आजका समाचार : सिराेहिया थप तीन दिन हिरासतमैदेखि सहकारी पीडितको आन्दोलनसम्म | Khabarhub Khabarhub

आजका समाचार : सिराेहिया थप तीन दिन हिरासतमैदेखि सहकारी पीडितको आन्दोलनसम्म


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

सहकारी पीडितहरूलाई सरकारले वार्तामा बोलायो

काठमाडौंमा आन्दोलित सहकारी पीडितहरूलाई सरकारले वार्तामा बोलाएको छ ।

केही दिनयता निरन्तर आन्दोलन चलिरहेका बेला सहकारी पीडितहरूसँग वार्तामा तत्परता देखाएको हो ।

जसले वृद्धभत्ता र अपाङ्ग सन्तानका लागि जुटाएको रकम नै सहकारीमा गुमाए

सहकारी पीडितको माग : संचालकलाई कारबाही गरी बचत फिर्ता गर

सहकारी पीडितको आन्दोलन : माग पूरा नभए देशव्यापी संघर्ष गर्ने

शीर्ष नेताको बैठक : सहकारीबारे समिति बनाउन सबै तयार, ठोस सहमति भएन

कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

नागरिकता प्रकरणमा यही मंगलबार पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न जिल्ला अदालत धनुषाले अनुमति दिएको छ ।

सिरोहियालाई धनुषा जिल्ला अदालतको ५ नम्बर इजलासका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले शुक्रबारदेखि थप तीन हिरासतमा राख्ने अनुमति दिएको हो ।

सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गर्ने तरिका गलत भयो : अध्यक्ष नेपाल

अधिवक्ता झाको दाबी : एकै नम्बरका दुई नागरिकता दिनु राज्यको गल्ती, सिरोहिया छुट्नु हुन्छ

गृहमन्त्रीले लगाएको आरोपबारे कांग्रेसले माग्यो प्रधानमन्त्रीसँग जवाफ

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा लगाएको आरोपबारे सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको शीर्ष नेताहरूको बैठकमा कांग्रेसले गृहमन्त्री लामिछानेले प्रतिनिधिसभा बैठकमा आफ्नो पार्टीका नेता तथा सांसदहरुमाथि लगाएको आरोपबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

सत्ता पक्ष ‘सहकारीबन्धु’ गठबन्धनको रूपमा देखियो : महामन्त्री शर्मा

विश्वप्रकाश भन्छन् : सहकारीमा ओलीले रवि जोगाउने, गिरीबन्धुमा रविले ओली जोगाउने

प्रहरीले राज्यप्रतिको जिम्मेवारी पूरा गर्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गरेर प्रहरीले राज्यप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिम १–१८२ औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कार्यक्षेत्रमा आउनसक्ने हर चुनौतीको सामना गर्न प्रहरी सफल र सक्षम रहेको बताए ।

नयाँ शक्ति अभियान थप सशक्त हुन्छ : भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ शक्ति निर्माण अभियानलाई थप सशक्त बनाउनुपर्ने बेला आएको बताएका छन् ।

नेपाल समाजवादी पार्टीको बागलुङ जिल्ला अधिवेशन तथा प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले राजनीतिमा सरसफाइ आवश्यक रहेको बताए। पार्टीहरू सिद्धान्त र विचारभन्दा स्वार्थमा रुमलिँदा मुलुकले निकास पाउन नसकेको उनको धारणा थियो ।

भ्रष्टाचार कहाँ छैन भनेर खोज्नुपर्ने स्थिति आयाे : राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकका सबै तहका अंग र निकाय भ्रष्टाचारको महारोगले आतंक रहेको बताएका छन् ।

शुक्रबारबाट काठमाडौंमा सुरु पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा राजनीतिक तथा समसामयिक प्रस्ताव प्रस्तुत गर्दै ४६ साल यता मुलुकमा भ्रष्टाचार बढ्दै गएको र अहिले मुलुकका सबै तहका अंग र निकाय भ्रष्टाचारको महारोगले आतंक रहेको बताएका हुन् ।

अध्यादेशबाट बजेट ल्याउने तयारी छैन : सचेतक पाण्डे

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अध्यादेशबाट बजेट ल्याउने तयारी नभएको बताएका छन् ।

शुक्रबार संसद् भवनमा प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्रीले सदनको गतिरोध हटाउन निरन्तर पहल गरिरहेको भन्दै अध्यादेशबाट बजेट ल्याउने तयारी नभएको बताएका हुन् ।

उपभोक्ता अदालत सरकारको विशेष प्राथमिकतामा : मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षमा स्थापना गरिने उपभोक्ता अदालत सरकारको विशेष प्राथमिकतामा रहेको बताएका छन् ।

नेकपा (एमाले) को उपभोक्ता हित संरक्षण तथा सुशासन विभागको आज मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझ्दै उनले सरकारको नीति तथा कार्यक्रममा पनि उपभोक्ता अदालतको विषय आइसकेको र बजेटसमेत सुनिश्चित भइसकेकाले आगामी आवमा स्थापना हुने बताए ।

कांग्रेस सभापति देउवा र एम्नेष्टी इन्टरनेस्नलकी महासचिव कालामारबीच भेटवार्ता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपाल भ्रमणमा रहेकी एम्नेष्टि इन्टरनेस्नलकी महासचिव डा. आग्नेस कालामारले भेट गरेकी छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवासँगको भेटमा संक्रमणकालीन न्याय, प्रेस स्वतन्त्रता र सीमान्तकृत समुदायको अधिकारको विषयमा उनले चासो राखेकी थिइन् ।

विपिनको रिहाइमा इजरायल सरकार हरसम्भव प्रयासरत छ : राजदूत गोल्डबर्गर

उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि इजरायलका राजदूत हानान गोडर गोल्डबर्गरले शिष्टाचार भेटवार्ता गरेका छन् ।

उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उनीहरुबीच दुई पक्षीय सम्बन्ध, कृषि तथा श्रम क्षेत्रमा सहयोगलगायत आपसी हित र चासोका विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

सुरक्षण मुद्रण भ्रष्टाचारमा दोषी ठहर उपसचिव पोखरेलद्वारा ‘आत्महत्या’

सेक्युरिटी प्रिन्टिङ प्रेससम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएको दुई दिनपछि नेपाल सरकारका एकजना उपसचिव झुन्डिएको अवस्थामा भेटिएका छन् ।

विशेष अदालतले बुधबार क्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेलसँगै भ्रष्टाचारी ठहर गरेका उपसचिव नवीनकुमार पोखरेल भक्तपुरको लोकन्थलीस्थित घरैमा झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

धावनमार्गको चिरा टालेर खुलाइयो त्रिभुवन विमानस्थल

मध्याह्न १२ बजेदेखि उडान/अवतरण बन्द भएको त्रिभुवन विमानस्थल पुनःसञ्‍चालनमा आएको छ ।

कयौँ जहाजहरू आकाशमै होल्ड भएको अवस्थामा धावनमार्गको चिरा मर्मत गरेर अवतरण गराइएको हो।

त्रिभुवन विमानस्थलको धावनमार्ग चर्कियो, विमान आकाशमै होल्ड !

कीर्तिमानी आरोही कामीरितालाई काठमाडौंमा स्वागत

३० औँ पटक सगरमाथाको सफल आरोहण गरी रेकर्ड बनाएका कीर्तिमानी हिमाल आरोही कामीरिता शेर्पालाई काठमाडौंमा भव्य स्वागत गरिएको छ ।

शुक्रबार काठमाडौं फर्किएका कामीरिता शेर्पालाई त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिलनमा भव्य स्वागत गरिएको हो ।

‘केपी१’ र ‘केपी२’ ओमिक्रोनको नयाँ सब-भेरियन्ट, सतर्कता अपनाउनुपर्ने

नेपालमा भेटिएको ‘केपी १’ र ‘केपी२’ ओमिक्रोनको नयाँ सब-भेरियन्ट रहेको पुष्टि भएको छ । यहाँ पुनः कोभिड-१९ को नयाँ भेरियन्ट देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालै जिनोम सिक्वेन्सिङ गरिएको थियो । सो क्रममा कोभिड-१९ को नयाँ भेरिएन्ट नेपालमा भित्रिएको पुष्टि भएको हो । ‘केपी१’ र ‘केपी२’ भेरियन्ट पछिल्लो समय सिंगापुर, अमेरिका र अफ्रिकी मुलुकमा भेटिएको थियो ।

५७ जिल्लामा फैलियो डेंगु, सचेतना अपनाउन आग्रह

डेंगु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेंगु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेंगुको जोखिम बढेको जानकारी दिए । उनका अनुसार ५७ जिल्लामा नौ सय चार जनामा सङ्क्रमणमा देखिएको छ ।

अन्तर्राष्ट्रिय …

छत्तिसगढ : सुरक्षा बलसँगको भिडन्तमा सन्दिग्ध ८ माओवादीको मृत्यु

भारतको छत्तीसगढको नारायणपुरमा भएको भिडन्तमा सुरक्षा बलले आठ संदिग्ध माओवादी मारिएको दाबी गरेको छ । खोजी कार्य जारी रहेको र मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।

भारतीय मिडियाका अनुसार बुधवार राति नारायणपुरको रेकावा क्षेत्रमा माओवादी भएको खबर आएपछि नारायणपुर, विजापुर र दन्तेवाडा गरी तीन जिल्लाका बस्तर फाइटर, एसटीएफ र डिस्ट्रिक्ट रिजर्भ गार्डका जवानहरूले अपरेसन सुरु गरेका थिए ।

पपुवा न्युगिनीमा भीषण पहिरो, १०० भन्दा बढीको मृत्युको आशंका

पपुवा न्युगिनीको एक दुर्गम गाउँमा गएको भीषण पहिरोमा परी कम्तीमा १०० जनाको मृत्यु भएको आशंका गरिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

पोर्ट मोरेस्बीबाट ६०० किलोमिटर उत्तरपश्चिममा रहेको एङ्गा प्रान्तको काओकलम गाउँमा स्थानीय समयअनुसार शुक्रबार बिहान ३ बजे उक्त घटना भएको हो ।

भारतीय कारखानामा विस्फोट हुँदा मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

खेलकुद…

बार्सिलोनाले बर्खास्त गर्‍यो प्रमुख प्रशिक्षक जाभीलाई

स्पेनिस फुटबल क्लब बार्सिलोनाले जाभी हर्नान्डेजलाई प्रमुख प्रशिक्षकबाट बर्खास्त गरेको छ ।

एफसी बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले शुक्रबार बिहान नयाँ सिजन २०२४/०२५ का लागि प्रमुख प्रशिक्षकको भूमिकामा निरन्तरता नदिइने सूचना दिएका थिए ।

राष्ट्रिय कराते प्रतियोगिताको उपाधि खेलकुद प्रतिष्ठानलाई

दिक्तेलमा बिहीबार सम्पन्न राष्ट्रिय कराते प्रतियोगिताको उपाधि नेपाल खेलकुद प्रतिष्ठानले हात पारेका छ ।

‘प्रथम बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तर्गत भएको प्रतियोगितामा खेलकुद प्रतिष्ठानले आठ स्वर्ण, चार रजत र दुई कास्य पदकसहित रु एक लाख ११ हजार एकसय ११ राशिसहित उपाधि जितेको हो ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ८ : ०० बजे

भारी वर्षाका कारण दक्षिण चीन क्षेत्रका २२ नदीमा बाढी

नानिङ – भारी वर्षाका कारण दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त

टरुवा ताल संरक्षणमा जुटे स्थानीय

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीका स्थानीय टरुवा ताल

पेट्रोल पम्पमा बढ्न थाल्यो लाइन (तस्बिरहरू)

काठमाडौं । पेट्रोलियम ढुवानी मजदुरहरुले आइतबारबाट विभिन्न माग राख्दै आन्दोलन

नेपालसामु बंगलादेशसँग दशकअघिको हारको बदला लिने अवसर

काठमाडौं – आसीसी टी–२० विश्वकप अन्तर्गत नेपालले आफ्नो अन्तिम खेल

नर्वेले युक्रेनलाई दश करोड ३० लाख डलर सहयोग गर्ने

ओस्लो – नर्वेले युक्रेनलाई उसको ऊर्जा पूर्वाधार मर्मत र अर्को