खाद्यान्नबालीमा आत्मनिर्भर बनाउने सरकारको मूल लक्ष्य : कृषिमन्त्री « Khabarhub

खाद्यान्नबालीमा आत्मनिर्भर बनाउने सरकारको मूल लक्ष्य : कृषिमन्त्री


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– संघीय  कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले मुलुकमा खाद्यान्नबालीतर्फ धान, मकै, गहुँलाई दिगोरूपमा आत्मनिर्भर बनाउने उद्देश्यले सरकारले गुरुयोजनासहित किसानको घरदैलोमा पुग्ने र उत्पादनलाई आधुनिक प्रविधिमा जोड्ने मूल लक्ष्य लिएको बताएका छन् ।

हेटौँडाको ५५औँ नगर स्थापना दिवसको उपलक्ष्यमा हेटौँडा उपमहानगरपालिकाद्वारा आज आयोजित समारोहलाई सम्बोधन गर्दै कृषि उत्पादन, पशुपालन र माछाको उत्पादन वृद्धि गर्न सरकारले अब स्थानीय निकायलाई बहुवर्षीय योजना अन्तर्गत स्रोतसाधनसहित जनशक्ति उपलब्ध गराउनेतर्फ गृहकार्य भइरहेको जानकारी गराए। 

मुलुकमा खाद्यान्नको अभाव हुने अवस्थाको अन्त्यका लागि संघीय सरकारले तत्कालै रु ५५ अर्बको खाद्यान्न बाह्य मुलुकबाट आयात गरिने लक्ष्यका साथ स्रोतसाधन परिचालन गरेको उनले बताए। मन्त्री भुसालले प्रदेशका स्थानीय तहले पनि आ–आफ्नो निकायमार्फत स्थानीयस्तरमा खाद्यान्नबाली, मौसमी तरकारी, दूध उत्पादन र माछाको उत्पादनका लागि वार्षिक कार्यक्रम तर्जुमा गरिँदा थप स्रोतसाधन परिचालन गर्नेतर्फ जिम्मेवारीबोध गर्न आह्वान गरेका छन् । 

हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना लामाले उपमहानगरपालिकाले वडा नंं १ देखि १९ सम्म भूगोल अनुसारको कृषि उत्पादन, पशुपालन र माछापालनका लागि कृषि पकेट कार्यक्रम तर्जुमा गरिएको र स्थानीय किसानलाई उन्नत प्रविधिबाट खेती गर्ने प्रावधानलाई अघि बढाउन आवश्यक जनशक्ति परिचालन गरिने बताए। मकवानपुरलाई खाद्यान्नतर्फ आत्मनिर्भर बनाउने लक्ष्यका साथ उपमहानगरपालिकाले काम गरेको उनको भनाइ थियो । 

सो अवसरमा मकवानपुरका प्रमुख जिल्ला अधिकार सूर्यप्रसाद सेढाईं, हेटौँडा उप–महानगरपालिकाका उपप्रमुख राजीव बानियाँ, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरका उपसचिव सीता विष्टले जिल्लाका स्थानीय तहले जनताको पूर्वाधार विकासका साथै कृषि उत्पादन, पशुपालनका लागि घाँसखेती र सिँचाइको थप योजनालाई कार्यान्वयन गर्न आग्रह गरे ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  २ : ३१ बजे

प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी

बेत्रावती–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

देशको नाम शुद्ध नबोलेकी जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले संसदीय सुनुवाइमा के भनिन् ?

काठमाडौँ – जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले मंगलबार

बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

काठमाडौँ – बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

रोहितको अर्धशतक र करणको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले ओमनलाई दियो २ सय ६४ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

सरकारी सवारीसाधन दुरुपयोग गर्ने एक जना पक्राउ

बनेपा– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ