आजका समाचार : संसदमा घम्साघम्सीदेखि सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मतसम्म  | Khabarhub Khabarhub

आजका समाचार : संसदमा घम्साघम्सीदेखि सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मतसम्म 


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

मन्त्रिपरिषद् : दुई सहसचिवको सचिवमा बढुवा
मन्त्रिपरिषद्को बिहीबार दिउँसो बसेको बैठकले फिनल्याण्ड सरकारबाट प्राप्त १३ मिलियन युरो अनुदान सहायता स्वीकार्ने निर्णय गरेको छ ।

बैठकले जलवायु परिवर्तन अनुकल कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायत स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।


त्यस्तै सरकारले दुईजना सहसचिवलाई सचिवमा पदमा बढुवा गरेको छ । हाल मधेस प्रदेशको कायममुकायम सचिवका रुपमा रहेका लोकनाथ पौडललाई नेपाल प्रशासन समूहतर्फ सचिवमा बढुवा गर्ने निर्णय भएको हो ।

नेपाल कृषि वनसेवातर्फ राजेन्द्रप्रसाद मिश्रलाई पनि सरकारले सचिवमा बढुवा गरेको छ ।

दासढुंगा घटना प्रकरण निक्कै रहस्यपूर्ण थियो

पार्टी विभाजनको भण्डाफोर गर्न जसपा नेपालको देशभर परिपत्र

गृहमन्त्री लामिछानेबाट त्रिभुवन विमानस्थलमा अनुगमन

देउवाको तर्क

सहकारी अपचलनबारे छानबिन समिति गठन हुनुपर्ने एकीकृत समाजवादीको माग

ओलीको अभिव्यक्तिले कांग्रेस डराउँदैन : शेखर कोइराला

छानबिन समितिको कार्यादेशमा कुरो नमिल्दा भाँडियो सहमति

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्तापक्ष सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन तयार नभएपछि सहमति जुट्न नसकेको जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेको प्रस्तावअनुसार अघि बढ्न प्रतिपक्षी तयार भए पनि नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अड्को थापेपछि अन्तिममा सहमति जुट्न नसकेको कांग्रेस नेताहरुले बताएका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेले प्रतिनिधिसभा बैठकमा सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएर संसदीय छानबिन समिति गठन प्रस्ताव गरेका थिए ।

सत्तापक्षले संसद्‍मा भिडन्त निम्त्यायो, सबै जिम्मा सभामुखले लिनुपर्छ

संसद्‍मा तनावको दोष कांग्रेसले सभामुख घिमिरेलाई लगायो

एमाले अध्यक्ष ओली र कांग्रेस उपसभापति गुरुङबीच भनाभन

सांसदहरूबीच घम्साघम्सीपछि डीपीले प्रधानमन्त्रीलाई ढोका पार गराए

रविको चित्कार-‘एक पटक बोल्न पाउँ’

प्रतिनिधि सभामा कांग्रेस र एमाले सांसदहरूबीच धकेलाधकेल

रास्वपा भन्छ- ‘कांग्रेस नेता घण्टा-घण्टामा कुरा फेर्छन्, उहाँहरूलाई सरकार चाहिएको छ’

जब धनराज गुरुङ नाराबाजी गर्दै केपी ओलीसँग खनिए

संसद बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस सांसदलाई निर्देशन

कांग्रेससँग जुटेन सहमति

कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगित

सभामुख र शीर्ष नेता छलफलमा, गृहमन्त्रीपछि बोल्न पाउनुपर्ने कांग्रेसको अडान
सहकारी प्रकरणमा छानबिनका लागि संसदीय बनाउने करामा दलहरू सहमतिनजिक छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राखेका अडानमा सत्ता पक्ष लचिलो भए अझै कुरा मिल्न सकेको छैन ।


अहिले दलहरूबीच उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोलिसकेपछि कसले बोल्ने भन्नेमा कुरा मिल्न बाँकी छ ।

कांग्रेसले गृहमन्त्रीले सम्बोधन गरिसकेपछि आफूहरूले बोल्न पाउनुपर्ने अडान राखेको छ । जसमा सत्ता पक्ष र प्रतिपक्षीबीच सहमति जुट्न नसकेको हो ।

गृहमन्त्रीको राजीनामा नमाग्ने सर्तमा छानबिन समिति बन्छ

संसद्‍मा तनावपछि कांग्रेसको प्रतिक्रिया : सत्तापक्षको जबरजस्ती रोक्न खोजेका हौँ

कांग्रेसको आरोप : सत्ता पक्षका नेता बाटोमै कुरा फेर्न थाले, एमालेले चलखेल गर्‍यो

लिङ्देनको सुझाव : संसद् खोल्न समिति बनाऊँ, गृहमन्त्रीको राजीनामा पछिको कुरा हो

गृहमन्त्रीले संसद्‍मा बोल्न पाउनुपर्छ, त्यसपछि समिति बनाउन तयार छौँ : उपसभापति अर्याल

गृहमन्त्री लामिछानेलाई बोल्न दिएर संसदीय समिति बनाउन कांग्रेस लचिलो

संसद्मा अवरोधबीच सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत
सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन् । नेपाली कांग्रेस र नाउपाका बहुमत सांसदहरूको नाराबाजीका बीच मुख्यमन्त्री सोडारीले विश्वासको मत लिएका हुन् ।

आजको विश्वासको मतको मतदानमा कांग्रेस र नाउपाका ५ सांसदले बहिष्कार गरेका थिए । उनीहरूले प्रदेश प्रमुखले संविधान विपरित मुख्यमन्त्री नियुक्ति गरेको भन्दै विरोध गरेका थिए ।


आजको मतदान प्रक्रियामा २८ सांसद सहभागी रहेका थिए । सबै २८ मत विश्वासको मतको पक्षमा परेको थियो ।

एकीकृत समाजवादीका सोडारी एमाले र माओवादीको समर्थनमा यही वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

सुदूरपश्चिमका मुख्यमन्त्री विरुद्धको रिट खारेज

जसपा नेपाल मधेश प्रदेशको संसदीय दलको बैठक सम्पन्न

कोशीमा संघीयता कार्यान्वयन परीक्षणकालमै छ : सभामुख बिष्ट

बागमती प्रदेशको संसदीय समिति सभापतिको निर्वाचन शनिबार

कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान

मोदीविरुद्ध उम्मेदवारी दिएका हास्यकलाकार श्याम रंगीलाको मनोनयन खारेज
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध उम्मेदवारको मनोनयन दर्ता गरेका हास्यकलाकार तथा मिमिक्री कलाकार श्याम रंगीलाको उम्मेदवार खारेज भएको छ ।

निर्वाचन आयोगले रंगीलाको मनोनयन दर्ताको प्रक्रिया नपुगेको भन्दै उम्मेदवारी दर्ता खारेज गरेको हो । भारतीय मिडियाहरूले उनको उम्मेदवारी अस्वीकृत भएको बताएका छन् ।


उम्मेदवारी खारेज भएपछि श्याम रंगीलाले उम्मेदवारीको क्रममा आफूले शपथ फर्म पूरा नगरेको भन्दै उम्मेदवारी खारेज गरिएको बताएका छन् ।

यद्यपि, उनले आफू पहिलो पटक चुनाव लडेको र सम्पूर्ण प्रक्रियाअनुसारका कागजात बुझाएको पनि दाबी गरे । उनको उम्मेदवारी दर्ता गर्ने क्रममा पनि आयोगले सहयोग नगरेको र एक दिनपछि मात्र मनोनयन दर्ताको फर्म बुझेको आरोप लगाएका थिए ।

राष्ट्रपति पुटिन चीन भ्रमणमा

इजरायली प्रधानमन्त्री नेतान्याहुसँग रक्षामन्त्री असन्तुष्ट

जेलेन्स्कीका सबै विदेश भ्रमण स्थगित

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ८ : ०० बजे

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल