आजका समाचार : होलीकाे राैनकदेखि इलामकाे उपचुनाव सम्म | Khabarhub Khabarhub

आजका समाचार : होलीकाे राैनकदेखि इलामकाे उपचुनाव सम्म


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा होलीमा उपद्रो : १०३ पक्राउ, ७५० गाडी होल्ड, एमालेले इलाममा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने, रूसमा भएको आतंकवादी हमलाको एमालेले गर्‍यो निन्दा, रास्वपालाई सरकारबाट गलत्याएर फ्याँक्नु पर्दैन : गृहमन्त्री लामिछाने, कांग्रेसले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १५ सय जना लाभान्वितलगायतका समाचारले प्रमुख स्थान पाए । 

एमालेले इलाममा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने

इलाम २ मा हुने उपनिर्वाचनमा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने भएको छ ।

इलाम२ मा १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेले उम्मेदवार टुङ्गो लगाएको हो ।

रूसमा भएको आतंकवादी हमलाको एमालेले गर्‍यो निन्दा

नेकपा एमालेले मस्कोमा भएको आतंकवादी हमलाको निन्दा गरेको छ ।

आइतबार बसेको सचिवालय बैठकले रूसको राजधानी मस्कोमा भएको आतंकवादी हमलाको निन्दा गरेको हो ।

रास्वपालाई सरकारबाट गलत्याएर फ्याँक्नु पर्दैन : गृहमन्त्री लामिछाने

उपप्रधान गृहमन्त्री रवि लामिछानेले चितवनमा होली पर्व मनाएका छन् ।

उनले आफ्नो निजी सचिवालय रहेको भरतपुर बसेनी चोकस्थित कार्यालयमा कार्यकर्तासँग एक आपसमा अबिर साटासाट गर्दै होली मनाएका हुन् ।

आयोगको जनविश्वास टुट्न दिनुहुँदैन : प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले परीक्षा प्रणालीको गुणस्तरीयतालाई कायम राख्दै गण्डकी लोक सेवा आयोगप्रतिको जनविश्वास टुट्न दिन नहुने बताएका छन् ।

प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेशको तेस्रो वार्षिकोत्सवको आज उद्घाटन गर्दै प्रदेश प्रमुख भट्टले आयोगलाई आफ्नो गरिमालाई कायम राख्दै नेपालको संविधान र प्रचलित कानुनको अधीनमा रहेर आफ्ना गतिविधि प्रभावकारी रूपमा अगाडि बढाउन सुझाव दिए ।

कांग्रेसले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १५ सय जना लाभान्वित

नेपाली कांग्रेस स्वास्थ्य विभागले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार पाँच सय ८० जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

कालिका नगरपालिका–६ मा शुक्रबार र शनिबार सञ्चालित शिविरमा सात सय ७० महिला र सात सय १० पुरुषको स्वास्थ्य परीक्षण गरिएको हो ।

पर्यटनमन्त्रीद्धारा कोषका पदाधिकारी र बोर्डसँग छलफल, गुरुयोजना पूरा गर्न निर्देशन

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले लुम्बिनी विकास कोषका बारेमा जानकारी लिएका छन् ।

मन्त्री नियुक्त भएपछि पहिलो पटक गैरआवासिय र वाणिज्य दूतहरूको लुम्बिनी सम्मेलनका सन्दर्भमा लुम्बिनी भएका उनले शनिबार कोषका पछिल्ला गतिविधि र अवस्थाबारे जानकारी लिएका हुन् ।

होलीमा उपद्रो : १०३ पक्राउ, ७५० गाडी होल्ड

देशका पहाडी जिल्लाका साथै काठमाडौं उपत्यकामा आइतबार होली मनाइएको छ । यसक्रममा मादक पदार्थ सेवन गरेर झगडा गरेको अभियोगमा १ सय ३ जना पक्राउ परेका छन् ।

होली पश्चात् पौडी खेल्न गएका तीन बालबालिका सुनकोशी नदीमा बेपत्ता

उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेका ३ बालबालिका सुनकोसी नदीमा बेपत्ता भएका छन् ।

८ वर्षीय चोलकचन्द्र मगर,७ वर्षीय रिदम मगर र ११ वर्षीय रेखा मगर कोसीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।

विश्व क्षयरोग दिवस : उपचारको दायरामा आउने न्यून

‘हो! हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्ने नारासहित आज विश्व क्षयरोग दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइयो ।

राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार आर्थिक वर्ष २०७९/८० मा नेपालमा ७० हजार क्षयरोगका नयाँ बिरामी थपिएका छन् । ती मध्ये ३७ हजार चार सय ४७ जना मात्र उपचारमा दायरामा आएको देखिन्छ । यसै गरी क्षयरोगकै कारण वर्षेनी १८ हजारको मृत्यु हुने तथ्याङ्कले देखाउँछ ।

अन्तर्राष्ट्रिय…

अफगानीमा करिब ८० प्रतिशत खानेपानीको पहुँच छैन : युएनडिपी

अफगानिस्तानको करिब ७९ प्रतिशत जनसङ्ख्यामा पिउने पानीको पहुँच नभएको संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) अफगानिस्तानको शुक्रबार सार्वजनिक एक प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनमा गम्भीर खडेरीको अवस्था, आर्थिक अस्थिरता र लामो समयदेखिको द्वन्द्वको विनाशकारी प्रभावका कारण अफगानिस्तानको पानीको पूर्वाधारमा उल्लेखनीय कमी आएको उल्लेख गरिएको छ ।

गाजा युद्धविराम वार्तापछि सिआइए र मोसाद प्रमुखहरूले छाडे कतार

अमेरिकी गुप्तचर प्रमुख बिल बर्न्स र उनका इजरायली समकक्षी डेभिड बर्नियाले गाजा युद्धविराम र बन्धक रिहाइ सम्झौताको वार्तापछि शनिबार राति कतार छाडेको वार्ताबारे जानकारी दिने एक स्रोतले बताएको छ ।

‘सिआइए र मोसाद प्रमुखहरू आफ्ना सम्बन्धित टोलीलाई पछिल्लो चरणको वार्ताका बारेमा जानकारी गराउन दोहाबाट प्रस्थान गर्नुभएको छ’, वार्ताको संवेदनशीलताका कारण नाम उल्लेख नगर्ने सर्तमा स्रोतले भनेको छ, ‘वार्ता बन्धक र कैदीहरूको आदान प्रदानको विवरण र अनुपातमा केन्द्रित थियो, प्राविधिक टोलीहरू दोहामै रहने छन् ।’

खेलकुद…

आइपिएलमा कोलकाताको विजयी सुरुवात : हैदवादमाथि रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरवादमाथि रोमाञ्चक जित निकालेको छ।

टस जितेर कोलकातालाई ब्याटिङको निम्तो दिएको हैदरावाद चार रनले पराजित भएको हो। सुरुमा ब्याटिङ गरेको कोलकाताले सात विकेटको क्षतिमा २०८ रन बनाएको थियो। २०८ रनको चुनौतीका लागि कोलकाताका दुई ब्याट्सम्यानले अर्धशतक बनाए।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  १० : १९ बजे

काठमाडौं महानगरको कार्यालय समय बिहान ९ बजेदेखि

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आजबाट बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गरेको

धनुषाका एक सय ७३ साना उद्योग तथा व्यवसाय बन्द

जनकपुर– आर्थिक मन्दीका कारण धनुषामा चालु आर्थिक वर्ष २०८०-८१ को

वेस्टइण्डिज ‘ए’ विरुद्ध नेपालका कप्तान रोहितको अर्धशतक

काठमाडौं – वेस्टइन्डिज ‘ए’ विरुद्ध दोस्रो इनिङमा ब्याटिङ गरिरहेको नेपाली

परिषद्को संरचनागत सुधार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले राष्ट्रिय बाल

ऊर्जा विकासमा १२ वर्षभित्र ६१ खर्ब रुपैयाँ आवश्यक, लगानी कसरी जुटाउने ?

काठमाडौं । नेपालले सन्‌ २०३५ भित्र कम्तिमा २८ हजार ५००