काठमाडौं– बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई भक्तपुरको ठिमीस्थित उनको निवासबाटै आइतबार पक्राउ गरेपछि अदालत लगिएको छ ।
सम्बन्धित समाचार
- घरबाटै पक्राउ परे दुर्गा प्रसाईं
- दुर्गा प्रसाईंलाई पक्राउ पुर्जी : ओलीको विरोधले होइन, ज्वाला संग्रौलाको चरित्र हत्या गरेकाले
- पक्राउ पुर्जी जारी भएपछि प्रसाईंले भने- हामीले बोल्नै नहुने, राणा शासन आएछ
- दुर्गा प्रसाईं र दुईजना युट्युबरविरूद्ध पक्राउ पुर्जी जारी
- भ्यानमा चढ्दै दुर्गा प्रसाईंले प्रहरीलाई भने- पक्रेजस्तो नगर्नुस्, भ्रष्टाचारीलाई जस्तो नगर्नुस्
भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्यूरोमा उपस्थित गराएर उनलाई जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि लगिएको हो ।
साइबर ब्यूरोले उनलाई बबरमहलस्थित अदालतमा लगिसकेको छ। त्यसक्रममा उनलाई अदालत प्रवेशमा अवरोध गर्न खोज्ने समर्थकलाई प्रहरीले हतकडी लगाएर पक्राउ गरेको छ।
प्रतिक्रिया