भारतको विधानसभा उपचुनावमा ‘इन्डिया’ले १० सिट जित्दा भाजपालाई झट्का « Khabarhub

भारतको विधानसभा उपचुनावमा ‘इन्डिया’ले १० सिट जित्दा भाजपालाई झट्का


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतमा भएको विधानसभा उपनिर्वाचनमा कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनले शानदार जीत हासिल गरेको छ ।

विभिन्न सात राज्यमा रिक्त भएको सीटमा गत बुधबार उपचुनाव भएको थियो । उपचुनावको मत परिणाम आज सार्वजनिक भएको हो ।

केन्द्रमा प्रतिपक्षी रहेको इन्डिया गठबन्धनले १३ मध्ये १० सिट जितेको छ । सरकार हाँकिरहेको भाजपा नेतृत्वको एनडीए गठबन्धन भने जम्मा दुई सीटमा खुम्चिएको छ । एक सीटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्‌ ।

इन्डिया गठबन्धनको प्रमुख घटक कांग्रेसले चार, तृणमूल कांग्रेसले चार, डीएमके र आम आदमीले एक/एक सीटमा जीत हासिल गरेका हुन्‌ ।

हिमाञ्‍चल प्रदेशको देहरा सीटमा राज्यका मुख्यमन्त्री सुखविंदर सिंह सुक्खूकी पत्नी एवम्‌ कांग्रेस उम्मेदवार कमलेश ठाकुरले बीजेपीका होशियार सि‌ंहलाई ३२ हजारभन्दा बढी मतान्तरले पराजित गरेकी छिन् ।

तर मुख्यमन्त्री सुक्खूलाई भने उनकै गृह जिल्लाको हमीरपुरमा भाजपा उम्मेदवार आशिष कुमार शर्माले करिब १५ सय मतान्तरले पराजित गरिदिएका छन्‌ ।

हिमाञ्‍चलको नालागढ विधानसभा सीटमा कांग्रेसका हरदीप सिंह बावाले जीत हासिल गरेका छन्‌ ।

पश्चिम बङ्गालका चारै सीटमा तृणमूल कांग्रेसका उम्मेदवार विजयी भएका छन्‌ । तमिलनाडुको विक्रावन्डी सीटमा डीएमकेका अन्नियूर शिवा एक लाख २४ हजार मतले विजयी भएका छन्‌ ।

बिहारको रूपौली सिट निर्दलीय उम्मेदवार शंकर सिंहले जितेका छन्‌ । भाजपा शासित मध्य प्रदेशको अमरवाडा सिटमा भाजपाका प्रत्यासी कमलेश प्रताप शाह निर्वाचित भएका छन्‌ ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ६ : ४६ बजे

सिक्किम सुरुङ दुर्घटना : नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता

नयाँदिल्ली– भारतको हिमाली राज्य सिक्किममा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा

सिरहा ट्राफिकले गर्‍यो एक करोड बढी राजस्व संकलन

जनकपुरधाम– जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले गत आर्थिक वर्ष २०८२-८३

निर्वाचन आयोगका सिफारिस पदाधिकारीको सुनुवाइ साउन १२ र १३ मा

काठमाडौं– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त

कीर्तिपुरमा कारभित्रै जलेको अवस्थामा एक व्यक्तिको शव भेटियो, प्रहरीले अनुसन्धान थाल्यो

काठमाडौं- काठमाडौंको कीर्तिपुरस्थित चाँदनीचोकमा एक व्यक्तिको कारभित्र जलेको अवस्थामा शव फेला

साउनमा किन कपाल काट्नु हुँदैन ? 

काठमाडौं– साउनको महिनामा कपाल काट्नुहुन्न भन्ने परम्परागत मान्यता छ ।