आजका समाचार : कांग्रेस महासमिति बैठकदेखि मन्त्रीको राजीनामा मागसम्म | Khabarhub Khabarhub

आजका समाचार : कांग्रेस महासमिति बैठकदेखि मन्त्रीको राजीनामा मागसम्म


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

दिनभर आज कांग्रेस महासमिति बैठक सम्पन्न, गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित, रूस-युक्रेन युद्धमा परेका नेपालीबारे सदनमा जानकारी गराउन माग, संसद् बैठकमा एमालेबाट तीन मन्त्रीको राजीनामा माग, माओवादी केन्द्रले चैत्र १ बाट विभिन्न अभियान सञ्चालन गर्ने, जेलबाहिर बसेर मुद्दा लड्न सन्दीपलाई उच्च अदालतको अनुमति, सरकारले मुआब्जा नदिएको भन्दै पीडित आन्दोलित, नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला, भारतमा किसानमाथि प्रहरीको कारवाहीमा एकको मृत्युलगायत रहनेछन् ।

कांग्रेस महासमिति बैठक सम्पन्न

कांग्रेस महासमिति बैठकले गठबन्धनलाई निरन्तरता दिने विषयमा पूर्ण प्रतिवद्धता जनाएको छ । महासमितिको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गठबन्धन प्रति नेपाली कांग्रेस इमानदार रहेर अघि बढ्ने बताए । उनले निर्वाचनमा कसरी जाने भन्ने छलफलमा रहेको स्पष्ट पारे ।

उनले कांग्रेसले महासमिति बैठकमार्फत ९ बुँदे संकल्प प्रस्ताव जारी गरेको बताए । उक्त प्रस्तावमा तीनै तहका सरकार सञ्चालनमा देखिएका समस्या समाधानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने उल्लेख छ ।

यसैगरी किसान, सहकारी बचतकर्ता, मिटरब्याज र लघुवित्त पीडितहरूले भोग्दै आएको समस्याप्रति संवेदनशील भई पीडितलाई न्याय दिलाउने प्रतिवद्धता जनाइएको छ ।

प्राप्त सुझावका आधारमा प्रतिवेदन पारित हुन्छ : सभापति देउवा

कांग्रेसले आफ्नो धुरी आफैँ सम्हाल्छ : गगन थापा

कांग्रेसका प्रदेश प्रमुखको प्रतिवेदन : असन्तुष्टि र आत्मरतिको पुलिन्दा

कांग्रेसले मौलिक पहिचान जोगाउनुपर्छ :नेता कोइराला

कांग्रेस महासमिति बैठकमा हिन्दु राष्ट्रसम्बन्धी प्रस्ताव पेश

कांग्रेस महासमिति बैठक अवरुद्ध, महामन्त्री थापाद्वारा गुनासो सुन्ने प्रतिवद्धता

कांग्रेसको महासमिति बैठक सम्पन्न, विधान मस्यौदा समिति बनाउने महामन्त्री थापाको अठोट

देशको आर्थिक रूपान्तरण गर्ने जिम्मा कांग्रेसको : प्रकाशशरण महत

कांग्रेस महासमिति बैठक :उद्यमशील युवा कांग्रेस अभियान सुरु

महासमिति बैठकले पार्टीलाई थप बलियो र सुदृढ बनाएको छ: नेता सिटौला

कांग्रेस महासमितिमा उठेका सुझाव प्रस्तुत गर्दै प्रदेश सभापतिहरु

गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित
गणपूरक सङ्ख्या नपुगेपछि आजका लागि कार्यसूचीमा राखिएका विषयहरू हटाउँदै सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक सकिएको छ।

आजको बैठकमा ‘राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८० माथि विचार गरियोस’ भनी सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले प्रस्ताव पेस गरेकी थिइन् ।


सभामुख देवराज घिमिरेले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लागेपछि गणपूरक सङ्ख्या नपुगेको भन्दै नेकपा एमालेका सांसद महेश बर्तौलाले नियमापत्ति जनाएका थिए ।

जनताका लागि काम गर्न नसक्दा व्यवस्थामाथि प्रश्न उठ्न थाल्यो : सांसद भण्डारी

रूस-युक्रेन युद्धमा परेका नेपालीबारे सदनमा जानकारी गराउन माग

विकास, निर्माण र जनजीवनका सवालमा सांसदले गराए ध्यानाकर्षण

संसद बैठकमा एमालेबाट तीन मन्त्रीको राजीनामा माग

माओवादी केन्द्रले चैत्र १ बाट विभिन्न अभियान सञ्चालन गर्ने
नेकपा माओवादी केन्द्रले चैत्र १ गतेबाट विभिन्न अभियान सञ्चालन गर्ने भएको छ । पार्टी कार्यालय पेरिसडाडामा बिहीबार बसेको स्थायी कमिटी बैठकले तराई मधेस जागरण अभियान, उत्तर दक्षिण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

त्यस्तै प्रदेशले आफ्नै तरिकाले वृहंगम जनपरिचालन गर्ने गरी प्रदेशकै योजना कार्यक्रम सञ्चालन हुने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । त्यस्तै माओवादीले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत खट्ने कार्यकर्ता र नेतालाई सम्मान गर्ने उनले बताए ।


उनले पार्टी अभियानमा राम्रो गर्नेलाई सम्मान पत्र दिने, ठिकै गर्नेलाई धन्यवाद दिने, राम्रो गर्नुस् भन्ने, नराम्रो गर्नेलाई कारबाही गर्ने, घटुवा निलम्बन, चेतावनीसम्म हुन सक्ने जिकिर गरे ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा बराल नियुक्त

एमाले बैठकस्थलमा प्रविधि प्रदर्शनी

जेलबाहिर बसेर मुद्दा लड्न सन्दीपलाई उच्च अदालतको अनुमति

जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप पुगे उच्च अदालत

चङ्खेलीका तत्कालीन निमित्त प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध मुद्दा

चैत १ मा राप्रपा नेपालले वृहत प्रदर्शन गर्ने

सरकारले मुआब्जा नदिएको भन्दै पीडित आन्दोलित

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला
एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए क्यानडा-११ सँग चार विकेटले पराजित भएको छ । जितसँगै तीन खेलको उक्त शृङ्खला क्यानडा–११ ले २-१ ले जित्यो ।

पहिलो खेलमा क्यानडाले नेपाललाई चार विकेटले हराएको थियो भने दोस्रो खेलमा नेपालले क्यानडामाथि दुई विकेटको जित हासिल गरेको थियो ।


आज जितका लागि एक सय ८२ रनको लक्ष्य क्यानडा-११ ले २८ दशमलव पाँच ओभरमा छ विकेटको क्षतिमा पूरा गर्यो । क्यानडा–११ को जितमा निकोलस किर्तोनले ७७ बल खेल्दै छ चौकाको मद्दतमा सर्वाधिक ५८ रनको योगदान गरे । त्यसैगरी नवनित दलिवालले ३८, आरोजन जोनसनले ३६ तथा निखिल दत्तले १४ रन बनाए ।

नेपाल ए ले क्यानडा-११ लाई दियो १८२ रनको लक्ष्य

क्यानडा–११ विरुद्ध ब्याटिङ गर्दै नेपाल ‘ए’

नेपाल ‘ए’ आज क्यानडाविरुद्ध सिरिजको अन्तिम खेल खेल्दै

भारतमा किसानमाथि प्रहरीको कारवाहीमा एकको मृत्यु
भारतको उत्तरी राज्य हरियाणामा बुधबार आन्दोलित किसानहरूमाथि प्रहरीले रबरको गोली र अश्रु ग्यास प्रहार गर्दा एक युवा किसानको मृत्यु भएको र अन्य केही घाइते भएको अधिकारीहरूले बताएका छन् ।

किसानको मृत्यु राष्ट्रिय राजधानी नयाँदिल्लीबाट करिब एक सय २१ किलोमिटर टाढा पञ्जाब र हरियाणाको बीच सीमाविन्दु खनौरीमा भएको हो । प्रहरीका अनुसार २० वर्षीय शुभकरण सिंह प्रहरी कारवाहीमा मारिएका हुन् । यद्यपि हरियाणा प्रहरीले उक्त आरोपलाई अस्वीकार गरेको छ ।

पूर्वी अफगानिस्तानमा दुई जनालाई सार्वजनिकरूपमा मृत्युदण्ड

तीव्र आँधीको आशंकामा मरिससद्वारा उडानहरू रद्द

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ८ : ०० बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि