आयोवा ककस : रिपब्लिकन पार्टीको आन्तिरक प्रतिस्पर्धामा ट्रम्प विजयी « Khabarhub

आयोवा ककस : रिपब्लिकन पार्टीको आन्तिरक प्रतिस्पर्धामा ट्रम्प विजयी


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकामा राष्ट्रपतीय निर्वाचन आउनै लाग्दा आयोवा राज्यमा भएको प्रतिस्पर्धामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भएका छन् । आयोवा राज्यमा आयोजित रिपब्लिकन पार्टीको आन्तरिक प्रतिस्पर्धा (ककस) मा पूर्वराष्ट्रपति बाइडेनले फ्लोरिडाका गभर्नर रन डिसान्टिस र संयुक्त राष्ट्रसंघका लागि पूर्वअमेरिकी राजदूत निक्की हेलीलाई पछि पारे ।

आयोवा ककसमा पूर्वराष्ट्रपति ट्रम्पले ५१ प्रतिशत मत प्राप्त गर्दा डिसान्टिसले २१ र हेलीले १९ प्रतिशत मत पाएको एडिसन रिसर्चलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । यसलाई हालसम्मकै सबैभन्दा ठूलो अन्तर मानिएको छ ।

आयोवा ककसमा विजयी भएपछि ट्रम्पले धन्यवाद दिएका छन् । उनले आफ्नो ट्रुथ सोसल सामाजिक सञ्जालमा लेखेका छन्, ‘आयोवालाई धन्यवाद, म सबैलाई माया गर्छु ।’ विभिन्न कानुनी झमेलामा फसेका ट्रम्पको जितलाई निकै महत्वका साथ हेरिएको छ ।

आयोवा ककसको नतिजासँगै रिपब्लिकन पार्टीबाट राष्ट्रपतीय प्रतिस्पर्धामा रहेका युवा उद्यमी विवेक रामास्वामीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । केबल ८ प्रतिशत मत पाएका उनले अब ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ३ : ४३ बजे

लैनचौरमा मनाइयो शहीद दिवस (तस्बिरहरू)

काठमाडौं– देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा स्वरूप

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

एजेन्सी – भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल

क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडालाई अमेरिकामा बिक्री हुने

लोकतान्त्रिक अधिकारको बीउ शहीद नै रोपेका हुन् : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आजको

नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते भएका