आजका समाचार : कांग्रेस सभापतिमा शेखरको दाबी, मुकुलले मागे रविको राजीनामा, भक्तपुरमा दिनभर तनाव | Khabarhub Khabarhub

आजका समाचार : कांग्रेस सभापतिमा शेखरको दाबी, मुकुलले मागे रविको राजीनामा, भक्तपुरमा दिनभर तनाव


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


894
Shares
  • change font
  • change font
  • change font

मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन- तीन महिनाभित्र नयाँ कीर्तिमान राख्ने योजना ल्याउनुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनाभित्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्ने खालका ठोस योजना ल्याउन निर्देश गरेका छन् ।

मन्त्रालयहरूको वार्षिक प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयनका साथै सरकारको एक सय दिनभित्र गरिने मुख्य कामबारे आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको प्रस्तुतिपछि सम्बोधन गर्दै उनले देश र जनताका लागि गर्नुपर्ने र गर्न खोजिएका कामका सम्बन्धमा अझ व्यवस्थित र ठोस तयारी गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीको उपस्थितिमा मन्त्रालयगत समीक्षा, गत वर्ष पुँजीगत खर्च ६३ प्रतिशत

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गत आर्थिक वर्षको प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यन्वयन योजनाका साथै वर्तमान सरकारका १०० दिनका मुख्य कामबारे छलफल भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरु, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र सबै मन्त्रालयका सचिवहरू सहभागी छन् ।

पेरिसडाँडामा प्रचण्डले भने- माओवादी फुट्दैन, जनार्दन शर्मासँग कुरा मिलिसक्यो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको बताएका छन् ।

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकमा जवाफ दिएर बाहिरिने क्रममा दाहालले यस्तो बताएका हुन् ।

शेखरले गरे पन्ध्रौँ महाधिवेशनमा सभापति पदको दाबेदारी

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको आगामी महाधिवशेनमा सभापतिमा उठ्ने बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अघिल्लो महाअधिवेशनमा पराजित निकटतम् प्रतिद्वन्द्वी भएका कारण अब सभापतिमा स्वतः दाबी रहने बताए ।

स्पष्टीकरण बुझाउँदै मुकुलले मागे रवि लामिछानेको राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेको राजीनामा माग गरेका छन् ।

पार्टीले सोधेको २४ घण्टे स्पष्टीकरण पत्रको आज जवाफ दिँदै ढकालले पार्टी जोगाउन र वैकल्पिक राजनीति अघि बढाउन मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।

सभामुखसमक्ष दुई संसदीय समितिका सभापतिको शपथ

सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को संयुक्त समितिका नवनिर्वाचित दुई जना सभापतिलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

सिंहदरबारमा आज आयोजित कार्यक्रममा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति ठाकुरप्रसाद गैरे र संसदीय सुनुवाइ समितिका सभापति ईश्वरीदेवी न्यौपानेले शपथ लिए ।

जसपा नेपालले केन्द्रीय सदस्यलाई अभियानमा खटायो

जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय सदस्यहरूलाई अभियानमा खटाएको छ ।

ललितपुरको सानागाउँस्थित थसी व्याङ्क्वेटमा चार दिनसम्म चलेको बैठकले पार्टीका केन्द्रीय नेतालाई आधारभूत संगठन निर्माण अभियानमा खटाएको सो पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिए।

‘पार्टीका दुई सय १५ केन्द्रीय सदस्यलाई देशभरीका विभिन्न पालिका समितिको अभियन्ताको रुपमा खटाएको हो’, उनले भने, ‘सबै स्थानीय तहअन्तर्गतका टोल, बुथ, वडा, गाउँ नगर, प्रदेशसभा र संघीय निर्वाचन क्षेत्र स्तरसम्म सङ्गठनको सञ्जाल विस्तार गर्ने अभियानको उद्देश्य रहेको छ ।’

कुलमानको गुनासो- लोडसेडिङ हुँदा रमाउनेहरूले मेरो विरोध गर्दैछन्

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ् हुँदा खुसी हुने जमातले आफ्नो विरोध गर्ने गरेको गुनासो गरेका छन् ।

प्राधिकरणको वार्षिकोत्सवको सन्दर्भमा बिहीबार काठमाडौंमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनले संस्थान घाटामा जाँदा र लोडसेडिङ हुँदा खुसी हुने जमात ठूलो रहेको बताए। अहिले उनीहरू नै आफ्नो विरोध गर्ने गरेको गुनासो गरेका छन् ।

अख्तियार प्रमुख भन्छन्- भ्रष्टाचार मुद्दामा हद म्यादको विषय संसद्‍ले टुंग्याओस्

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार मुद्दामा हदम्याद राख्ने नराख्ने निर्णय संसद्ले नै गर्नुपर्ने बताएका छन् ।

सिंहदरबारमा जारी संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । समितिले भ्रष्टाचार निवारण इेन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गरिरहँदा राईलाई पनि बोलाइएको छ ।

राष्ट्रियसभा : राष्ट्रिय परिचयपत्रलाई थप व्यवस्थित बनाउन माग

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा राजनीतिक सहमति भएकामा प्रसन्नता व्यक्त गरे। यस्तै, उनीहरूले मुलुकको पछिल्लो राजनीतिक अवस्था एवम् राष्ट्रिय तथा स्थानीय समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराए ।

सभाको विशेष समयमा बोल्दै सांसद सोनामग्याल्जेन शेर्पाले विद्युतीय जोखिमका क्षेत्रमा काम गर्नेलाई प्रभावकारी बीमाको प्रबन्ध गर्न, सुरक्षाका उपकरणको प्रयोग गर्न तथा सञ्चार सम्पर्कको व्यवस्थित प्रबन्ध गर्न माग गरे। उनले राष्ट्रिय परिचयपत्रलाई थप व्यवस्थित बनाउन तथा त्यसको प्रयोगलाई बढावा दिनुपर्नेमा जोड दिए । राष्ट्रिय सहमतिका आधारमा नै संविधान संशोधनलगायतका विषयलाई अगाडि बढाउनुपर्ने सांसद शेर्पाको भनाइ छ ।

गठ्ठाघरको अवस्था सामान्य, ट्राफिक प्रहरीलाई लगाए स्थानीयले घटनाको दोष

भक्तपुरको गठ्ठाघरमा एउटा ट्रकले स्कुटरलाई ठक्कर दिएर चालकको ज्यान लिएपछि सुरु भएको तनाव अब साम्य भएको छ ।

दुर्घटनाका क्रममा रोकिरहेको स्कुटरलाई ट्रकले सोहोरेर चालकको ज्यान लिएको थियो । ना. ६ ख २१७३ नम्बरको ट्रकले रोकिरहेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि करिब सय मिटरसम्म घिसारेको थियो ।

दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका थिए । ट्रकले स्कुटरलाई ठक्कर दिएपछि सोहोरेर लैजाँदा स्कुटरमा सवार महिलाको शरीर क्षतविक्षत भएको छ । तर अहिलेसम्म पनि उनको पहिचान खुल्न सकेको छैन ।

४३ अंकको वृद्धिसँगै ३ हजार पुग्यो नेप्से, कारोबारमा नयाँ रेकर्ड

नेपाल स्टक एक्सचेञ्ज –नेप्से)ले ३ हजारको विन्दु पार गरेको छ । आज बिहीबार साताको अन्तिम कारोबार दिन नेप्से ४३.०५ अंकले बढेसँगै नेप्सेले ३ हजारको विन्दु पार गरेको हो ।

नेप्से १.४५ प्रतिशतले बढेर ३०००.८१ विन्दुमा पुगेको छ । नेप्सेबढेसँगै कारोबारमा पनि नयाँ रेकर्ड राखेको छ । प्रि ओपन सेसनमा २२ अंकले बढेर सुरु भएको शेयर बजार बन्द हुँदासम्म २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएसँगै नयाँ रेकर्ड कायम गरेको हो ।

विश्व बैंकले बजेटरी सहयता वृद्धि गर्ने

विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहयता वृद्धि गर्ने जानकारी दिएका हुन् ।

नेपालसँगको सहयोग र साझेदारी बढाउन पाकिस्तान प्रतिबद्ध

नेपालका लागि पाकिस्तानका राजदूत अब्ररर एच हास्मीले नेपालसँगको सहयोग र साझेदारी बढाउन पाकिस्तान प्रतिबद्ध रहेको बताएका छन् ।

पाकिस्तानको ७८ औँ स्वतन्त्रता दिवसका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा बुधबार साँझ काठमाडौंमा आयोजित स्वागत समारोहमा उनले नेपाललाई पाकिस्तानले निरन्तर सहयोग गर्ने बताए ।

अन्तर्राष्ट्रिय…

स्पेनका फुटबलर लमिन यमालका पितामाथि चक्कु प्रहार

स्पेनका १७ वर्षिय फुटबल स्टार लमिन यमालका पितामाथि चक्कु प्रहार भएको छ ।

उनलाई कार पार्किङमा चक्कु प्रहार भएको हो । यामलका पिता मोउनिर नसराओईलाई तटीय सहर मतारोमा बुधवार आक्रमण गरिएको स्पेनका मिडियाहरूले उल्लेख गरेका छन् ।

पिताले जन्मदर्ता गराइनसक्दै इजरायली सेनाबाट मारिए चार दिने जुम्ल्याहा

गाजा क्षेत्रमा इजरायलले नरसंहार जारी राखेको छ । दैनिक सर्वसाधारणको बस्तीमा बम बर्साउने क्रममाले सबैभन्दा धेरै बालबालिका र महिला मारिएका छन् ।

पछिल्लो पटक इजरायली हमलाको यस्तै दर्दनाक घटना बाहिरिएको छ। एकजना पिता चार दिनअघि मात्रै जन्मिएका जुम्ल्याहाको जन्मदर्ता गराउन गएका बेला घरमा इजरायलले बम खसालिदियो । त्यसक्रममा ती दुवै जुम्ल्याहा मारिएका छन् ।

उत्तर कोरियाले पाँच वर्षपछि पर्यटनका लागि सीमा खुला गर्ने

बाइडेन-ह्यारिस संयुक्त चुनावी अभियानमा

अष्ट्रेलियामा बेरोजगारी दर बढेर दुई वर्षयताकै उच्च

बंगलादेशका हिन्दूमाथिको आक्रमणप्रति मोदीले जनाए गम्भीर चिन्ता

खेलकुद…

दशरथ रंगशालाको मैदान खराब भएपछि एन्फा र राखेप छलफलमा

दशरथ रंगशालाको अवस्था दयनीय भएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) छलफलमा जुटेका छन् ।

गत मंगलबार भुटानको पारो एफसीले र नेपालको चर्च ब्वाइज युनाइटेड क्लब एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेल खेल्ने क्रममा मैदान हिलाम्मे भएपछि अहिले सामाजिक सञ्जाल र मिडियामा कडा आलोचना भइरहेको छ ।

साफ च्याम्पियन्सिप खेल्न माल्दिभ्स टोली नेपालमा

युरोपियन सुपर कपको उपाधि रियल मड्रिडलार्ई, एम्बाप्पेको डेब्यु गोल

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  ८ : ०१ बजे

तलेजु भवानीमा गतवर्षको तुलनामा दर्शनार्थी घटे

काठमाडौं – तलेजु भवानी मन्दिर वर्षको एक दिन बडादसैँको महानवमीमा

बाढीले क्षति पुर्‍याएको त्रिशूलीको झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

गोरखा – त्रिशूली नदीमा आएको बाढीले क्षति पु¥याएको झोलुङ्गे पुल

बाढीपहिरो पीडित आफन्तकहाँ आश्रय लिएर दशैं मनाउँदै

खोटाङ – बाढी तथा पहिरोबाट विस्थापित भएका जिल्लाका ३३ परिवार

बैतडीका भगवती मन्दिरमा जात्रा सम्पन्न, एक हजार पशुबलि चढाइयो

बैतडी । यहाँका विभिन्न भगवती मन्दिरमा महाअष्टमीको जात्रा सम्पन्न भएको

दशैंको किनमेल स्थानीय हाटबजारमा

नवलपरासी – नवदुर्गा सुरु भएसँगै गाउँघरको वातावरण रमाइलो हुने गरेको