अर्थसंक्षेप : प्रधानमन्त्रीदेखि २० मन्त्रीकाे सम्पत्ति सार्वजनिकदेखि शेयर बजारमा निरन्तर उछालसम्म | Khabarhub Khabarhub

अर्थसंक्षेप : प्रधानमन्त्रीदेखि २० मन्त्रीकाे सम्पत्ति सार्वजनिकदेखि शेयर बजारमा निरन्तर उछालसम्म


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


6.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज प्रधानमन्त्री देखि मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । शेयर बजारको बुल ट्रेन्ड आजपनि निरन्तर रह्यो । आज सुनको मूल्यमा केही गिरावट आयो ।

यी छन् आजका मुख्य समाचारहरु :

प्रधानमन्त्रीको एक घर, १५ कठ्ठा जमिन, ५ तोला सुन 

प्रधानमन्त्री पुष्पकमल दाहालले एक घर, १५ कठ्ठा जमिन, ५ तोला सुन र २५ लाख रुपैयाँ नगद रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको ६ दिनपछि दाहालले पछिल्लो सम्पत्ति विवरण सार्वजनिक जानकारीमा ल्याएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा प्रविष्ट विवरणअनुसार प्रधानमन्त्री दाहालसँग चितवनस्थित भरतपुर महानगरपालिका–१४ मा स्व. पत्नी सीता दाहालको नाममा रहेको १४ कट्ठा जमिन छ । पार्किङ सहितको यो जमिन पैतृक भएको दाहालले जनाएका छन् ।

यसैगरी भरतपुर महानगरपालिका–१२ मा सीता दाहालकै नाममा १ कट्ठा जमिन रहेको र सो अंशबाट प्राप्त गरेको दाहालले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । चल सम्पत्तितर्फ आफूसँग ५ तोला सुन रहेको र सो को स्रोत पनि पैतृक नै रहेको दाहालले जनाएका छन् ।

दाहालले आफ्नो नाममा एभरेष्ट बैंक लिमिटेड, सिंहदरबार शाखामा २५ लाख रुपैयाँ मौज्दात रहेको विवरण भरेका छन् । सो नगदको स्रोत प्रतिनिधि सभा सदस्यको हैसियतले प्राप्त पारिश्रमिक भएको दाहालले खुलाएका छन् ।

सम्पत्ति विवरणमा उल्लेख भएअनुसार प्रधानमन्त्री दाहालसँग कुनै पनि बैंक तथा वित्तीय संस्थाको धितोपत्र, शेयर वा ऋणपत्र छैन । यतिखेर आफ्नो ऋण लेनदेन पनि कसैसँग नरहेको उनले जनाएका छन् । आफूसँग निजी सवारीसाधन नरहेको पनि दाहालको सम्पत्ति विवरणमा उल्लेख छ ।

साथै, आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो वेबसाईटमा मन्त्रिपरिषद्का अन्य २० जना सदस्यहरुको सम्पत्ति विवरणपनि सार्वजनिक गरेको छ ।

भ्याट छुट, सहुलियत कार्यक्रम लागू गर्न हस्तकला महासंघको माग

नेपालको वैदेशिक व्यापारमा महत्वपूर्ण स्थान ओगट्दै आएको हस्तकला व्यवसाय कोभिडपछि भने केही खस्किएको छ ।

हस्तकला उद्यमीहरूको छाता संगठन हस्तकला उद्योग महासंघका अध्यक्ष प्रचण्ड शाक्यले खबरहबसँग कुरा गर्दै सो क्षेत्रको व्यवसाय कोभिड महामारी अवधिको तुलनामा २० प्रतिशतले खुम्चिएको बताए ।

तर, हस्तकला सम्बन्धित केही वस्तुहरूको भने अन्तर्राष्ट्रिय बजारमा माग बढेको उनको भनाइ छ । जसमध्ये एउटा – मोतीकलाको निर्यात ६५ प्रतिशतले वृद्धि भएको उनले बताए ।

अन्तर्राष्ट्रिय बजारमा नेपाललाई परिचित गराउने एउटा महत्वपूर्ण क्षेत्रका रूपमा हस्तकलालाई लिने गरिएको छ । नेपालको अर्थतन्त्रमा योगदान गरेको र विश्वमा नेपालको पहिचान निरन्तर विस्तार गर्ने विषयमा महत्वपूर्ण भूमिका खेलेको यो क्षेत्रलाई सरकारले भने उचित ध्यान नदिएको सो क्षेत्रका उद्यमीहरूको गुनासो छ ।

हस्तकला महासंघको पहलपश्चात अहिले बागमती प्रदेशमा हस्तकला ग्रामको स्थापना भएको छ । महासंघका अध्यक्ष शाक्यले सरकारले आगामी आर्थिक वर्षको ल्याएको नीति तथा कार्यक्रमले सो क्षेत्रलाई राम्रोसँग सम्बोधन गरेको भन्दै खुशी व्यक्त गरेका छन् ।

युवाहरूलाई रोजगारीतर्फ प्रोत्साहन गर्ने र स्टार्टअपहरूलाई सहुलियत ऋण दिने कार्यक्रमले हस्तकला क्षेत्रलाई पनि फाइदा पु¥याउने अध्यक्ष शाक्यको बुझाइ छ । सो कार्यक्रमको माध्यमबाट हस्तकला क्षेत्रमा युवाहरू थपिने सम्भावना रहेको उनी बताउँछन् ।

२३.९४ अंकले बढ्यो नेप्से, कारोबार ५ अर्ब माथि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) निरन्तर बुल ट्रेन्डमा रहेको छ । आज मंगलबार पनि नेप्से २३.९४ अंकले बढेको छ । आज नेप्से १.१४ प्रतिशतले बढेर २११५.९४ विन्दु कायम भएको छ ।

कारोबारको आधारमा पनि नेप्सेमा उत्साह छाएको छ । सोमबार करिब ६ अर्बको कारोबार भएकोमा आज पनि ५ अर्ब बढीको कारोबार भयो । आज बजार बन्द हुँदा ५ अर्ब २० करोड ६२ लाख रुपैयाँ बराबरको १ अर्ब ३२ लाख ४१ हजार २१७ कित्ता शेयर ७३ हजार ६६७ पटक किनबेच भयो ।

मंगलबार ३१७ वटा कम्पनीको शेयर कारोबार हुँदा १९४ कम्पनीको शेयर मूल्य बढको छ भने ४३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

आज सेन्सेटिभ इन्डेक्स ३.५३ अंकले, फ्लोट इन्डेक्स १.७८ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स १.४० अंकले बढेको छ । आज उपसमूहमा पनि उछाल आएको छ ।

मंगलबारको कारोबारमा फाइनान्स र लघुवित्तमा लगानीकर्ताको आकर्षण देखिएको थियो । १३ समूहमा विकास बैंक र ट्रेडिङ समूहको शेयर मूल्य घटेको छ भने अन्य ११ वटा समूहको शेयर मूल्य बढेको छ ।

आज ५ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

प्रभु बैंकको शेयर विक्रीमा 

प्रभु बैंक लिमिटेडको शेयर बिक्रीमा रहेको छ । बैंकको संस्थापक शेयर बिक्रीमा रहेको बैंकले जनाएको छ ।

बैंकका विभिन्न शेयरधनीका नाममा रहेको ६ लाख ५६ हजार २३४ कित्ता संस्थापक सेयर वित्रीमा हरेको हो । उक्त शेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति वा संस्थाले यसमा आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

इच्छुकले आज (जेठ ८ गते) देखि १५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्ने बैंकले जनाएको छ ।

यस अधि बैंकले हाल विद्यमान शेयर धनीलाई शेयर खरिद गर्ने आग्रह गरेको थियो । उक्त आग्रहमा आवेदन नपरेपछि बैंकले सर्वसाधरणको लागि उक्त शेयर खुल्ला गरिएको हो । बैंकले उक्त शेयरको मूल्य भने तोकेको छैन ।

तोलामा १२ सय रुपैयाँले घट्यो सुन 

मंगलबार सुनको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलामा १२ सय रुपैयाँले घटेको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सोमबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ रहेको थियो । चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँ घटेको महासंघले जनाएको छ । मंगलबार तोलाको १ हजार ९४० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८८५ रुपैयाँमा कारोबार भएको छ ।

बुद्धभूमि हाईड्रोपावरले पायो हकप्रद शेयरको स्वीकृति

बुद्धभूमि हाईड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि मात्र स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर निष्कासनका लागि आवेदन दिँदा विद्युत नियमन आयोगको पूर्वस्वीकृति अनिवार्य रहेको अवस्थामा कम्पनीलाई आयोगले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि पूर्व स्वीकृति प्रदान गरेको हो ।

वैशाख २० गते कम्पनीले १५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेश गर्न अनुमति माग गरेका थियो । आयोगको वैशाख २४ गते बसेको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद शेयर मात्र आगामी वार्षिक साधारण सभामा प्रस्ताव गर्न स्वीकृति प्रदान गरेको हो ।

प्रभु  हेलिकोप्टरका क्याप्टेन गौचन कारबाहीमा

मापदण्डविपरीत काठमाडौंबाट सगरमाथा क्षेत्रअन्तर्गत क्याम्प–२ उडान गरेका प्रभु  हेलिकोप्टरका वरिष्ठ क्याप्टेन सोभित गौचनलाई नागरिक उड्डयन प्राधिकरणले ग्राउण्डेड(कराबाही) गरेको छ ।

आइतबार बिहान विश्व कीर्तिमान कायम गरेका हिमाल आरोही निर्मल पुर्जा मगर (निम्स दाई) लाई क्याम्प–२ मा अवतरण गराइएका कारण ग्राउण्डेड गराइएको प्राधिकरणले बतायो । सामान्यतया बेसक्याम्पभन्दा माथि यात्रु उडान गर्न नपाइने प्रावधान छ ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ६ : ५३ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार