भोजपुरमा आगलागीबाट एक करोड बराबरको क्षति « Khabarhub

भोजपुरमा आगलागीबाट एक करोड बराबरको क्षति


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

टक्सार– भोजपुर नगरपालिका–१२, टक्सारको मालबाँसेमा आगलागीबाट एक करोड तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

शनिबार दिउँसो वनमा लागेको डढेलो बस्तीमा आइपुग्दा स्थानीयवासीका सात घर र १० गोठ जलेर पूर्णरुपमा नष्ट भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईका अनुसार आगलागीबाट स्थानीय कमल कार्कीको दुई तले घर, नरबहादुर कार्कीको दुई तले घर र गोठ, पदम कार्कीको दुई तले घर र एक गोठ, विशाल कार्कीको दुई तले घर र गोठ, गजेन्द्र कार्कीको दुई तले घर र  गोठ तथा मीना श्रेष्ठ र कृष्ण बस्नेतको घर जलेर नष्ट भएको छ ।

यस्तै आगलागीबाट अन्य केही स्थानीयको पनि गोठ जलेर नष्ट भएको सूचना अधिकारी राईले जानकारी दिए । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  २ : ३५ बजे

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश