नेपाल-भारत सीमा थप एक घण्टा खोल्ने सहमति « Khabarhub

नेपाल-भारत सीमा थप एक घण्टा खोल्ने सहमति


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

बैतडी– पिथौरागढमा सम्पन्न नेपाल-भारत सीमा समन्वय बैठकले दुई देशबीचको बैतडीको झुलाघाट नाका आज बेलुकी ७ बजेसम्म खोल्ने सहमति भएको छ ।

बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले यसअघि बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ने सो नाका अबदेखि बेलुका ७ बजेसम्म खोल्ने सहमति भएको बताएका छन् । बैठकमा  भारतमा हुने लोकसभा चुनावलाई मध्यनजर गरेर सीमा क्षेत्रमा अपनाउनुपर्ने सतर्कताबारे पनि छलफल भएको छ । 

साथै दुवै देशका सीमा क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण, मानव तथा वन्यजन्तु तस्करीमा रोक, लागूऔषध ओसारपसारमा रोकलगायतका विषयमा पनि बैठकमा छलफल भएको जनाइएको छ । 

बैठकमा भारतीय पेन्सनरी नेपालीलाई सहजता गर्ने,  सीमा क्षेत्र भएर बग्ने महाकाली नदीको सरसफाइ, द्विपक्षीय सीमा क्षेत्रका विविध विषयमा छलफल भएको छ । बैठकमा बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, दुवै जिल्लाका सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको थियो ।

यस्तै भारतकातर्फबाट पिथौरागढका जिल्ला अधिकारी रीना जोशी, चम्पावतका जिल्ला अधिकारी नवनीत पाण्डेलगायत सुरक्षा निकायका प्रमुखको सहभागिता थियो । 

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  १२ : ५३ बजे

लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान

रूपन्देही– लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु

ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ

वीरगन्ज – पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१४ स्थित कृष्णा प्रणामी चोकबाट

रौतहटको विजयपुरस्थित एक घरमा आगलागी (तस्बिरसहित)

रौतहट– रौतहटको फतुवा विजयपुर नगरपालिका–१०, दुधिअवास्थित एक घरमा आगलागी भएको

को हुन् काठमाडौँ आइपुगेका जमजम ब्रदर्स ?

काठमाडौँका सडकमा अहिले दुई यस्ता भाइ देखिएका छन्, जसलाई धेरै

झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र

झापा– जिल्ला पूर्वाधार विकास कार्यालय झापाले गत आर्थिक वर्षमा ५१