दिनभर आजमा : प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपतिबीच भेटदेखि कोशीमा समिति गठनसम्म  | Khabarhub Khabarhub

 दिनभर आजमा : प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपतिबीच भेटदेखि कोशीमा समिति गठनसम्म 


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति सिङ्घेबीच भेटवार्ता, महाधिवेशन केन्द्रित अभियानमा एकीकृत समाजवादी, कोशीमा पहिचान पक्षधरसँग वार्ता गर्न समिति गठन, एकीकृत समाजवादीको आम्दानी आठ करोड, विद्युत् रोयल्टीबापत तीन अर्ब १५ करोड ५१ लाख संकलन, कर्णालीमाथि मधेश प्रदेशको सहज जित, विद्यालयमा आगलागी हुँदा चीनमा १३ जनाको मृत्युलगायतका समाचार रहनेछन् ।

प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति सिङ्घेबीच भेटवार्ता
नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच भेटवार्ता भएको छ।

असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम)का सदस्य राष्ट्रहरूको उन्नाइसौँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पाला आउने क्रममा दुई नेतासहितको दुईपक्षीय प्रतिनिधिमण्डलको भेटवार्ता भएको हो।


भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले असंलग्न परराष्ट्र नीतिका मामिलामा नेपाल र श्रीलंका एक ठाउँमा उभिएकाले क्षेत्रीय सहकार्य र हितका मामिलामा समेत दुबै देश एक ठाउँ उभिन आवश्यक रहेकोमा जोड दिए ।

कार्यवाहक प्रधानमन्त्री खड्काद्वारा सेनाको नयाँ सबुज गणको निरीक्षण

महाधिवेशन केन्द्रित अभियानमा एकीकृत समाजवादी

कोशी र बागमतीको सभामुख फिर्ता बोलाउन राप्रपाले कुनै निर्णय गरेको छैन : अध्यक्ष लिङदेन

सिके राउतले औंल्याए नेपाल पछि पर्नुका तीन कारण

कोशीमा पहिचान पक्षधरसँग वार्ता गर्न समिति गठन

मन्त्री ज्वालाको निर्देशन

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी(जोमसोम(कोरला सडक निर्माणलाई गति दिन निर्देशन दिएका छन् । बेनी(जोमसोम(कोरला सडक म्याग्दी खण्डको आज निरीक्षणका क्रममा उनले मन्त्री ज्वालाले निर्माणमा ढिलाइ भएको भन्दै सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिए।

‘राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक आयोजनामा भएको ढिलासुस्तीले सबैको ध्यान तानेको छ’, उनले भने, ‘कतिपय स्थानमा काम भएको पनि देखिएको छ । कतिपय स्थानमा अझै ठेकेदारले ढिलासुस्ती गरेको देखियो । स्थानीयस्तरमा कतै निर्माण सामग्रीको अभाव पनि देखिएको छ ।

थप…

बेनी-जोमसोम-कोरला सडक निर्माणलाई गति दिन मन्त्री ज्वालाको निर्देशन

लगानीमा विविधिकरण खोज्न अर्थमन्त्री महतको सुझाव

एकीकृत समाजवादीको आम्दानी आठ करोड

वायुसेवा निगमको सञ्चालन करार व्यवस्थापनबाट हुन्छ : मन्त्री किराती

बालाजुमा तीन करोड लिटर पानी पुनःभरण हुने
काठमाडौँ महानगरपालिकाले बालाजु पार्कको जलाधार क्षेत्रबाट वार्षिक करिब रु तीन करोड लिटर पानी पुनःभरण हुने प्रणाली निर्माण गरेको छ ।

सो प्रणाली बर्खामा आकाशबाट परेको पानी जमिनमुनि पठाउने प्रणाली हो । कामपाले कोकाकोला वेभरेज नेपाल, सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट र वाटर एड नेपालसँगको सहकार्यमा उक्त प्रणाली विकास गरेको नगर उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन्।

उनका अनुसार ‘रिचार्ज’ प्रणालीमा २१ रिचार्ज इनार, २१ रिचार्ज फिल्टरिङ च्याम्बर, दुई पानी थिग्रिने ९डिसिल्टिङ चेम्बर०, ७५ फिट अग्लो रिचार्ज खाडल र सात (९० फिटका)बाँसको छेकबार (चेक ड्याम)बनाइएको छ ।

विद्युत् रोयल्टीबापत तीन अर्ब १५ करोड ५१ लाख संकलन

कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै

काठमाडौंबाहिरका विमानस्थलमा अनिवार्य रात्रि बिसान गर्नुपर्ने

हिउँ माथि माथि सर्दै, फोहरमैला बढ्दै मनाङमा

खेलकुद…

मधेश प्रदेशले जारी प्रधानमन्त्री कपमा कर्णाली प्रदेशलाई पराजित गरेको छ । शनिबार टियु मैदानमा सम्पन्न खेलमा मधेश प्रदेशले कर्णाली प्रदेशलाई ६१ रनले पराजित गरेको हो ।

मधेश प्रदेशले दिएको २३२ रनको लक्ष्य पछाएको कर्णाली प्रदेशले ४१.१ ओभरमा १७० रन बनाएर अल आउट भएको थियो । यसअघि पहिला ब्याटिङ गर्दै मधेश प्रदेशले ५० ओभरमा ९ विकेट गुमाएर २३१ रन बनाएको थियो ।

कर्णालीमाथि मधेश प्रदेशको सहज जित

अन्तर्राष्ट्रिय…

जापानको यान चन्द्रमामा सफलतापूर्वक अवतरण
जापानको राष्ट्रिय अन्तरिक्ष एजेन्सी (जाक्सा)ले ‘स्मल लुनार ल्यान्डिङ डेमोन्स्ट्रेटर (स्लिम)’ चन्द्रमामा अवतरण भएको पुष्टि गरेको छ ।

स्थानीय समयअनुसार शनिबार जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा)ले एक अनलाइन वक्तव्यमा जापानी मानवरहित यान राति १२ बजेर २० मिनेटमा चन्द्रमामा अवतरण गरेको जनाएको छ । जाक्साले यानको अवतरणपछि सञ्चार स्थापित भएको पुष्टि गरेको छ ।


यद्यपि, अवतरणपछि चन्द्रमामा धेरै समय रहनका लागि तयार पारिएको सोलार व्याट्रीको रिचार्ज हुन नसकेपछि यानमा रहेको ब्याकअपको सहयोगमा चन्द्रमाका तस्वीर, चट्टान संकलन तथा अनुसन्धानका अन्य गतिविधिहरू भइरहेका जाक्साले बताएको छ ।

सिरियामा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

विद्यालयमा आगलागी हुँदा चीनमा १३ जनाको मृत्यु

चीनको प्राकृतिक ग्यास उत्पादन ५.८ प्रतिशतले बढ्यो

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ८ : ०० बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको