उत्पादन बढेपछि आठ स्थानीय तहमा ‘अलैँची जोन’ « Khabarhub

उत्पादन बढेपछि आठ स्थानीय तहमा ‘अलैँची जोन’


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गलकोट– जिल्लाका आठ स्थानीय तहलाई समेटेर ‘अलैँची जोन’ बनाउन सुरु गरिएको छ । चालु आर्थिक वर्षमा जोन स्थापनाका लागि प्रधानमन्त्री कृषि आधुनिकमा परियोजना बागलुङले तथ्यांक संकलन गर्न थालेको हो ।

साविकमा भएका ११ अलैँची पकेट र दुई अलैँची ब्लकलाई स्तरवृद्धि गरेर अलैँची जोन स्थापना गर्न सर्वेक्षण थालिएको हो । जिल्लामा अलैँचीको सम्भावना बढी भएकाले यहाँका किसानले ब्लक र पकेटमार्फत उत्पादन गरिरहेका परियोजनाका प्रमुख नारायण पौडेलले जानकारी दिए। ब्लक र पकेटलाई स्तरोन्नति गरी जोनमार्फत उत्पादन वृद्धि गर्ने उद्देश्यले सर्वेक्षण थालिएको उनले बताए ।

पकेट र ब्लक बाहेकका किसानले पछिल्लो समय अलैँची उत्पादन गर्न थालेको पाएपछि जोन स्थापनाको पहल थालिएको पौडेलले उल्लेख गरे। बागलुङका १० मध्ये आठ स्थानीय तहका केही वडालाई समेटेर तीन हजार हेक्टर क्षेत्रमा अलैँची खेती पुर्‍याउने उद्देश्य राखिएको उहाँले जानकारी दिए । चालु आर्थिक वर्षमा अलैँची जोन स्थापनाका लागि रु एक करोड दुई लाख बजेटसमेत विनियोजन भएको छ । 

जिल्लाको ताराखोला, काठेखोला, बरेङ र बडिगाड तथा जैमिनी र गलकोट नगरपालिकाका साथै निसिखोला गाउँपालिका र बागलुङ नगरपालिकाका केही वडालाई समेटेर जोन स्थापना गरिने परियोजनाका प्रमुख पौडेलले बताए। जिल्लाको ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिका बाहेकका आठ स्थानीय तहका ३० वडामा यो कार्यक्रम लागू गर्ने तयारी भइरहेको उनले जानकारी दिए। 

‘साविकका ब्लक र पकेटलाई स्तरवृद्धि गर्दै नयाँ क्षेत्र विस्तार गर्नका लागि बागलुङमा तीन सय हेक्टरमा अलैँची जोन बनाउन थालिएको छ, क्षेत्रलाई बढाएर पाँच सय हेक्टर पुर्याउन पर्वतको केही क्षेत्र समेत विस्तार गर्न आवश्यक छ’, पौडेलले भने, ‘जोनले पुरानो अलैँची बगैँचा व्यवस्थित गर्ने, बिरुवा उत्पादन गर्ने र नयाँ क्षेत्र विस्तार गर्नेदेखि सिँचाइ सुविधा र उपकरण वितरण गर्नेछ ।’

अलैँचीको उत्पादन र बजारीकरणको अवस्था विस्तारै सुधार हुँदै गएकाले आलु जोन, बाख्रा जोनसँगै अलैँची जोन स्थापना गर्न लागिएको परियोजना कार्यालयले जनाएको छ । हाल जिल्लामा ४० मेट्रिक टन अलैँची उत्पादन भइरहेकामा उत्पादितमध्ये अधिकांश भारत निर्यात हुने गरेको छ । 

अलैँचीको बजार मूल्य भने एकनासको नभएको किसान बताउँछन् । अलैँचीमा डढेलो रोगको सङ्क्रमण बढिरहेको समयमा जोन कार्यक्रमले सहजता हुने ताराखोलाका अलैँची किसान कुलबहादुर घर्तीमगरले बताए । उनले अहिले ११ रोपनी जग्गामा अलैँचीखेती गरिरहेको जानकारी दिए। 

भारतीय व्यापारी अलैँची खरिद गर्न गाउँ आउने गरेका छन् । व्यापारीले प्रतिकेजी न्यूनतम रु एक हजार पाँच सयदेखि रु दुई हजार पाँच सयमा सुकेको अलैँची खरिद गरेर लैजाने गरेका किसान बताउँछन् । अलौची पर्याप्त उत्पादन गर्न सके बजारको चिन्ता नरहेको किसानको भनाइ छ । 

अलैँंचीको समस्या निराकरण गर्ने, बगैँचा विस्तार गर्ने, सिँचाइको व्यवस्था मिलाउने, दाना सुकाउन आधुनिक भट्टी निर्माणलगायत काम गर्ने लक्ष्य परियोजनाले राखेको छ ।  

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  २ : १८ बजे

कैलालीमा दुई समूहबीच झडप : प्रहरीले गर्‍यो हवाइ फायर, १२ जना पक्राउ

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा मंगलबार साँझ दुई समूहबीच

गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा सोमबार भएको सवारी दुर्घटनाका

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौं – निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

चितवन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

डोनाल्ड ट्रम्पले भने : इरान वार्ता चाहन्छ, तर ‘अब ढिलो भइसक्यो’

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी सैन्य द्वन्द्व आज चौथो