ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता « Khabarhub

ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा टपरी गाँस्ने र धुपबत्ती बाट्ने प्रतियोगिता भएको छ ।

मौलिक हस्तकलालाई संरक्षण तथा प्रवर्द्धन गर्नका लागि ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा प्रतियोगिताको आयोजना गरिएको हो ।

धुपबत्ती बाट्ने प्रतियोगितामा सुकमाया फुरुम्बु प्रथम, कृष्णमाया कार्की दोस्रो भएकी छन् । त्यस्तै राधिका खवास तृतीय भएकी छन् । धुपबत्ती बाट्ने प्रतियोगिताका संयोजक अञ्जना कडरियाका अनुसार प्रतियोगितामा १७ जनाले प्रतियोगितामा भाग लिएका थिए ।

त्यस्तै टपरी बुन्ने प्रतियोगितामा टीकादेवी भट्टराई प्रथम भएको आयोजकले जनाएको छ । विष्णुमाया गिरी दोस्रो भएकी छन् । त्यस्तै दिलमाया तामाङ तेस्रो भइन् ।

कार्यक्रम संयोजक मात्रिकादेवी प्रसाईंका अनुसार प्रतियोगितामा २२ जनाले सहभागी जनाएको थियो । नयाँ पुस्तालाई दैनिक जीवनमा आइपर्ने सीप पुस्तान्तरणको उद्देश्यसहित टपरी गाँस्ने र धुपबत्ती बाट्ने प्रतियोगिता सञ्चालन गरिएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले बताए ।

पछिल्लो पुस्तामा बत्ती बाट्ने र दुना–टपरी गाँस्ने सीपको ज्ञान कमै रहेकाले सीप पुस्तान्तरणका लागि प्रतियोगिता आयोजना गरिएको हो ।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  १० : ०५ बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक