उत्तर कोरिया, पाकिस्तान र चीनजस्ता मुलुकले धार्मिक स्वतन्त्रता उल्लङ्घन गरेको अमेरिकी आरोप | Khabarhub Khabarhub

उत्तर कोरिया, पाकिस्तान र चीनजस्ता मुलुकले धार्मिक स्वतन्त्रता उल्लङ्घन गरेको अमेरिकी आरोप


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकाले उत्तर कोरिया, पाकिस्तान, चीनजस्ता मुलुकले ‘चिन्ताजनक रुपमा’ धार्मिक स्वतन्त्रताको उल्लङ्घन गर्ने गरेको जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले प्रतिवेदन सार्वजनिक गर्दै यस्ता मुलुकहरुले धार्मिक स्वतन्त्रता हनन् गर्ने गरेको र आफ्नो मुलुकमा हुने यस्ता गतिविधिमा सहनशीलता देखाएको आरोप लगाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले हालै जारी गरेको ‘चिन्ताजनक रुपमा’ धार्मिक स्वतन्त्रता उल्लङ्घन गर्ने मुलुकहरुको सूचीमा उत्तर कोरिया, पाकिस्तान र चीनसहित म्यान्मार, क्युबा, रुस, साउदी अरब, ताजिकिस्तान, तुर्कमेनिस्तान इरेट्रिया र इरानजस्ता मुलुक रहेका छन् ।

त्यसबाहेक अमेरिकाले अल्जेरिया, अजरबैजान, मध्य अमेरिकी गणतन्त्र, कोमोरोस र भियतनामलाई धार्मिक स्वतन्त्रता उल्लङ्घन गर्ने देशको ‘विशेष निगरानी सूची’ मा राखेको छ । अमेरिकी विदेशमन्त्री एन्थोली ब्लिन्केनले अन्तर्राष्ट्रियस्तरमा धार्मिक स्वतन्त्रताको अभ्यासका विषयमा अमेरिका सदैव दृढ रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ४ : ५६ बजे

गाजामा भएको इजरायली हमलामा चार जनाको मृत्यु 

गाजा– गाजा सहरको पूर्वमा रहेको तुफाहमा मङ्गलबार भएको इजरायली  हमलामा

वडा तहदेखि पार्टीलाई क्रियाशील बनाउनुपर्छ : कृष्णप्रसाद सिटौला 

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीलाई वडा तहदेखि नै

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–१ रामनगरमा गएराति बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चीन भ्रमणमा जाँदै

लुम्बिनी– यही कात्तिक २६ देखि २८ गतेसम्म चीनको सिछुआन प्रान्तमा

काबेली करिडोर प्रसारण लाइन पुनः निर्माण सम्पन्न

काठमाडौं– बाढीपहिरोले क्षति पुगेको काबेली करिडोर १३२ केभी डबल सर्किट