आजका समाचार : तीन करोड मुनिका साना योजना प्रदेश र स्थानीय तहमा पठाइने | Khabarhub Khabarhub

आजका समाचार : तीन करोड मुनिका साना योजना प्रदेश र स्थानीय तहमा पठाइने


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा आगामी बजेटमा मधेसलाई विशेष व्यवस्था गरिन्छ : प्रधानमन्त्री, राष्ट्रियसभा अध्यक्षद्वारा उपराष्ट्रपतिसँग भेट, राप्रपा नेपालले १ चैत्रमा गर्ने जनप्रदर्शनको तयारी थाल्यो, कांग्रेस महासमिति सदस्यहरूका लागि चियापान कार्यक्रम, प्रसूतिगृहबाट नवजात शिशु चोरी गर्ने महिला सार्वजनिक, रूस–युक्रेन युद्ध तेस्रो वर्षमा, युक्रेन झनै रक्षात्मकलगायत रहनेछन् ।

आगामी बजेटमा मधेसलाई विशेष व्यवस्था गरिन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा मधेसलाई विशेष व्यवस्था गरिने बताएका छन् ।

धनुषाको सबैला नगरपालिका–४ पटेर्वाघाट र सिरहाको कल्याणपुर नगरपालिका–५ चिकना जोड्ने पक्की पुलको आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले अबको नीति तथा कार्यक्रम एवं बजेटमा विशेष व्यवस्था गर्ने विश्वास दिलाएका हुन् ।


आफूले सरकारको नेतृत्व गरेपछि नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने विषयलाई गम्भीररूपमा लिएको उल्लेख गर्दै प्रधानमन्त्रीले तराईमा सिँचाइ, मलबीउको व्यवस्था गर्ने र कृषि प्रविधिलाई बढावा दिने प्रतिबद्धता व्यक्त गरे ।

तीन करोड मुनिका साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ :प्रधानमन्त्री

विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश : प्रधानमन्त्री

प्रधानमन्त्रीद्वारा धनुषा र सिरहा जोड्न पुल शिलान्यास

प्रधानमन्त्रीद्वारा कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुल उद्घाटन

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री

राष्ट्रियसभा अध्यक्षद्वारा उपराष्ट्रपतिसँग भेट
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

आज बिहान भएको भेटमा राष्ट्रियसभाबाट देश र जनताका पक्षमा पारित विधेयक, निर्माण प्रक्रियामा रहेका कानुनलगायत समसामयिक विषयमा छलफल भएको थियो ।


उपराष्ट्रपतिले अध्यक्ष तिमिल्सिनाद्वारा आफ्नो कार्यकालमा निर्वाह गरेको महत्वपूर्ण भूमिकाका लागि धन्यवाद दिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राप्रपा नेपालले १ चैत्रमा गर्ने जनप्रदर्शनको तयारी थाल्यो

न्याय नपाएसम्म घर नर्फकने लघुवित्त, मिटरब्याज र सहकारीपीडितको अडान

‘मिथ्या सूचनाबाट राजनीतिक उपलब्धीमाथि प्रहार’

कांग्रेस महासमिति सदस्यहरूका लागि चियापान कार्यक्रम
नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले महासमिति सदस्यहरूका लागि चियापान कार्यक्रमको आयोजना गरेको छ ।

शनिबार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, अर्थमन्त्री डा प्रकाशशरण महत, पूर्वमहामन्त्री प्रकाशमान सिंह लगायतका नेता, महासमिति सदस्य लगाएको उपस्थिति रहेको थियो ।

मुलुकको भविष्य कांग्रेससँग जोडिएको छ : शशांक

धरानमा तत्काल हवाई मैदान बनाउन सकिँदैन : मन्त्री किराती

‘संविधानको मर्मअनुसार नेतृत्व नजाँदा समस्या उत्पन्न भयो’

हिउँमा खेल्दै पढ्दै
मनाङमा हिउँद लागेसँगै बिदा भएका विद्यालय खुल्न थालेका छन् । जाडो बढेसँगै बन्द भएका मनाङका विद्यालय फागुनदेखि खुल्न थालेको शिक्षा तथा समन्वय एकाइ मनाङले जनाएको छ ।

विद्यालय खुलेसँगै हिमपात भएपछि विद्यार्थी हिउँसँगै पढ्दै आएको शिक्षा तथा समन्वय एकाइ मनाङका प्रमुख मतिलाल चपाईंले बताए। उनका अनुसार विशेष गरी माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई मध्यनजर गरी मनाङका तीन विद्यालय खुलिसकेका छन् । उनले भने, ‘एसइईका लागि विद्यालय खुलाइसकेका छौँ । बिदा लम्बिँदा विद्यार्थीलाई समस्या हुन्छ । यसलाई मध्यनजर गरेका छौँ ।’

प्रसूतिगृहबाट नवजात शिशु चोरी गर्ने महिला सार्वजनिक

काठमाडौं महानगरद्वारा प्लास्टिकजन्य फूलको प्रयोगमा रोक

बजेट अभावमा रोकिए तीन जिल्लाका चार सडक

प्रधानसेनापतिद्वारा अभ्यास शान्ति प्रयास-चारको अवलोकन
प्रधानसेनापति प्रभुराम शर्माले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालन भइरहेको बहुर्राष्ट्रिय अभ्यास शान्ति प्रयास चारको अवलोकन गरेका छन् ।

सो अवसरमा प्रधानसेनापतिले कर्मचारी प्रशिक्षण कार्यक्रम, क्षेत्रीय सैनिक प्रशिक्षण र क्षमता अभिवृद्धिसँग सम्बन्धित कक्षा तथा अभ्यासको अवलोकनका साथै अभ्यासमा सहभागी सैनिकसँग अन्तरक्रिया गरे ।

निष्ठा र समर्पण भावका साथ काम गर्न निर्देशन

‘एकताका लागि दौड’ प्रतियोगितामा सम्पन्न

रौतहट प्रहरीद्वारा भारतीय माछा नष्ट

रूस–युक्रेन युद्ध तेस्रो वर्षमा, युक्रेन झनै रक्षात्मक

शनिबार रूसले युक्रेनमाथि आक्रमण गरेको दुई वर्ष पूरा भएको छ र पश्चिमा सहायताको अभावका कारण यो वर्ष युक्रेन कमजोर देखिएको छ भने रूस नयाँ लाभबाट उत्साहित भएको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २४, २०२२ को बिहानै ‘विशेष सैन्य अभियान’ को घोषणा गर्दा धेरैले केही दिनभित्रै मस्कोले युक्रेनविरूद्ध विजय गर्ने अनुमान गरेका थिए । तर युक्रेनले अहिलेसम्म रूसी आक्रमणको प्रतिकार गर्दै कतिपय स्थानबाट रूसी सेनालाई पश्चगमनगर्न बाध्य बनाएको छ ।

अष्ट्रियाका पूर्व चान्सलर कुर्जलाई आठ महिनाको जेल सजाय

पाकिस्तानलाई स्वच्छ ऊर्जा रूपान्तरणको अवसर लिन विज्ञहरूको सुझाव

शान्तिका लागि वार्ता प्रयास जारी रहँदा गाजामा १०० भन्दा बढीको मृत्यु

युक्रेन र डेनमार्कद्वारा सुरक्षा सहयोग र समर्थनका लागि सम्झौतामा हस्ताक्षर

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ७ : ५९ बजे

स्पेनसँगको सम्बन्ध अझ मजबुत बन्दै गएको छ : भारत

काठमाडौं – स्पेनसँगको सम्बन्ध अझ मजबुत हुँदै गएको भारतले जनाएको

अमेरिकी आक्रमणमा सिरियामा कम्तीमा ३५ जिहादीको मृत्यु

वासिङ्टन । अमेरिकी वायुसेनाले यस हप्ता सिरियामा इस्लामिक स्टेट समूह

महिला फुटबल टिमका प्रशिक्षक तामाङले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले

इलेक्ट्रिक रिक्साले विस्थापित हुँदै ठेला मजदुर

कैलाली – यहाँको टीकापुर नगरपालिका–४ बाघमाराका पर्शुराम चौधरी हिजोआज फुर्सदिलो

फाइनल गुमाएपछि स्तब्ध नेपाल (तस्बिरहरू)

काठमाडौं । नेपाललाई पराजित गर्दै बङ्गलादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को