएको छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न, प्रारम्भ गरिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरु तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौता गरिएको हो ।

इमान्दारिताका साथ जिम्मेवारी सम्पादन गर्न गृहसचिवद्वारा निर्देशन

गृहमन्त्री भन्छन्- निजी क्षेत्रमा अख्तियार जान नहुनेमा आमसहमति देखियो

मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्री ओली

प्रधानमन्त्रीको आग्रह- विश्वस्तरको प्रतिस्पर्धाका लागि जनशक्ति तयार गर्नुहोस्

सरकारले सयवटा पालिकामा खटायो प्रमुख प्रशासकीय अधिकृत

‘क्रेडिट रेटिङपछि लगानीका लागि नेपाल थप अनुकूल’

निजीक्षेत्रलाई प्रधानमन्त्रीको आग्रह- ‘सुखी नेपाली समृद्ध नेपाल’को नारालाई साकार पारौँ

प्रधानमन्त्री ओली, देउवा र दाहालबीच संवैधानिक परिषद्‍बारे वार्ता प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठकको तयारी र समसामयिक राजनीतिक विषयमा आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा शुक्रबार बस्ने परिषद् बैठकको तयारी र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बुधबार साँझका लागि राखिएको बैठक परिषद्को बैठक स्थगन भएको थियो ।

प्रधानमन्त्रीसँग प्रचण्डले भने- संवैधानिक निकायका सबै रिक्त पदमा भोलि नै सिफारिस गरौँ

विगतमा जितेको जोगाउँदै कांग्रेसले उपनिर्वाचनमा संख्या थप्नुपर्छ : गगन थापा

कांग्रेसबाट निर्वाचित उत्कृष्ट काम गर्ने जनप्रतिनिधि सम्मानित

धनराजको दाबी- एमालेसँगको गठबन्धन ०८४ सम्मै जान्छ

कांग्रेसको साहित्य, कला तथा संस्कृति विभागमा १० सदस्य मनोनीत

रास्वपाको राष्ट्रिय भेला : राजनीतिक र सांगठानिक प्रतिवेदन पेस गरिने

नेपालमा उत्पादित तरकारी कतार निर्यात गर्न सुरु नेपालमा उत्पादन गरिएको तरकारी आजबाट कतारमा निर्यात गर्न सुरु गरिएको छ ।

चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट नेपाल अफिसको सहयोगमा नेपालको कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा आज काठमाडौँको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित करिब दुई हजार किलो तरकारी कतार पठाइएको दक्षिणकालीका नगरप्रमुख मोहन बस्नेतले जानकारी दिए।

उनले भने, ‘त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि कतारी राजदूत मिसाल मोहम्मद अली अल अन्सारीलाई तरकारी हस्तान्तरण गरेका छौँ ।’ यसैगरी कृषि विभागका महानिर्देशक डा नरहरीप्रशाद घिमिरेले नेपालबाट कतारका लागि तरकारी निर्यात हुनु निकै खुसीको कुरा भएको बताए ।

भैरहवा र पोखरामा सिधा उडान थाल्न भारतीय समकक्षीसँग पर्यटनमन्त्रीको प्रस्ताव

गरिबी न्यूनीकरण गर्न कृषिमा लगानी बढाउनुपर्छ : मन्त्री अधिकारी

अन्तरमन्त्रालय स्वास्थ्य समन्वय बैठक वर्षमा २ पटक बस्ने

इमान्दारिताका साथ जिम्मेवारी सम्पादन गर्न गृहसचिवद्वारा निर्देशन

उपरथी शाहलाई दर्ज्यानी चिन्ह प्रदान

बजेट अभावमा खेलकुद पूर्वाधारहरू अलपत्र : मन्त्री चौधरी

प्रेस चौतारीका अध्यक्षलाई पक्राउ गर्न प्रहरी होटलमा छिरेपछि खैलाबैला सत्तारुढ नेकपा एमालेनिकट प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई खोज्दै प्रहरी टोली बागबजारको हार्दिक होटलमा छिरेको छ ।

प्रेस चौतारीका अन्य पदाधिकारीसहित एउटा बैठकमा बसिरहेका बेला सादा पोशाकका प्रहरीको टोली बस्नेतलाई पक्राउ गर्न पुगेको थियो ।

प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डेले अनलाइनमा समाचार लेखेकै कारण बस्नेतलाई पक्राउ गर्न खोजिएको बताएका छन् ।

‘समाचार लेखेकै कारण हाम्रो संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेतलाई बागबजारमा अपराधी जसरी पक्राउ गर्ने प्रहरीको प्रयास निन्दनीय छ’, उक्त होटलमै रहेका पाण्डेले भने, ‘प्रहरीको टोली आएर जोरजबरजस्ती गर्न खोज्दा हामीले प्रतिकार गर्‍यौँ ।’

कतार उड्न लागेका युवकलाई जब प्रहरीले विमानस्थलमा हतकडी लगायो

त्रिभुवन विमानस्थलमा यात्रु बिदाइ गर्दा खादा-माला लैजान प्रतिबन्ध

निर्वाहमुखी कृषि क्षेत्रलाई निर्यातमुखी बनाइने छ : मुख्यमन्त्री कार्की

पूर्वाधार सम्मेलन सुरु, गुणस्तरीय र दिगो पूर्वाधार निर्माणमा जोड

पशुपतिको कोटीहोमबाट आयोजकलाई ७२ लाख ५० हजार घाटा !

नेपालगञ्ज मेडिकल कलेजले उपचारमा लापरबाही गरेको ठहर, क्षतिपूर्ति दिलाउने आदेश

झापामा पूजाको प्रसाद खाँदा ६० जनाभन्दा बढी बिरामी

हिरासतमा रहेका पाकिस्तानी सांसदलाई संसद्मा उपस्थित हुन अनुमति जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको समर्थनमा प्रदर्शन गरेपछि नयाँ विरोध कानुनअन्तर्गत हिरासतमा लिइएका धेरै पाकिस्तानी सांसदलाई बिहीबार संसद्मा उपस्थित हुन अनुमति दिइएको छ ।

यसै साता १० सांसदलाई पक्राउ गरिएको थियो । तीमध्ये केहीलाई राजधानी इस्लामावादमा नेशनल एसेम्बलीमा उनी हरूको कार्यालयबाट पक्राउ गरिएको थियो । उनीहरूमथि मंगलबार एक साता पुरानो विरोध कानून र आतंकवाद विरोधी ऐनअन्तर्गत आरोप लगाइएको थियो ।

उनीहरूलाई आठ दिनका लागि हिरासतमा पठाइएको थियो तर सभामुखले हिरासतमा फर्कनुअघि उनीहरूलाई संसद् अधिवेशनमा उपस्थित हुन अनुमति दिइनुपर्ने आदेश दिएपछि बिहीबार धेरै सांसद संसद्मा उपस्थित भए ।

चीनको आर्थिक मन्दीका कारण विश्वव्यापीरुपमा इन्धनको माग सुस्त

भारतीय कम्युनिष्ट पार्टीका महासचिव यचुरीको निधन

ब्याजदरमा कटौती गर्ने ईसीबीको संकेत

युक्रेनमा युद्ध चर्किदै जाँदा अमेरिकी विदेशमन्त्री ब्लिन्केन पोल्याण्डमा

भारतको मणिपुरमा हिंसा झन बढ्दै, दर्जनौँ पक्राउ

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जिया अस्पताल भर्ना

पेरूका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीको निधन